स्याङ्जाका युवाको कोरोना संक्रमणबाट साउदी अरवमा मृत्यु

स्याङ्जा । साउदी अरवमा स्याङ्जाका एक युवाको ज्यान गएको छ । कोरोना सङ्क्रमण भएपछि विगत ३५ दिनदेखि उपचाररत गल्याङ नगरपालिका वडा नम्वर ८ (साविकको तिन्दावाटे १)का रोशन श्रेष्ठको मृत्यु भएको एनए मिडियाका जनसम्पर्क निर्देशक बालकृष्ण पंगेनीले जानकारी दिए ।

साउदी अरवको दम्माम स्थित सेन्ट्रल हस्पिटलमा उपचाररत ३४ बर्षीय श्रेष्ठको आइतबार निधन भएको हो । उनी नेपालमा लकडाउन हुनु भन्दा एक दिन अगाडि साउदीअरव पुगेका थिए । प्रवासमा निक्कै लोकप्रिय रहेको एनए मिडियाका म्यानेजिङ डाईरेक्टर समेत रहेका श्रेष्ठ स्याङ्जा सहयोग समाज लगायतका संघसंस्थामा सक्रिय थिए । १० बर्षदेखि उनी साउदी अरवमा काम गर्दै आएका थिए ।

प्रवासमा रहेका स्याङ्जाका युवाहरुले शुरु गर्न लागेको आँधीखोला कृषि तथा पशुपालन फार्मका सहकोषाध्यक्ष समेत रहेका श्रेष्ठ स्याङ्जा जिल्लामा कृषि,शिक्षा र स्वास्थ्य क्षेत्रको बिकासमा निक्कै सक्रिय रहदै आएको बताइएको छ । श्रीमती सहित साउदीमा बस्दै आएका श्रेष्ठ बिदामा घर आएपछि श्रीमतीलाई काठमाण्डौं नै छोडेर श्रेष्ठ मात्रै साउदी तर्फ गएको श्रेष्ठका अंकल भेकप्रसाद श्रेष्ठले बताए । शुरुमा कोरोना संक्रमण देखिएर अस्पतालमा भर्ना भएका श्रेष्ठको पिसिआर रिपोर्ट नेगेटिभ आएपनि उनी निमोनिया भएर अस्पतालमा पुन भर्ना भएका थिए । उनको उपचारकै क्रममा निधन भएको बताइएको छ । श्रेष्ठको श्रीमती, आमा र एक जना भाई रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 72 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार