Saturday, July 24, 2021
Homeप्रदेशप्रदेश ३बौद्धमा गाडीको ठक्करबाट मृत्यु भएका व्यक्तिको २० दिनपछि पहिचान खुल्यो

बौद्धमा गाडीको ठक्करबाट मृत्यु भएका व्यक्तिको २० दिनपछि पहिचान खुल्यो

,

काठमाडौँ । सडक दुर्घटनामा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु हुनेको बीस दिनपछि पहिचान खुलेको छ ।

मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका– ९ का ६० वर्षीय हर्कजित लामा रहेका छन् । असार २१ गते बेलुका बौद्धमा गाडीले ठक्कर दिएपछि गम्भीर घाइते भएका लामाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको थियो ।

महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले भने, ‘ट्रमा सेन्टरमा २० दिनसम्म बेवारिसे अवस्थामा रहेको लामाको शवलाई उहाँकी श्रीमतीले प्रहरीको सम्पर्कमा आएर आज पहिचान गर्नुभएको छ ।’ दुई महिनाअघि ज्याला मजदूरी गर्छु भनेर लामा काठमाडौँं हिँडेको परिवारले बताएको छ ।

ठक्कर दिएर भागेका चालक र गाडीलाई महानगरीय प्रहरी वृत्त बौद्धले चार दिनपछि नियन्त्रणमा लिएको थियो । गाडी चालक १७ वर्षीय राजकुमार पुलामी मगर रहेको प्रहरीले जनाएको छ । गाडी चालकमाथि सवारी ज्यान मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको बताइएको छ ।

Loading comments...

आजको समाचार

३८ व्यापारिक फर्मको कारोबार रोक्का

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को मापदण्ड विपरीत व्यापार गर्ने ३८ वटा व्यापारिक फर्मको कारोबार रोक्का गरेको...

प्रशासनिक भवन निर्माण गर्दै स्थानीय तह

बागलुङ । बागलुङका अधिकांश स्थानीय तहले आफ्नो प्रशासनिक भवन निर्माण गर्न थालेका छन् । चार बर्षसम्म भाडाको घरबाट कार्यालय सञ्चालन गर्दै आएका स्थानीय तहले...

मुक्त कमैयासँग लालपूर्जा छ, जमिन छैन

  कञ्चनपुर । कञ्चनपुरमा मुक्त कमैया पुनःस्थापनको कार्य पूरा भएको डेढदशक बित्न लाग्यो । मुक्त भएका यी धेरै परिवारको हातमा लालपूर्जा त छ तर जग्गा...

गण्डकीमा ६ मन्त्री थपिए

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले मन्त्रिमण्डलर बिस्तार गर्दै ११ सदस्यीय मन्त्रिमण्डल बनाएको छ । मुख्यमन्त्री पोखरेलले नेपाली काँग्रेससहित माओवादी केन्द्रका...

राज लिम्बुको शब्दमा ‘छटपटी’

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश 'छटपटी' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका...

साताका लोकप्रिय समाचार

निगमलाई कम्पनीमा लैजाने विवादमा समितिको चासो

काठमाडौं । मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई कम्पनीमा रूपान्तरण गर्ने सम्बन्धमा उत्पन्न कर्मचारी विवाद र यसले निगमको काम ठप्प भएको सम्बन्धमा संसदीय समितिले...

बिरामीका आफन्तले डक्टर कुटेपछि स्वास्थ्यकर्मी आन्दोलित

  दमक । आइतवार साँझ हल्दीवारीका पुष्प निरौलाले मेची अस्पतालका मेडिकल अफिसर डा.केवल कपुरीलाई कुटपिट गरेपछि कारवाहीको माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित बनेका छन् । उनीहरुले निरौलालाई...

बेड नम्बर ३०५ मा जीवन खाेज्दैछिन् ‘चम्सुरी’

  काठमाडौं । बाटुलो अनुहार । पुक्क गाला । रातो गोलो ठूलो टीका र गुन्युचोली । ‘चम्सुरी’ सम्झिनेबित्तिकै यिनै छवि आँखामा नाच्न थाल्छन् । टेलिभिजन...

भिडियोको छायांकन बढेपछि उपकरण व्यवसायीलाई राहत

काठमाडौं । राजधानीको सीतापाइलास्थित चलचित्र उपकरण व्यवसाय कम्पनी भिडियोक्राफ्ट नेपाललाई केही दिनयताबाट राहत मिलेको छ । सो कम्पनीका सञ्चालक विष्णु श्रेष्ठका अनुसार गत साताबाट...

एक आर्थिक वर्षमा १०६.७३ प्रतिशतले बढ्यो नेप्से

काठमाडौं । गत आर्थिक वर्ष २०७७-७८ मा नेपाली पूँजीबजारले ऐतिहासिक नयाँ फड्को मारेको छ । यो वर्ष प्राथमिक तथा दोस्रो बजारले नयाँ रेकर्ड कायम...

ट्रेन्डिङ

आकस्मिक बाहेकको अपरेशन नगर्न अस्पताललाई सरकारको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका अस्पतालहरुलाई आकस्मिक बाहेकका अपरेशन नगर्न निर्देशन दिएको छ । लक्षण सहितका कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि मन्त्रालयले...

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा चर्चहरु पुनः खोल्न निर्देशन

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्द रहेका चर्चहरु पुनः खुल्ला गर्न निर्देशन दिएका छन् । यस सम्वन्धी अन्य आदेशहरु समेत खारेज हुने र...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?