कोरोनाबाट धनुषामा एक युवकको मृत्यु भएपछि प्रादेशिक अस्पताल सिल

जनकपुरधाम । कोरोना भाइरस संक्रमणबाट धनुषामा एक युवकको मृत्यु भएपछि प्रादेशिक अस्पताल जनकपुरधामको आईसीयु (सघन उपचार कक्ष) र इमरजेन्सी वार्ड सिल गरिएको छ । आइतबार धनुषाको शहीदनगर नगरपालिका–८ डुमरियाका ३८ वर्षीय एक युवकको कोरोना संक्रमणका कारण मृत्यु भएपछि जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार प्रादेशिक अस्पतालको आईसीयु ७ दिनका लागि र इमरजेन्सी वार्ड २४ घण्टाका लागि सिल गरिएको हो ।

जनकपुरधामस्थित एक निजी क्लिनिकमा चेकजाँच गराएका ती युवकमा खोकी, श्वास प्रश्वासमा समस्या र ज्वरोसहितका कोरोनाको लक्षण देखिएपछि प्रादेशिक अस्पताल रेफर गरिएको थियो । गत साउन १० गते प्रादेशिक अस्पताल भर्ना भएका ती युवकको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि आईसीयू (सघन उपचार कक्ष) मा राखिएको थियो ।

कोरोनाको सम्पूर्ण लक्षण देखिएका बिरामी ती युवकको भर्ना भएकै दिन साउन १० गते नै कोरोना परिक्षणका लागि स्वाब संकलन गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । तर, मृत्युको अघिल्लो दिनमात्र उनी कोरोना पोजेटिभ रहेको र उनको रिपार्टमा हाई भाइरल लोड देखिएको पुष्टि भएको थियो ।

कोभिड आइसोलेसन सेन्टरका संयोजक डा. जामुनप्रसाद सिंहले भने, ‘बिरामीको स्वास्थ्य अवस्था झन बिग्रिदै गएपछि भेन्टिलेटर अभावमा उनको परिवारजनको सहमतिमा हामीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान रेफर गरेका थियौं । थप उपचारका लागि धरान लैजाने क्रममा सिरहामै उनको मृत्यु भयो ।’ युवकको मृत्युपछि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको सुरक्षा समितिको आकस्मिक बैठकबाट ति युवक उपचाररत रहेको स्थल आईसीयू कक्ष ७ दिनका लागि सिल गर्ने निर्णयानुसार सोमवारदेखि सिल गरिएको डा. सिंहले जानकारी दिए ।

यस अवधिभर आईसीयू कक्षमा रहेका ६ जना बिरामी, १५ जना स्वास्थ्यकर्मी सहितका कर्मचारी र ३/४ जना कुरुवा बाहिर निस्किन पाउने छैनन् भने बाहिरबाट पनि कोही भित्र जान नपाउने डा.सिंहले बताए ।

यसैबीच कोरोना पुष्टि भइसकेका ती युवकको परिवारका ६ जना, उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक सहितको कोरोना परिक्षण हुने बताइएको छ । हाल मृतकका परिवारलाई जनकपुरधामस्थित गोपाल धर्मशाला क्वारेन्टाईनमा राखिएको छ भने मृतकको शव अन्तिम संस्कारका लागि नेपाली सेनाको जिम्मा लगाइएको छ ।

धनुषाको डुमरिया र नाथपट्टी शिल, मृतकका १३ जना परिवारजन होम क्वारेन्टाइनमा
कमला नगरपालिकाकाको टेरहामा घर रहेपनि शहिदनगर नगरपालिकाको डुमरियामा किराना, हार्डवेयर र खाद्यको समेत व्यापार गर्दै आएका ३८ वर्षिय पुरुषको कोरोना संक्रमणवाट मृत्यु भएपछि पुर्वी धनुषामा त्रास बढेको छ । शहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया यादवले दिएको जानकारी अनुसार मृतकको साविक घर टेरहामै उनको परिवारका सवै सदस्यलाइ होम क्वारेन्टाइनमा राखिएको छ ।

साथै उनले पसल चलाउदै आएको डुमरिया र संगैको नाथपट्टीलाई शिल गरि टे«सिङ्गको काम भइरहेको बताएको छ । डुमरियाचौकको सबै गरी डुमरियाका सबै परिवारको एकजना सक्रिय सदस्यको पहिला परिक्षणको तयारी भइरहेको र रिपोर्ट अनुसार थप रणनिति बनाइने तयारी गरिएको छ । शहिदनगर नगरपालिकामा १९ गतेसम्म स्वास्थ्य सेवा र बैंकिङ्ग सेवा सहित अतिआवयश्क बाहेकका सबै सेवा बन्द गर्ने निर्णय समेत भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 15 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

हुम्लीको पीडाः चार किलो चामल लिन पनि नागरिकता अनिवार्य

कुरी-कुरी