Saturday, July 24, 2021
Homeप्रदेशआरजुलाई हराएका नेता ओझा समुहको भेला

आरजुलाई हराएका नेता ओझा समुहको भेला

निर्णय नसच्याइए आन्दोलनको चेतावनी

,

धनगढी। पाँच वर्षका लागि पार्टीबाट निष्काशन गरिएका नेपाली कांग्रेसका नेता पुष्करनाथ ओझा समर्थक समुहले उनीमाथिको कारबाही निर्णय नसच्याइए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

महासमिति सदस्य तथा पूर्व राज्यमन्त्री ओझालाई काँग्रेसको अनुशासन समितिले पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेको आइतबार सार्वजनिक भएको थियो । उनीमाथि गत संसदीय निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ बाट काँग्रेसका उम्मेदवार डा आरजु राणा देउवालाई हराउन भूमिका निर्वाह गरेको आरोप लगाइएको थियो ।

नेता ओझालाई पार्टीबाट पांच वर्षका लागि कारबाही गर्ने निर्णयप्रति तीब्र असहमति व्यक्त गर्दै उनीपक्षीय कैलालीका नेताकार्यकर्ताहरुको सोमबार भेला भएको थियो ।

कैलाली काँग्रेसका सचिव पूर्ण कुँवरले “विकसित पछिल्लो आन्तरिक घटनाक्रमको समीक्षा र आगामी अधिवेशनको बारेमा छलफल गर्नका लागि भेला बोलाइएको” बताए ।

जिल्ला सचिव कुँवरका अनुसार भेलाले नेता ओझामाथि राजनीतिक प्रतिशोधका आधारमा कारबाही गरिएको निष्कर्ष निकालेको छ । सो भेलामा नेता ओझा निकटका ४१ जना नेताकार्यकर्ताहरुको उपस्थितिमा रहेको बताइएको छ ।

भेलामा सहभागी भएका सबैले नेता ओझामाथि गरिएको कारबाही फिर्ता गराउन दबाबमुलक कार्यक्रम गर्नेमा सहमति गरेका छन् ।

जिल्ला सचिव कुँवरका अनुसार भेलाले पहिलो चरणमा पार्टी सभापति शेरवहादुर देउवालाई ज्ञापनपत्र वुझाउने र त्यसपछि चरणबद्ध रुपमा आन्दोलन गर्ने निर्णय गरेको छ । उनले भने– नेता ओझामाथि झुटो आरोप लगाइएको भन्ने भेलाको ठहर हो र यो निर्णय नसच्याइए हामी कडा आन्दोलनमा उत्रिने छौं ।

उनले भने– यो निर्णय अन्यापूर्ण छ, त्यसैले यो निर्णय हामीलाई मान्य छैन । यो निर्णयमा पुनःविचार गरियोस् भन्ने भेलाको ठहर छ ।

२०७० सालको उपनिर्वाचनमा कैलाली क्षेत्र नम्बर ६ (हालको क्षेत्र नम्बर ५) बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेता ओझा २०५६ सालको संसदीय निर्वाचनमा समेत विजयी भएका थिए ।

२०७४ सालको आम निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ बाट पार्टी सभापति देउवा पत्नी डा आरजुलाई उम्मेदवार बनाइएपछि उनी रुष्ट भएका थिए । सो निर्वाचनमा उनी प्रचारप्रसारमा गएका थिएनन् । निर्वाचनमा काँग्रेस उम्मेदवार डाक्टर आरजु पराजित भएकी थिइन् । निर्वाचनपछि नेता ओझामाथि काँग्रेस उम्मेदवार आरजुलाई हराउन भूमिका निर्वाह गरेको आरोप लगाइएको थियो ।

Loading comments...

आजको समाचार

निगमलाई कम्पनीमा लैजाने विवादमा समितिको चासो

काठमाडौं । मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई कम्पनीमा रूपान्तरण गर्ने सम्बन्धमा उत्पन्न कर्मचारी विवाद र यसले निगमको काम ठप्प भएको सम्बन्धमा संसदीय समितिले...

एमाले केन्द्रीय कमिटी बैठक: पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी अध्यक्ष ओलीलाई

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बैठकले पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले...

माग सम्बोधन नगरे सिंहदरबार घेराउ गर्ने चेतावनी

काठमाडौं । यातायात व्यवसायी एउटै प्रदेशभित्र चल्ने बस भाडा समायोजनको माग गर्दै आन्दोलित भएका छन् । सरकारले हालै मात्र एउटा प्रदेशबाट अर्को प्रदेशमा चल्ने...

भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प

  भक्तपुर ।   भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी आसपास केन्द्रविन्दु भएर ३.५ रिक्टर...

इन्टरनेट सेवा अबरुद्ध हुँदा गाउँपलिकाका सम्पूर्ण काम बन्द सेवाग्रही मर्कामा

  हुम्ला । हुम्लाको दक्षिण भेगको ताँजकोट गाउँपालिमा नौ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध भएको छ । मुगु जिल्लाको खत्याडको नेटा भन्ने ठाउँमा रहेको वर्ल्ड लिंक...

साताका लोकप्रिय समाचार

भिडियोको छायांकन बढेपछि उपकरण व्यवसायीलाई राहत

काठमाडौं । राजधानीको सीतापाइलास्थित चलचित्र उपकरण व्यवसाय कम्पनी भिडियोक्राफ्ट नेपाललाई केही दिनयताबाट राहत मिलेको छ । सो कम्पनीका सञ्चालक विष्णु श्रेष्ठका अनुसार गत साताबाट...

होटल श्रमिकद्वारा कोरोनाविरुद्धको खोप माग

काठमडौं । होटल श्रमिकहरूले काम थाल्नुअघि कोरोनाविरुद्धको खोप लगाउन माग गरेका छन् । नयाँ भेरियन्टसहित दोस्रो लहरमा फैलिएको कोरोना महामारि नियन्त्रणकोलागि सरकारले गत १६...

बिजुक्छेँलाई भेटन पुगे मुख्यमन्त्री पौडेल

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. नारायणमान बिजुक्छेँ (रोहित) र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविच भेटवार्ता भएको छ । भेटको अवसरमा अध्यक्ष बिजुक्छेँले...

माधव नेपालको घरमै पुगेर युवा संघले जलाए पुत्ला

रौतहट । एमाले नेता माधव कुमार नेपालको बिरोध गदै मंगलबार नेकपा एमालेको भातृ संगठन युवा संघका कार्यकताहरुले रौतहटको चन्द्रनिगाहपुरमा रहेको घर अगाडी पुत्ला दोहन...

पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज बस्ने

  काठमाडाैं । सर्वोच्च अदालतको आदेशबाट पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसदकाे आठौं अधिवेशनको पहिलो बैठक अपराह्न चार बजे बस्ने भएकाे छ ।  तत्कालीन...

ट्रेन्डिङ

द प्यारासाइटलाई ओस्कार अवार्ड

लन्डन । दक्षिण कोरियाली चलचित्र ‘द प्यारासाइट’ ले यो बर्षको ओस्कार जितेको छ । जोकर, द आइरिसम्यान, १९१७, वान्स अपन अ टाइमलगायतका चलचित्रलाई पछि...

नाम : बचियादेवी यादव, वर्ष ९९

सप्तरी, राजविराज । राजविराज १५ की बचियादेवी यादव उमेरले ९९ वर्ष पुगिन् । उनी आफैं जेष्ठ नागरिक भत्ता लिन सदरमुकाम राजविराजस्थित बैंकमा पुग्छिन् । सिटी...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?