काठमाडौं । नेपाल तेक्वान्दो संघले संघको केन्द्रीय कार्यसमितिको विभिन्न पदमा रहेका पदाधिकारी तथा सदस्यहरूलाई बिदाइ गरेको छ ।
नेपाल सरकारद्वारा जारी गरिएको राष्ट्रिय खेलकुद विकास ऐन २०७७ मा व्यवस्था भएबमोजिम राष्ट्रिय खेलकुद परिषद्का कर्मचारीहरू खेल संघका कुनै पनि पदमा नरहने प्रावधानअनुसार उनीहरूले ऐनको पालना गर्दै आआफ्नो पदबाट राजीनामा दिएकाले सो राजीनामा स्वीकृति गरी संघद्वारा बिदाइ गरिएको संघले जनाएको छ । संघबाट राजीनामा दिएका विभिन्न पदमा रहेका १२ जनालाई संघले बिदाइ गरेको हो ।
संघबाट राजीनामा दिनेमा संघका सचिव नवीनकुमार श्रेष्ठ, सचिव तथा प्रवक्ता दीपक विष्ट र सहकोषाध्यक्ष सुमनकुमार घले रहेका छन् । यस्तै, सदस्यमा टीकाप्रसाद लिम्बु, संगिना वैद्य, नोर्बु लामा, हेमन्त डाँगी, श्रीमान् थापा मगर, पूर्ण योञ्जन, कविराज खड्गी, हीराबहादुर थापा र मीन न्यौपाने रहेका छन् । पदाधिकारी तथा सदस्यलाई संघका अध्यक्ष प्रकाशशम्शेर राणा, महासचिव दीपराज गुरुङलगायतले बिदाइ गर्दै सबै पदाधिकारीहरूलाई तेक्वान्दो खेलको विकास र संस्थागत हितका लागि पु¥याएको योगदानको लागि धन्यवाद ज्ञापन गरे ।
महासचिव गुरुङले तेक्वान्दो परिवारका पदाधिकारीहरूलाई बिदाइ गर्नुपर्दा दुखः लागेको कुरा बताउँदै सबै प्रशिक्षकहरूको योग्यता र क्षमतालाई संघले उच्च सम्मान गर्ने र आगामी दिनमा सबै मिलेर तेक्वान्दो खेल र संस्थाको विकासका लागि सहयोग पु¥याउन आग्रह गरे । संघका अध्यक्ष प्रकाशशम्शेर राणाले सबै पदाधिकारीहरूलाई तेक्वान्दो खेलको विकासमा पु¥याएको योगदानको उच्च प्रशंसा गर्दै भविष्यमा पनि यस्तै प्रकारको योगदानका लागि अनुरोध गरे ।