Monday, January 18, 2021
Home Editor-Picks विश्वविद्यालयमा आर्थिक अराजकता: आम्दानीभन्दा खर्च एक चौथाइ बढी

विश्वविद्यालयमा आर्थिक अराजकता: आम्दानीभन्दा खर्च एक चौथाइ बढी

काठमाडौं । देशभर रहेका अधिकांश विश्वविद्यालयको खर्च प्रणाली मितव्ययी नभएको पाइएको छ । अधिकांश विश्वविद्यालयको आम्दानीभन्दा खर्च धेरै देखिएको छ । यसले विश्वविद्यालयको आर्थिक पारदर्शितामाथि पटक पटक प्रश्न उठ्ने गरेको छ ।

देशकै जेठो त्रिभुवन विश्वविद्यालयले आम्दानीको तुलनामा खर्च एक चौथाइ बढी गरेको छ । विश्वविद्यालयअन्तर्गतका १३ निकायले तलब भत्तासमेतका शीर्षकमा स्वीकृत बजेटभन्दा १२ करोड २१ लाख ६ हजार रुपैयाँ बढी खर्च गरेको पाइएको छ ।

आंगिक क्याम्पस र अन्य निकायको आय २ अर्ब २३ करोड ३६ लाख रुपैयाँ, खर्च ९ अर्ब ४१ करोड ९६ लाख रुपैयाँ

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ६२ आंगिक क्याम्पस र अन्य निकायले आर्जन गरेको आन्तरिक आय २ अर्ब २३ करोड ३६ लाख रुपैयाँ रहेको छ । यद्यपि खर्च ९ अर्ब ४१ करोड ९६ लाख रुपैयाँ भएको देखिएको छ ।

क्याम्पसहरूको खर्चमध्ये ७० प्रतिशतसम्म शिक्षक र कर्मचारीको तलब भत्तामा हुने गरेको छ । विद्यार्थी संख्या बर्सेनि घटेको, लामो अवधिदेखि शिक्षण शुल्क पुनरावलोकन नगरेको र आयस्रोतको व्यवस्थापनमा त्रिविले चासो नदेखाएको पाइएको छ । खर्च नियन्त्रण गरी आन्तरिक आय वृद्धि गर्न महालेखा परीक्षकको ५७औं प्रतिवेदनले सुझाव दिएको छ ।

यस्तै, दाङको बेलझुन्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयले विनियोजन गरिएको रकमभन्दा बढी खर्च गरेको पाइएको छ । विभिन्न खर्च शीर्षकमा स्वीकृत बजेट सिमा नघाई १ करोड ६ लाख ९८ हजार रुपैयाँ खर्च गरेको महालेखापरीक्षकको ५७औं प्रतिवेदनमा उल्लेख छ ।

संस्कृत विश्वविद्यालयको आर्थिक प्रशासनसम्बन्धी नियमावली २०६७ को नियम २३(३) मा सम्बन्धित शीर्षकमा स्वीकृत बजेटभन्दा बढी खर्च गर्न नपाउने व्यवस्था छ । संस्कृत विश्वविद्यालय संस्कृत शिक्षाको उत्थानमा केन्द्रत नभएको शिक्षाविद्हरू बताउँछन् ।

यो पनि पढ्नुहोस   संसद् विघटनविरुद्धको मुद्दाको सुुनुवाइ ‘हेर्दाहेर्दै’ मा, आज पनि वहस

यस्तै, सुदूरपश्चिम विश्वविद्यालयको दुर्दशा पनि उस्तै छ । सुदूरपश्चिम विश्वविद्यालयले आम्दानीभन्दा ३ करोड ३१ लाख ८० हजार रुपैयाँ बढी खर्च गरेको महालेखापरीक्षकको प्रतिवेदनले आंैल्याएको छ । विश्वविद्यालयले स्वीकृत बजेटको सीमा नघाई बजेट खर्च गरेको देखिएको हो । विश्वविद्यालय ऐन २०६७ दफा ३३ मा आय व्ययको लेखा सरकारले अपनाएको लेखा प्रणालीअनुसार राख्नुपर्ने उल्लेख छ । ऐन लागु भएको नौ वर्ष बितिसक्दा समेत लेखा नीति तयार गरिएको छैन ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले लेखा प्रणाली चुस्त दुरुस्त नराखेको पाइएको छ । विश्वविद्यालयले २०७४÷७५ मा केन्द्रीय कार्यालयमा निकासा भएको १ करोड १७ लाख २९ हजार रुपैयाँको स्रेस्ता पेस गरी लेखा परीक्षण नगराएको पाइएको छ ।

