गुराँसका बोटमा हिउँ फुल्ने फिकुरी (फोटोफिचर)

काठमाडौं छाडेको दोस्रो दिन नै फिकुरीको डाँडा (३८०० मि.) पुग्न सकिन्छ । राजधानीबाट सबैभन्दा नजिकको नयाँ ट्रेकिङ गन्तव्य फिकुरीबाट देखिने हिमश्रृंखला अलौकिक रहेको यहाँ पुग्ने आँखाहरुले अनुभुत गर्छन् । हिउँ पर्ने याममा फिकुरीमा लालीगुराँस फुल्ने बोटमा हिउँ फुलेको देख्न सकिन्छ । हिउँको खास मजा लिन यो एक अद्भुत यात्रा हुनसक्छ ।
राजधानीबाट लगभग सय किलोमिटर उत्तरपश्चिममा रहेको फिकुरी डाँडाबाट लाङटाङ, गोसाइकुन्ड, तामाङ हेरिटेज, रुबी भ्याली र गणेश हिमालको पदयात्रामा समेत जोडिन सकिन्छ । यहाँबाट लाङटाङ, गोसाइकुन्ड, मनास्लु, गणेश हिमाल, अन्नपूर्णमात्र होइन, तिब्बती हिमश्रृंखलासमेत देख्न सकिन्छ । राती डाँडाबाट काठमाडौंको झिलिमली समेत देखिने स्थानीय बताउँछन् ।

लेखक : अशाेक सिलवाल

यो भर्जिन ट्रेलमा स्थानीय समुदायकोे जीवनसंस्कृतिमात्र होइन, परम्परागत कृषि प्रणाली, विछट्टै लाग्ने पहाडी दृश्य, अनेक प्रजातिका रुखविरुवा तथा चराचुरुङ्गी पनि अवलोकन गर्न सकिन्छ । ज्याउदाको ताल, नौघडेरी, किस्पाङ ताल, किस्पाङ गुम्बा, दुङमाङको भेडाफार्म, पैसा फाल्ने सुरुङ आदि यो ट्रेलका विशेष आकर्षण हुन् । पहिले यही डाँडाको नामबाट फिकुरी गाउँ विकास समिती थियो । अहिले यो किस्पाङ गाउँपालिकामा पर्छ । नुवाकोट र रसुवाका ऐतिहासिक तथा साँस्कृतिक स्थलहरुको अवलोकन गर्दै ट्रेकिङ दिनहरुलाई लम्ब्याउन पनि सकिन्छ ।

अहिले नै फिकुरी ट्रेक गर्ने हो भने एक वा दुई रात ‘क्याम्पिङ’ गर्नुपर्छ । त्यसैले त्यो ट्रेकलाई सहज र पहुँचयोग्य बनाउन फिकुरी डाँडा वा तल जंगलमा टि हाउस वा कम्युनिटी लज आवश्यक देखिन्छ । त्यसैगरी पदमार्गलाई व्यवस्थित गर्न जरुरी छ भने मोनगाउँ, कर्कले, काहुले आदि गाउँहरुमा स्थानीयलाई व्यवसायिक होमस्टे संचालन तालिम ।

केही समयअघि रसुवा नुवाकोट पर्यटन समाज र नेपाल पर्यटन बोर्डको सहकार्यमा फिकुरी ट्रेकिङ ट्रेलको स्थलगत अध्ययन भ्रमण सम्पन्न भएको थियो ।

(स्वतन्त्र पत्रकार सिलवाल लाङटाङ सद्भावना दूत हुन् ।)

तपाइको प्रतिक्रिया
(Visited 9 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

हत्या भएको ६ महिनापछि शव भेटियो

कुरी-कुरी