Wednesday, September 22, 2021
Your Ads Here
Homeअर्थपोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, ६२ प्रतिशत निर्माण पूरा

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, ६२ प्रतिशत निर्माण पूरा

,
sharethis

पोखरा । नेपालका करिब दुई दर्जन राष्ट्रिय गौरवका आयोजनामध्ये पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल एक हो । निर्माणाधीन विमानस्थल निर्धारित समयभन्दा ६ महिनाअघि नै संचालन हुने गरी तीव्र रुपमा काम भइरहेकोमा पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को कारण प्रभावित बन्यो ।

तसर्थ निर्धारित समयसीमाभन्दा ६ महिनाअघि नै सम्पन्न गर्ने लक्ष्य प्रभावित बनेको छ । विमानस्थल आगामी सन् २०२१ को जुलाई १० सम्म सक्ने लक्ष्य छ । तर समयसीमाभन्दा ६ महिनाअघि अर्थात सन् २०२० डिसेम्बरभित्रै निर्माण प्रक्रिया सकी नेपाल सरकारले हस्तान्तरण गर्ने लक्ष्य कोरोनाकै कारण प्रभावित बनेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनंकर्मी बताउँछन् ।

उनका अनुसार हालसम्म विमानस्थलको ६२ प्रतिशत काम सम्पन्न भएको छ । चिनियाँ कम्पनी सिएएमसी इञ्जीनियरिङले सन् २०१७ नोभेम्बरदेखि काम थालेको थियो । हालसम्म आयोजनाको ‘ल्याण्डसाइड’तर्फ २ हजार ५ सय मिटर लामो रनवे, ट्याक्सी वे, आइसोलेटेड पार्किङ, राजमार्गबाट टर्मिनल भवनसम्मको मुख्य सडक तथा अन्य पहुँचमार्ग (एस्सेस रोड), सिँचाइ नाला, पानी बाहिर पठाउने (आउटलेटिङ) तथा कल्भर्डको काम सम्पन्न भएका छन् ।

एयरसाइड र भवनतर्फ आन्तरिक तथा बाह्य टर्मिनल भवन, एटिसी टावरलगायतका विभिन्न १४ भवन, ह्याङ्गरलगायतको सिभिल संरचना र कङ्क्रिट संरचनाको काम सकिएर डेकोरेशन र फनिसिङको चरणमा रहेको छ । कोरोनाले थप काम भने प्रभावित बने ।

‘निर्माणको समयसीमाभन्दा ६ महिनाअघि सम्पन्न गर्ने लक्ष्य भएपनि जनवरीदेखि नै काम प्रभावित भएको र अझै एक केही महिना कोरोनाले असर पर्ने देखिँदा सो समयभित्र सम्पन्न गर्न गाह्रो छ,’ मुनंकर्मीले भने, ‘तैपनि थप प्रभावित नबने निर्धारित २०२१ जुलाईसम्म काम सक्ने लक्ष्य छ ।’ सडक ढलान, कार पार्किङ स्थल निर्माण कार्य लकडाउनले रोकिएका थिए । हाल टर्मिनल भवन निर्माणको काम भइरहेको छ ।

संयोग नै मान्नुपर्छ, विमानस्थल, चीन र कोरोना । किनकि चिनियाँ लगानीमा निर्माणाधीन यो विमानस्थलमा अधिकांश कामदार तथा कर्मचारी चिनियाँ नै छन् । विश्वलाई आतंकित पारेको कोरोना भाइरसको उत्पत्ति पनि चीनकै वुहान, हुवाई प्रान्तमा सन् २०१९ को डिसेम्बरमा भयो ।

जब ‘आउटब्रेक’ भयो, त्यसयता लगातार पोखरा विमानस्थलको निर्माण पनि प्रभावित बन्दै गयो । सोही बेला चीनमा नयाँ वर्ष मनाउन यहाँका केही कामदार स्वदेश फर्के । स्वदेश फर्केपछि कोरोनाकै प्रभावका कारण उनीहरु सहित केही नयाँ कामदार तत्काल पुनः नेपाल आउन सकेनन् । पछि यहाँ आउन लागेकाहरु चीन र नेपालमै दुई–दुई पटक गरी क्वारेन्टाइनमा बस्नु प-यो । पटक–पटक गरी आएका १ सय ७ जना कामदार तथा कर्मचारी सबैले गत ४ चैतदेखि मात्र काम थालेका हुन् ।

दुई हजार ५ सय मिटर लामो धावनमार्गको यो विमानस्थलमा उडान वा अवतरित हुने विमानको यात्रु क्षमता झण्डै २ हजार जनाको हुनेछ । यो विमानस्थल संचालन आएपछि पोखरामात्र नभै समग्र नेपालकै पर्यटन क्षेत्रले फड्को मार्ने देखिन्छ

गत फेब्रुअरीपश्चात पहिलो चरणमा ३६ जना र दोस्रो चरणमा गरी ७१ जना कामदार तथा कर्मचारी यहाँ आएका थिए । उनीहरु चीनमै १० दिनसम्म क्वारेन्टाइनमा बसेकोमा पोखरा विमानस्थलमा समेत काममा लाग्नुअघि १० देखि १८ दिनसम्म क्वारेन्टाइनमा राखिएको थियो । विमानस्थलभित्र लामो समयसम्म क्वारेन्टाइन बस्नेहरु १८ दिनसम्म छोटो समय बस्नेहरु १० दिनसम्म बसेका थिए । क्वारेन्टाइनमा बसेकाहरुको स्वास्थ्य जाँचमा कुनै पनि संक्रमण नभेटिएपछि काममा फर्काइएको थियो । यसरी नेपाली २ सय ६२ र कुल चिनियाँ २ सय ७१ जना कामदार तथा कर्मचारीबाट अब कामले गति लिन्छ कि भनी आशा गरिएकोमा सोचेजस्तो भएन । त्यसको एक साता नबित्दै ११ चैतदेखि सरकारले कोरोनाको उच्च जोखिमबाट जोगिन देशभर लकडाउन ग-यो । लकडाउन गर्ने सरकारको घोषणापछि यहाँ कार्यरत १ सय ६२ जना नेपाली कामदारलाई बिदा दिँदै घर फर्काइयो । हाल १ सय नेपाली र २ सय बढी चिनियाँ कामदारले भित्री भागमा जे–जति काम हुन सक्छ सो गरिरहेको जानकारी मुनंकर्मीले दिए । विगतमा ५ सय जनाले काम गर्दथे ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   नेप्से सूचक १०४.८८ अंकले बढ्याे

अब टर्मिनल भवनमा उपकरण जडान गर्ने काम तत्कालै शुरु गरिने र विदेशी कामदार आएलगत्तै आयोजनाले थप गति लिने मुनंकर्मीको भनाइ छ । चीनबाट ग्लाइडपाथ, इलेक्ट्रोमिटर, बोडिङ ब्रिजलगायतका उपकरण तथा डेकोरेशनका सामग्री २ महिनाभित्र यहाँ आउने उनले बताए ।

नेपाल सरकारको आवश्यक विधि र प्रक्रिया पूरा गरी चिनियाँ सीएएमसीई इञ्जिनियरिङ कम्पनीलाई नेपाल सरकारले निर्माणको जिम्मा दिएको हो । नेपालले चिनियाँ सरकारसँग २२ अर्ब रुपैयाँ ऋण लिएर निर्माण थालिएको यो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प रुपमा हेरिएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्जनाइजेसन (आइकाओ) मापदण्ड अनुसार फोरडी मोडलमा पर्ने यो विमानस्थल निर्माण भएपछि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आउजाउ गर्न सक्नेछन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   कांग्रेस पदाधिकारी बैठक बस्दै, खड्काकाे बारेमा थप छलफल हुने

दुई हजार ५ सय मिटर लामो धावनमार्गको यो विमानस्थलमा उडान वा अवतरित हुने विमानको यात्रु क्षमता झण्डै २ हजार जनाको हुनेछ । यो विमानस्थल संचालन आएपछि पोखरामात्र नभै समग्र नेपालकै पर्यटन क्षेत्रले फड्को मार्ने देखिन्छ ।

विमानस्थल निर्माण प्रक्रियाको सुरुवाततर्फ फकिँदा सन् १९५० सम्म पोखरा यातायातको साधानहरुबाट पूर्णतः वञ्चित थियो । सडक सञ्जालसँग जोडिनु अघि हवाई यातायातमा जोडिएको पोखराका लागि सन् १९५३ मा काठमाडौं र सन् १९५९ मा भैरहवाबाट हवाई उडान थालनी भएको हो । पछि सन् १९६८ मा सिद्धार्थ राजमार्ग (पोखरा–सुनौली) र सन् १९७१ मा पृथ्वी राजमार्ग (पोखरा–नौबीसे) को निर्माणपछि यहाँको पर्यटनले गति लिएको हो ।

२०३२ सालमा पोखरा वडा–१४, १५ र १८ वडाको ३ हजार १ सय ६ रोपनी जग्गा अहिलेको विमानस्थल निर्माणका लागि अधिग्रहण गरिएको थियो । पछि थप ५ सय २१ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । गत वर्षको ५ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि थप १ सय ४८ रोपनी जग्गा अधिग्रहणको स्वीकृति विमानस्थल परियोजनालाई दिएको थियो । सरकारको निर्णयप्रति भने स्थानीयले विरोध जनाएका छन् । २०७३ वैशाख १ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थल शिलान्यास गरेका थिए ।

तपाइको प्रतिक्रिया

(Visited 272 times, 1 visits today)

आजको समाचार

राजस्थानको रोमान्चक जित

दुबई । ईन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वेन्टी क्रिकेटमा राजस्थान रोयल्सले पन्जाब किङ्सलाई दुई रनले हराएको छ । दुबईमा गएराति भएको रोमान्चक खेलमा राजस्थानले दिएको...

अध्यादेश खारेज नभई जसपाले मन्त्री पठाउँदैन : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म सरकारमा नजाने अडान लिएका छन् । अध्यादेश खारेजपछि मात्र...

आमा बनिन् प्रियंका कार्की

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीलाई पुत्री लाभ भएको छ । उनी बुधबार आमा बनेकी हुन् । उनका श्रीमान आयुष्मान देशराज जोशीले आफु पिता बनेको...

राजनीतिमा व्यक्तिको होइन, कार्यशैलीको महत्व हुन्छ

राजनीतिमा व्यक्तिको होइन कार्यशैलीको महत्व हुन्छ भने कुरा अहिले होइन प्राग, ऐतिहासिक कालबाटै मान्य हुँदै आएको हो । पूर्ववैदिक युगकै समयमा ठूलाले सानालाई बलियोले...

साताका लोकप्रिय समाचार

राजनीति कसका लागि ?

राजनीति कसका लागि गरिन्छ ? यसको सोझो उत्तर छ–जनताका लागि । तर, नेपालमा अहिले त्यस्तो उत्तर दिइयो भने त्यो पूर्णतः गलत साबित हुने गरेको...

राजस्थानको रोमान्चक जित

दुबई । ईन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वेन्टी क्रिकेटमा राजस्थान रोयल्सले पन्जाब किङ्सलाई दुई रनले हराएको छ । दुबईमा गएराति भएको रोमान्चक खेलमा राजस्थानले दिएको...

जब शाक्यकै अगाडि बादललाई बाग्मती प्रदेश इन्चार्ज भनियो

काठमाडौं । २ जेठ २०७५ मा फर्कने १० बुँदे सहमतिअनुसार एमालेको बाग्मती प्रदेश इन्चार्ज पार्टी उपाध्यक्षसमेत रहेकी बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य हुन् ।...

नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११ हजार नजिक

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणवाट ज्यान गुमाउनेको संख्या एघार हजार नजिक पुगेको छ । बुधबारसम्म १० हजार ९ सय ९१ जनाको कोरोना भाइरस...

ट्रेन्डिङ

जनकपुर बजारमा मखानाको माग बढ्दो (फोटो फिचर)

जनकपुरधाम । जनकपुरधाम–४ की मेनुकाले बजारबाट २ किलो मखाना शुक्रबार नै किनेकी छिन् । आइतबार कोजाग्रात पूर्णिमाका दिन जानकी मातालाई चढाउनुका साथै घरमा खिर...

संघीय निजामती सेवा ऐन सच्याउन माग गर्दै ज्ञापनपत्र

बुुटवल । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला कार्य समिति, रुपन्देहीले संघीय निजामती सेवा ऐन सच्याउन माग गर्दै ज्ञापनपत्र बुुझाएको छ । निजामती कर्मचारीहरुको आधिकारिक...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)