Sunday, June 13, 2021
Home Not-to-be-missed चलचित्र छायांकनका लागि अनुमति कुर्दै सिनेकर्मी

चलचित्र छायांकनका लागि अनुमति कुर्दै सिनेकर्मी

,

काठमाडौं । मानिसको जमघट हुने रेस्टुरेन्ट, डिपार्टमेन्ट स्टोरदेखि, सपिङ मलसमेत सरकारले खुला गरेको छ । आजकाल १५ जनाको नाममा ३०-४० जना भेला भएर म्युजिक भिडियो सुटिङदेखि विभिन्न कार्यक्रम गर्न थालिएको छ । तर, आफूहरूलाई पनि सरकारले चलचित्र छायांकनका लागि अझै अनुमति नदिएको चलचित्रकर्मीहरूको गुनासो छ ।

गत फागुन र चैतमा छायांकन हुँदाहुँदै रोकिएका आधा दर्जन चलचित्र छायांकनको व्यग्र प्रतीक्षामा छन् । वैशाखपछि छायांकन गरिने भनिएको आधा दर्जन चलचित्र अझै छायांकनमा जान सकेका छैनन् । सरकारबाट चलचित्र छायांकनको अनुमति पाउनासाथ आफूहरूले छायांकन सुरु गर्ने सिनेकर्मीहरूले बताएका छन् ।

निर्माता सुनिलकुमार थापाले आफ्नो चलचित्र ‘ए मेरो हजुर–४’ को भदौबाट छायांकनको लागि युनिटलाई तयार रहन निर्देशन दिइसकेका छन् । हालै एक भेटमा उनले ‘ए मेरो हजुर–४’ को बाँकी छायांकन भदौबाट गर्ने लक्ष्य रहेको बताए, ‘१५ जनाभन्दा बढी भेला हुन नपाउने भन्दै सरकारले चलचित्र सुटिङका लागि अनुमति दिएको छैन । पूर्ण सुरक्षा अपनाएर चलचित्र छायांकन गर्न सरकारले अनुमति दिनासाथ हामी बाँकी सुटिङको काम सुरु गर्नेछौं ।’

‘ए मेरो हजुर–४’ को गीत र केही दृश्य यसअघि विदेशमा छायांकन गर्ने लक्ष्य निर्माता थापाको थियो । कोरोना संक्रमणबाट अब सबै छायांकन नेपालमै सम्पन्न गर्ने पनि उनले बताएका छन् । यो चलचित्रमा अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका छ । चलचित्रको बाँकी छायांकनको तयारीमा अभिनेता अनमोल आफ्नो तरिकाले जुटिसकेका छन् ।

निर्देशक दीपेन्द्र लामाले आफ्नो छायांकन रोकिएको फिल्म ‘२ नम्बरी’को बाँकी काम कहिलेबाट सुरु गर्ने भनेर तय गरेका छैनन् । कोरोना संक्रमण आगामी फागुनसम्म निर्मूल हुने विश्वाससहित त्यतिबेलासम्म फिल्मको बाँकी छायांकन सक्ने उनको कथन छ । दयाहाङ राई, उगेन छोदेन, पल शाह, वर्षा राउतलगायतको मुख्य भूमिका रहेको यो फिल्मको करिब २० प्रतिशत छायांकन भइसकेको छ । सरकारले अनुमति दिएमा आफूहरू भदौबाटै छायांकन गर्न सक्ने अवस्थामा रहेको यसका निर्माता किरण नेपालीको कथन छ ।

निर्माता–निर्देशक नारायण रायमाझी पनि आफ्नो चलचित्र ‘परदेशी–२’ को छायांकनका लागि सरकारबाट अनुमतिको प्रतीक्षामा छन् । उनको चलचित्रको पनि करिब ४० प्रतिशत छायांकन सकिएको छ । सरकारले लकडाउन गर्ने घोषणा गरेपछि गत ९ चैतबाट यो चलचित्रको छायांकन रोकिएको थियो । यो चलचित्रमा दिलिप रायमाझी, केकी अधिकारी, प्रकाश सपूत, वर्षा शिवाकोटीसहितको मुख्य भूमिका छ । यही दसैंमा रिलिज गरिने भनिएको ‘परदेशी–२’ अब हल खुलेपछि मात्र रिलिज मिति तय गर्ने पक्षमा निर्देशक रायमाझी रहेका छन् ।

अरू आधा दर्जन चलचित्र भदौबाट छायांकन गर्ने तयारीका साथ बसेका छन् । तर, काठमाडौंमा कोरोनाको संक्रमण बढिरहेको अवस्थामा भदौबाट सरकारले चलचित्रको छायांकन अनुमति दिने अवस्था सिनेकर्मीहरू आफैं देख्दैनन् । भदौबाटै फिल्म ‘खलनायक–२’ को छायांकन थाल्ने निर्माता रोज राणाले घोषणा गरेका छन् । तर, उनी पनि अहिले अन्योलमा छन् । छायांकनको पूर्वतयारीका कामहरू ग्रिरहेका रोज पनि भदौमा कोरोनाको अवस्था के होला भन्ने प्रतीक्षामा छन् ।

अभिनेत्री रेखा थापाले वैशाखबाट गर्ने भनेको आफ्नो नयाँ फिल्मको छायांकन सरकारले अनुमति दिएमा भदौबाट गर्ने पक्षमा छिन् । उनले यो फिल्ममा आफ्नो नायकको रूपमा सौगात मल्ललाई अनुबन्धित गरेकी छन् । तर, सरकारी अनुमतिबिना उनले चलचित्रको छायांकन थाल्ने पक्षमा छैनन् ।

निर्देशक सुब्रतराज आचार्य पनि आफ्नो फिल्म ‘के घर के डेरा’को छायांकन पूर्वतयारी सकेर बसेका छन् । अहिलेको अवस्थामा १५ जनाभन्दा बढी भेला हुन सरकारले अनुमति नदिएका कारण फिल्मको छायांकन सुरु गर्न नसकेको उनको कथन छ । फिल्मको छायांकनमा २५ जनाभन्दा बढीको युनिट हुने भएकाले अहिले छायांकनमा जान नसकेको पनि उनले बताए ।

यस्तै, लेखक–निर्देशक मौनता श्रेष्ठ भदौबाट फिल्म ‘आँधी तुफान–२’ को छायांकन थाल्ने पक्षमा छन् । अर्का निर्देशक सुरेन्द्र पौडेल पनि ‘बाबरी क्याफे’ को छायांकन भदौबाटै गर्ने योजनामा छन् । जसमा अदिती बुढाथोकी र नितेशजंग कुँवरलाई उनले अनुबन्धित गरिसकेका छन् । अब सरकारले चलचित्रको छायांकन गर्न र सिनेमा हल खोल्न कहिलेबाट अनुमित दिन्छ त्यो भने हेर्न बाँकी छ ।

(Visited 150 times, 1 visits today)
Loading comments...

आजको समाचार

हिमाल सागर असारदेखी अमेरिकामा कन्सर्टमा सहभागी हुने

  काठमाडौं । अमेरिकामा एकल सांगीतिक कार्यक्रम गर्न गएका गायक हिमाल सागरले त्यहाँ कोरोनाको महामारीका कारण कन्सर्ट गर्न पाएका थिएनन् । अब भने यही ५...

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

  काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा...

भालुपहाडमा पहिरोले सिद्धार्थ राजमार्ग अबरुद्ध

  स्याङ्जा । शनिवार रातीदेखि परेको अविरल बर्षाले स्याङ्जाको भालुपहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । फेदिखोला गाँउपालिका २ स्थित भालुपहाडमा पहिरो गएपछि...

उपचाररत मोडल निशालाई आर्थिक सहयोग गर्नेहरु बढ्दै

  काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको उपचार सुरु भएसँगै उनलाई आर्थिक सहयोग पनि जुट्न थालेको छ । यसै क्रममा उनलाई चलचित्र विकास बोर्डद्वारा...

साताका लोकप्रिय समाचार

मनसुन मङ्गलबारसम्म देशव्यापी हुने, सतर्क रहन आग्रह

  काठमाडाैं । प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा यस वर्षको मनसुन भित्रिएको छ । देशका पूर्वी भेगबाट शुक्रबार प्रवेश गरेको मनसुन...

केही दिनमै सुखद समाचार आउँछ : शेरबहादुर तामाङ

  स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले कोरोनाविरुद्धको खोप आमनागरिकलाई उपलब्ध गराउने ‘पहिलो एजेण्डा’ बनाएका छन् । अस्पतालको पूर्वाधार विकास, निजी तथा सरकारी अस्पतालका विकृति अन्त्य...

देश र जनता रहे राजनीति फेरी गरौंला : कांग्रेस नेता राजीवविक्रम शाह

  काठमाडौं । जाजरकोट जिल्लाबाट राजनीतिमा सक्रिय राजनीज्ञिहरुले काठमाडौंबाट जिल्ला स्थित स्वास्थ्य संस्थासहित स्थानीय तहहरुमा स्वास्थ्य सामग्री पठाएका छन् । कोरोना महामारीको बढ्दो संक्रमणको अवस्थालाई ध्यान...

दाइजोमा ग्यास चुल्हाे र सिलिन्डर नल्याएकाे भन्दै श्रीमतीलाई निर्घात कुटपिट

  सर्लाही ।  दाइजोमा ग्यास चुल्हो र सिलिन्डरलगायत सामग्री नल्याएको भन्दै सर्लाहीमा एक युवकले  नवदुलहीमाथि निर्घात कुटपिट गरेका छन् । दाइजोमा ग्यास चुल्हो र सिलिन्डर नल्याएको...

ट्रेन्डिङ

कमेडियन हिमेश पन्तले नेकपाको चुनाव चिन्ह पार्टी अफिसमा बुझाए

काठमाडौं । ‘क्लिन काष्टमण्डप’ का अभियन्ता केपी खनाल र कमेडी च्याम्पियन हिमेश पन्तले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कार्यक्रम आयोजना गरेपछि सडकमै छाडेका चुनाव...

बुटवलमा थप ४ जना कोरोना जितेर घर फर्के

बुटवल । रुपन्देहीको बुटवल धागो कारखानास्थित कोरोना विषेश अस्पतालबाट आइतबार थप ४ जना कोरोना भाइरसलाई जितेर घर फर्किएका छन । अस्पतालका फोकल पर्सन तथा...

नयाँ आईजीपी आज, खनालसँगै १८ डीआईजी र ३ ‘एआईजीले अवकाश पाउने

काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक ‘आईजीपी’को नियुक्ती गर्ने तयारी गरेको छ । आज अपरान्ह ४ बजे बस्ने मन्त्रिपरिषद्को नियमित बैठकबाट नयाँ प्रहरी प्रमुखको...

दाङमा उपचारका क्रममा मृत्यु भएकी महिलाको कोरोना पोजेटिभ

तुलसीपुर । दाङमा उपचारका क्रममा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको...

विप्लपको लडाकु समूहमा बालबालिका, को–को पक्राउ परे ?

उदयपुर । प्रतिबन्धित नेपाल कम्युनिष्ट पाटी बिप्लब समुहको लडाकुहरुमा अधिकाश बालबालिकालाई प्रयोग गरिएको छ । उदयपुरको चुरे जंगलबाट हतियारसहित पक्राउ परेको लडाकु मध्ये ६...

संसद पुनर्स्थापनाको कुरा गर्नेहरू भित्रभित्रै चुनावको तयारी गरिरहेका छन् : प्रभु साह

मलङ्वा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा शहरी विकास मन्त्री प्रभु साहले संसद पुनर्स्थापनाको माग राखी आन्दोलन गरिरहेकाहरु पनि भित्रभित्रै चुनावको तयारीमा...

सूर्यको पूजा आराधना गर्ने पर्वछठ शुरु

काठमाडौँ । मानव जीवनका लागि अत्यावश्यक नदी र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठपर्व आजदेखि शुरु भएको छ । कात्तिक शुक्ल...

प्रहरीले सोध्न थाल्यो ‘तपाईको मास्क खै ?’

सप्तरी, राजविराज । जिल्लामा दैनिक कोरोना संक्रमित फेला पर्दै गएपनि बिना मास्क घर बाहिर हिडडुल गर्ने प्रबृत्ती नरोकिएपछि प्रहरीले कडाई गरेको छ । प्रहरीले सदरमुकाम...

प्रदेश १ मा गठन भयो नेपाल चलचित्र कलाकार संघ

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको प्रदेश १ मा प्रदेश शाखा गठन भएको छ । नेपाल चलचित्र कलाकार संघका केन्द्रीय अध्यक्ष रवीन्द्र खड्काको प्रमुख...

त्रिविका सेमेष्टर प्रणालीको परीक्षाबारे कार्यदल गठन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दीका कारणले रोकिएका सेमेष्टर प्रणालीअन्तर्गतका परीक्षाका बारेमा निर्णय गर्न कार्यदल गठन गरेको छ । सो प्रणालीका परीक्षालाई के...

विवाद समाधान : मेलमिलाप

व्यक्ति वा समूहबीच उत्पन्न हुने द्वन्द्व वा मतभेद नै विवाद हो । विवाद सधैं नकारात्मक हँुदैन । यसले सकारात्मक परिणाम पनि ल्याउँछ । आजको...

लमजुङमा रग्वी संघ गठन

लमजुङ । लमजुङमा नेपाल रग्वी संघ जिल्ला समिति गठन भएको छ । खेलाडीहरूको एक भेलाले प्रेम तामाङको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको जिल्ला खेलकुद...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)