सनिया सेमिफाइनलमा

काठमाडौं । नेपाली ब्याडमिन्टन खेलाडी सनिया चन्द दुबईमा सुरु बिच फेस्टिबलअन्तर्गतको एयर ब्याडमिन्टन प्रतियोगिताको महिला एकलको सेमिफाइनलमा प्रवेश गरेकी छन् । महेन्द्रनगरकी यु–१५ महिला खेलाडी सनियाले यूएईका खेलाडीलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेकी हुन् ।

काइट बिच दुबईमा पहिलोपटक भएको एयर ब्याडमिन्टन प्रतियोगितामा सनियाका आफ्नै भाइ साहिल चन्द भने पहिलो चरणबाटै बाहिरिएका छन् । विश्व ब्याडमिन्टन फेडेरेसन (बिडब्लुएफ)ले २०१९ मा एयर ब्याडमिन्टन लन्च गरेको थियो । सनियाले २०१९ मा दुबई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा नेपाली युवा स्टार प्रिन्स दाहालसँग मिलेर मिक्स डबल्स्मा प्रतिस्पर्धा गरेकी थिइन् । मिक्स डबल्स्मा कांस्यपदक हात पारेकी थिइन् ।

एयर ब्याडमिन्टन हल बाहिर खुल्ला ठाउँमा खेलिने खेल हो । यसका लागि विशेष आकृतिको रंगीन सेन्थेटिक सटलकक हुनेछ । नेपालमा यो खेल भित्रिसकेको छैन । यही प्रतियोगितामा सनियाका भाइ यस प्रतियोगितामा नेपाली ब्याडमिन्टन अम्पायर ज्ञानु बरालले अम्पायरिङ गरिरहेकी छन् । सनिया चन्द आफ्नै काका हिक्मत चन्दको प्रशिक्षणमा खेलिरहेकी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 66 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार