Thursday, May 6, 2021
Home प्रदेश प्रदेश ४ बर्खामा कच्ची सडक सञ्चालन गर्न नगरले सुरक्षाकर्मी राख्ने

बर्खामा कच्ची सडक सञ्चालन गर्न नगरले सुरक्षाकर्मी राख्ने

,

बागलुङ । अविरल वर्षाको कारण बागलुङका अधिकांश ग्रामिण सड्क क्षतविक्षत छन् । ठाउँ–ठाउँमा खसेको पहिरोले सडक अवरुद्ध छन् । पहिरो र सडककोबीच हुँदै बग्ने पानी नै कच्ची सडकको रोग हो । केही स्थानमा निर्माण गरिएको नाली पनि पहिरोले पुरिँदा पानीको निकास हुन नसक्दा कच्ची सडकमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । वर्षाको कारण कच्ची सडकहरु अवरुद्ध हुन थालेपछि बागलुङ नगरपालिकाले निरन्तर यातायात संचालनको लागि नगरको प्रत्येक वडामा दुई/दुई जना सडक सुरक्षाकर्मी राख्ने निर्णय गरेको छ ।

कच्चि सडक भएका वडाहरुको सडक सुरक्षा प्रयोगजनका लागि एक महिना अवधिको लागि ज्यादारीमा सडक सुरक्षाकर्मी राख्ने निर्णय भएको नगर प्रमुख जनकराज पौडेलले जानकारी दिए । नगर विपत राहत उद्धार कोषको बैठकले सडक सुरक्षाकर्मीलाई मासिक १५ हजार ४५० पारिश्रमिक दिने निर्णय गरेको हो ।

बैठकले सडक सुरक्षाका लागि आवश्यक सामग्रीहरु गैची बेल्चा, सम्बन्धी वर्डाको प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत खरिद गर्ने, वर्षाको कारण अवरुद्ध भएका सडक सुचारु गर्नका लागि संघीय सरकारको मातहतको सडक भए संघीय मातहतको निकाय र प्रदेश मातहातको सडक भए प्रदेश मातहतको निकायलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

कच्ची सडक अवरुद्ध हुँदा नागरिकले दुःख भोग्नु परेको छ’ नगरप्रमुख जनकराज पौडेलले भने–‘कच्ची सकडमा नियमित सवारी संचालन गर्न सडक सुरक्षाकर्मीको आवश्यकता परेको हो ।’ कच्ची सकड अवरुद्ध हुँदा विपतमा उद्धार, राहत तथा विरामी उपचारमा समेत समस्या हुने हुँदा तत्काल सडक संचालनको पहल गरेको उनले बताए ।

बैठकले वर्षातका कारण उत्पन्न विपत राहतका सन्दर्भमा तत्काल सम्बोधन गर्नेपर्ने अवस्था भएमा वडाध्यक्ष र सचिवको रोहवरमा घटना मुचुलका उठाई बढीमा दश हजार बराबरको खाद्यन्न नगर प्रतिनिधिको रोहबरमा वडावाटैे विपद कोषमार्फत उपलब्ध गराउने, सम्भावित विपद जोखिम न्युनिकरणमा आवश्वकपर्ने पाल, प्लाष्टिकm वडावाटै उपलब्ध गराउने निर्णय गरेको छ ।

वर्षाको कारण जोखिममा परेको बानपा–९ को तित्याङ्ग स्वास्थ्य चौकी भवन संरक्षणको लागि तनि लाख, वडा घ बाजाखेत भटेरे, चापाकोट हुँदै खहरेसम्मको सडक संचालन वैकल्पिक मार्गको लागि तीन लाख, मालढुङ्गा, पैयुपाटा सडकको अवरोध हटाउनको लागि तीन लाख, सिगाना सडक खण्ड सचालनको लागि तीन लाख विनियोजन मेयर पौडेलले बताए ।

कोरोना संकट व्यवस्थापन समितिको सिफारिस अनुसार कोभिड–१९ को कारण मृत्यु भएमा शव व्यस्थापनको लागि तत्कालको लागि हाल प्रयोगमा रहेको वडा नम्बर १ निरयघाटको दक्षिणतर्फको कालीगण्डकी किनारमा कोभिड संक्रमितको सब दाहसस्कार स्थल निर्धारण गर्ने निर्यय गरिएको छ ।

बैठकले बाढी पहिरो, महामारी जस्ता प्राकृतिक प्रकोपबाट उत्पन्न जोखिम व्यवस्थापनका लागि तत्काल उद्धार प्रतिकार्य समिति गठन गरिएको छ । समितिको संयोजकमा लक्ष्मी बोहोरा रहेकी छन । समिति सदस्यमा रामप्रसाद खनाल, सम्बन्धी वडाका वडाध्यक्ष, वडाका प्राविधिक र सदस्य सचिवमा नगरपालिकाका अधिकृत छैठौँ काशिराम शर्मा रहेका छन् ।

हाल आइसोलेसन तथा क्वारेन्टाइन संचालन रहेका विद्यालय खाली गराउनु पर्ने अवस्था आएकोले आइसोलेसन र क्वारेन्टाइन निर्माणको लागि अध्ययन गर्न रातामाटा स्थित बानपाको भवन, रामरेखाको कवर्ड हल, रामरेखाको कृयापुत्री भवन र वडा २ को टेवलनेनिस हल प्रास्ताव गरिएको छ ।

(Visited 89 times, 1 visits today)
Loading comments...

आजको समाचार

माओवादीले सरकारकाे समर्थन फिर्ता लिएकाे पत्र संसद सचिवालयमा बुझायाे

काठमाडाैं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सचिवालयमा...

३ हजार ९ सय १३ जना कोरोना संक्रमण मुक्त, ६ जनाको मृत्यु

चुरो/ मकवानपुर । पछिल्लो २४ घण्टामा थप ९ जना संक्रमित संक्रमण मुक्त भएसंगै संक्रमण मुक्त हुनेको संख्या ३ हजार ९ सय १३ पुगेको जिल्ला...

गम्भीर संवैधानिक मुद्दा सुनुवाइ प्रभावित

काठमाडौं । सर्वोच्च अदालतले कोभिड—१९ दोस्रो लहर फैलिएपछि गत १५ वैशाखदेखि मसान्तसम्म बन्दीप्रत्यक्षीकरण र कोरोना भाइरससँग जोडिएका मुद्दा हेर्ने निर्णय गरेको छ । अदालतले अन्य...

परिषद् सचिवालय बन्द

काठमाडौं । न्याय परिषद् सचिवालयले परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधनप्रति दुःख व्यक्त गर्दै परिषद् सचिवालय बन्द गर्ने निर्णय गरेको छ...

कान्ति अस्पतालमा आज भेटिए थप पाँच सङ्क्रमित

काठमाडौँ । आज कान्ति बाल अस्पतालमा एकै दिन पाँचजना बालबालिकामा सङ्क्रमण पुष्टि भएको छ । आज पत्ता लागेकासँगै नयाँ भेरियन्टसहित कोभिड–१९ का बिरामीको सङ्ख्या...

साताका लोकप्रिय समाचार

२५ हजार धराैटीमा रिहा भए विप्लवका दाजु

काठमाडाैं ।  नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका दाजु चन्द्रबहादुर थुनामुक्त भएका छन्। जिल्ला अदालत नवलपरासीको आदेशमा उनलाई कारागारमुक्त गरिएको चितवन कारागारका प्रमुख कमलप्रसाद...

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

बुटवल । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा गरेपछि प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष विशेष अधिवेशन अन्त्यका लागि सिफारिश...

कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु, ८६५९ मा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था नाजुक

काठमाडौं । नर्भिक अस्पतालमा भर्ना भएर कोरोना संक्रमणको उपचार गराइरहेकी पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको छ । उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि...

एक वर्षदेखि बिग्रिएर थन्किएको वीर अस्पतालको अक्सिजन प्लान्ट बन्यो

काठमाडौं । गत वर्षको बैशाखबाट बिग्रिएर उत्पादन बन्द भएको वीर अस्पतालको अक्सिजन प्लान्ट मर्मतपछि एक वर्षपछि संचालनमा आएको छ । गत वर्ष कोरोना संक्रमणको गति...

ट्रेन्डिङ

नागरिकका स्थायी पिरलो

कठैबरा ! हामी नेपाली । हाम्रो सामाजिक, आर्थिक, शैक्षिक एवं राजनीतिक अवस्था । हजरबुबा पुस्ताले राणाहरूको ज्यादती र त्रासमा जीवन बिताए । बुबा पुस्ताले...

बँदेल मारेर मासु खाने वन समितिका अध्यक्षसहित २३ जना पक्राउ

दैलेख । बँदेल मारेर मासु खाने २३ जना पक्राउ परेका छन् । दैलेखको नारायण नगरपालिका १ धुलपुरमा गएको आइतबार फुलेनी सामुदायिक वन उपभोक्ता समितिका...

स्थानीय सरकारको उपस्थिति भौतिक रूपमा देखिँदै

चुरे (मकवानपुर) । लामो समय स्थानीय जनप्रतिनिधिविहीन रहेको अवस्थामा ग्रामीण क्षेत्रको विकास ठप्प रह्यो । जनप्रतिनिधि निर्वाचित भएर आएपछिको केही समय विधि तथा नीति...

कैलालीमा कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

सुदूरपश्चिम । कोरोना सङ्क्रमित कैलालीको गौरीगङ्गा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको आज मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना अस्पतालमा उपचाररत ७३...

मैले प्रतिरोधी क्षमता बढाउन आग्रह गरेको हुँ, यसरी मजाक नउडाऔँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शरीरको प्रतिरोधी क्षमता बढाउन आफूले गरेको आग्रहलाई मजाकमा नउडाउन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले...

कोरोनाबाट हलिउड कलाकार डिबैंगोको निधन

लस एन्जलस् । विश्वभर फैलिरहेको कोरोना भाईरसको सँक्रमण अमेरिकामा पनि तिब्र गतीमा फैलिरहेको छ । यसै क्रममा कोरोना भाइरसबाट सँक्रमित हलिउड स्टार मनु डिबैंगोको...

आज मन्त्रिपरिषद बैठक बस्दै, सात दिन लकडाउन थपिने

काठमाडौं । जारी लकडाउन फेरि सात दिन थपिनृ भएको छ । दोस्रो पटक थपिएको लकडाउन २५ गते रातिदेखि सकिदैछ । उच्चस्तरीय समितिले लकडाउन थप्ने...

कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार...

त्रिशुलले हानेर दाङमा एक जनाको हत्या

हापुरे । पश्चिम दाङमा त्रिशुलले हानेर एक व्यक्तिको हत्या गरिएको छ । बबई गाउँपालिका–३ धनुमास निबासी २८ बर्षका बालीराम वलीले सोही ठाउँ निबासी ४७...

पोखरामा मुख्यमन्त्री र मयेर आफै ‘डिस्इन्फेक्सन स्प्रे’ छर्कन सडकमा

पोखरा । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सम्भावित जोखिम कम गर्न पोखरा महानगरपालिकाले नगरका भीडभाड हुने स्थानमा डिस्इन्फेक्सन (कीटनाशक औषधि) छर्कन...

टोटेनहम शीर्ष स्थानमा

लन्डन । नर्थ लन्डन डर्बीमा आर्सनललाई पराजित गर्दै टोटेनहम हस्टपर इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । इंग्लिस फरवार्ड ह्यारी केन र दक्षिण...

नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

जेनेभा । कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यो सङ्क्रमण विश्वका ६० देशमा पुगिसकेको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)