पोखरा विश्वविद्यालयले ५८ शिक्षण संस्थाको अस्थायी नवीकरण गरेको छैन । यस्तै, विश्वविद्यालयले स्थायी सम्बन्धनसमेत नदिएको देखिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयले एकीकृत वित्तीय विवरण नै तयार नगरेको पाइएको छ । विश्वविद्यालयले मातहतका निकायको आर्थिक कारोबार समेटी एकीकृत वित्तीय विवरण तयार नगर्दा खर्च प्रणाली व्यवस्थित नभएको प्रतिवेदनले औंल्याएको छ ।

यस्तै, राजर्षि जनक विश्वविद्यालयले आर्थिक वर्षको सुरुमै बजेट कार्यक्रम स्वीकृत गर्नुपर्नेमा आर्थिक वर्षको अन्त्यतिर मात्रै बजेट स्वीकृत गरेको छ । राजर्षि जनक विश्वविद्यालयमा १६ शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा चारवटा मात्रै शैक्षिक कार्यक्रम सञ्चालन भएको देखिएको छ ।

(Visited 145 times, 2 visits today)
Loading comments...

आजको समाचार

झापामा एम्बुलेन्स र अटो ठोकिँदा दुई जनाको मृत्यु

दमक । झापाको दमकमा आज बिहान एम्बुलेन्स र अटो ठोकिँदा दुई जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गको दमक– ४ स्थित...

ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार

काठमाडौं । मुलुकको हवाई उड्डयन क्षेत्रको बढ्दो आकर्षण र खड्किएको पूर्वाधार विस्तारका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार...

तब्बुको इस्टाग्राम ह्याक, फ्यानहरुलाई सचेत रहन आग्रह

मुम्बई । बलिउड नायिका तब्बुको इस्टाग्राम एकाउन्ट ह्याक भएको छ । उनले आफ्नो एकाउन्ट ह्याक भएको जानकारी दिँदै फलोअर्सलाई सचेत रहन आग्रह गरेकी छिन्...

खाद्यसुरक्षा र वितरणमा ध्यान देऊ

इलामको सूर्योदय नगरपालिकाले कोभिड–१९ को महामारीमा दाताले दिएको चामल समयमै वितरण नगर्दा कुहिएर खाल्डोमा पुरी नस्ट गरेको छ । एकातिर लकडाउनका कारण मजदुर भोकभोकै...

नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोना भाइरस पुष्टि

काठमाडौं । नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा २८ वर्षीया महिला तथा ३२ र ६७ वर्षीय पुरुषमा...

साताका लोकप्रिय समाचार

उद्योगमा ७२ अर्ब ६२ करोड लगानी गर्ने प्रतिबद्धता

काठमाडौं । चालूआर्थिक वर्षको ६ महिनामा लगानीकर्ताले उद्योगक्षेत्रमा ७२ अर्ब ६२ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । उद्योग विभागमा स्वदेशी तथा विदेशी...

एचआइभी/एड्सबाट बाबुआमा गुमाएकी १६ वर्षिय किशोरीको एचआइभीबाटै मृत्यु

सप्तरी, राजविराज । ९ वर्षअघि एचआइभी÷एड्सबाट बाबुआमा गुमाएकी १६ वर्षिय किशोरीको एचआइभी/संक्रमणकै कारण निधन भएको छ । राजविराज १ चनौरा निवासी १६ वर्षिया अमैया...

३९ वर्षमा महसुस् भयो ‘म पुरुष हैन महिला हुँ’

मुम्बई । बलिउडका प्रसिद्ध फेशन डिजाइनर स्वप्निल सिन्दे अब सायशा सिन्दे बनेकी छिन् । उनले केबल आफ्नो नाम मात्रै बदलिनन् । लिंग नै परिवर्तन्...

शिक्षा समाजको सम्पादक

विद्वान् चाल्र्स रंगेलले शिक्षा मानिसको अज्ञानता र गरिबीसँग लड्ने माध्यम हो भन्ने धारणा राखेका छन् । हाम्रो समाजमा अज्ञानताका कारण कतिपय रूढिवादी परम्परा एवं...

चिसो आङमा जब न्यानो पर्याे…

महादेवटार, भीमफेदी (मकवानपुर) । सुकराम तामाङ कक्षा ४ मा पढ्छन् । आज अलि बढी नै दंग देखिएका उनले चित्र बनाएबापत पुरस्कारमा ‘चकलेट’ पाएका छन्...

ट्रेन्डिङ

चार खेल पत्रकार सम्मानित

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकारद्वय ध्रुवकुमार तुलाधर र रोशनसिंह राउतसँगै चार जना खेल पत्रकारसहित १० जना पत्रकारलाई सम्मानित...

रातो मच्छिन्द्रनाथको रथ आज तानिने

काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ आज तानिंदै छ । रथलाई हाल रहेको स्थान पुल्चोकबाट करिब २० मिटर टाढा रहेको सोह्रखुट्टे पाटीसम्म पुर्याइने छ । जात्रा...

बैतडीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

बैतडी । बैतडीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुने ट्रकका सहचालक डोटीको जोरायल...

महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित भएका छन् । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको २०...

प्रहरीले गलत रिपोर्ट दिएको भन्दै सांसद साहले गरे कारवाहीको माग

गौर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले रौतहटमा हत्या भएको पुजारी श्रीराम साहको प्रकरणमा प्रहरीले गलत प्रतिवेदन पेश गरेको...

महात्मा गान्धीको दृष्टिकोणमा अमेरिका उभिन्छ : ट्रम्प

नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महात्मा गान्धीको दृष्टीकोणमा अमेरिका सशक्त रुपमा उभिने प्रतिबद्धता जनाएका छन् ।
यो पनि पढ्नुहोस   सोलुखुम्बुमा आइचर दुर्घटना, तीनको मृत्यु

तलब खाने प्रहरी वा कर्मचारीलाई कमिसन दिने व्यवस्था संशोधन गरौंः प्रभु साह

काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले अवैध मालसामान पक्राउ गरेवापत प्रहरी वा कर्मचारीलाई प्रोत्साहनस्वरुप दिइने कमिसनको व्यवस्था...

असार २५ पछि नदीको बहाव बढ्ने, सावधानी अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यही असार २५ पछि मुलुकभरका नदीनालामा पानीको बहाव बढ्ने जनाएको छ । विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

रविभवनको सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

काठमाडौँ । काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । सोमबार दिउँसो अपार्टमेन्टको माथिल्लो तलामा आगलागी भएको प्रहरी जनाएको छ । दमकल, प्रहरी, स्थानीयवासीको...

नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोना भाइरस पुष्टि

काठमाडौं । नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा २८ वर्षीया महिला तथा ३२ र ६७ वर्षीय पुरुषमा...

‘संविधानमा हुँदै नभएको व्यवस्थालाई राजनीति हो भनेर संसद विघटन गर्न मिल्दैन’

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले यसमा राजनीतिक विषय भनेर अदालत उम्किन...

सूचना–प्रविधि पार्क ‘सेक्युरिटी प्रेस’मा परिणत हुँदै

काभ्रेपलाञ्चोक । दक्षिण एशियामै नमूना बनाउने उद्देश्यले काभ्रेपलाञ्चोकमा निर्मित सूचना–प्रविधि पार्क (आइटी पार्क) सेक्यूरिटी प्रिन्टिङ प्रेस (सुरक्षण मुद्रण केन्द्रम) मा परिणत हुँदैछ । यसका...

भर्खरै

पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य बृद्धि गरेको छ । प्रतिलिटर पेट्रोल, डिजेल र मट्टितेतमा निगमले २ रुपैयाँ बृद्धि गरेको छ ।...

बालुवाटार गेटमा ओलीलाई स्पष्टीकरणको पत्र बुझाएर फर्किए दाहाल–नेपाल समुह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समुहले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने निर्णयको पत्र बुझाएको छ । २ माघमा बसेको...

दोलखामा पहिलो चरणमा २ हजारलाई कोरोना विरुद्धको खोप लगाइने

दोलखा । दोलखाको स्थानिय सरकारले अग्रपंत्तिमा खटिएका स्वास्थ्यकर्मी लगायत करिब २ हजार नागरिकलाई पहिलो चरणको कोरोना विरुद्धको खोप लगाउनका लागि शिफारिस गरेको जनाएको छ...

३२२ जना संक्रमित थपिए, ६ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ४ हजार...

धेरै पढिएका

दोलखामा पहिलो चरणमा २ हजारलाई कोरोना विरुद्धको खोप लगाइने

दोलखा । दोलखाको स्थानिय सरकारले अग्रपंत्तिमा खटिएका स्वास्थ्यकर्मी लगायत करिब २ हजार नागरिकलाई पहिलो चरणको कोरोना विरुद्धको खोप लगाउनका लागि शिफारिस गरेको जनाएको छ...

विस्थापित बस्तीमा सेनाको स्वास्थ्य शिविर (फोटोफिचर)

बाह्रबिसे । पहिरोबाट विस्थापित भएर आफ्नो थातथलो छाडेर बासखर्कको वन क्षेत्रमा बस्दै आएका लिदी पहिरो पीडितहरुलाई लक्षित गरेर नेपाली सेनाले स्वास्थ्य शिविरको आयोजना गरेको...

बालुवाटार गेटमा ओलीलाई स्पष्टीकरणको पत्र बुझाएर फर्किए दाहाल–नेपाल समुह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समुहले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने निर्णयको पत्र बुझाएको छ । २ माघमा बसेको...

इतिहासकै ठूलो आइपीओमा पहिलो दिनमै पर्यो ३ करोड ७० लाख कित्ता आवेदन

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा पहिलो दिनमै ३ करोड ७० लाख ६२ हजार ६७० कित्ताका लागि आवेदन परेको छ । सीडीएस एक्ड क्लियरिङ...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 101 times, 1 visits today)