Monday, November 30, 2020
Home कला आठ पंक्तिका कविता लेख्ने कबिको पोष्टबाट ‘शुक्रबार कविता’ संग्रह

आठ पंक्तिका कविता लेख्ने कबिको पोष्टबाट ‘शुक्रबार कविता’ संग्रह

काठमाडौँ । प्रत्येक शुक्रबार आठ पङिक्तका कविता लेखेर सामाजिक सञ्जालमा पोष्ट गर्ने कवि मनोजराज सुवेदीले ३०१ कविताको संग्रह सार्वजनिक गरेका छन् ।

आठ पङिक्तमा लेखिएको ‘शुक्रबार कविता’ संग्रह छोटा कवितामा बृहत् सन्देश दिन सफल छ । लामा कविता पढ्न फुर्सद नभएका अहिलेका व्यस्त मानिसका लागि केही समय निकालेर पढ्न सकिने शुक्रबार कविता संग्रह उपयोगी छ ।

सुवेदीले विसं २०७१ जेठ २३ गते शुक्रबारदेखि आठ पङिक्तका कविता लेखेर सामाजिक सञ्जालमा पोष्ट गर्न शुरु गरेका थिए । बैठक कोठामा झुण्ड्याइएको पिता पूर्व सचिव पद्मराज सुवेदीको इलाम घुम्दाको तस्वीरले उनलाई कविता लेखेर सामाजिक सञ्जालमा पोष्ट गर्ने प्रेरणा मिलेको बताउछन् । सुवेदी इलामको प्रमुख जिल्ला अधिकारी हुँदा विसं २०३० मा माइपोखरीमा खिचिएको प्राकृतिक सौन्दर्य सहितको माता पिताको तस्वीरले छोरालाई स्थापित कविका रुपमा नेपाली साहित्यमा प्रवेश गराएको छ ।

२०७१ जेठदेखि २०७६ माघ मसान्तसम्म शुक्रबार सामाजिक सञ्जालमा पोष्ट गरिएका ३०१ कविता संग्रहमा समेटिएका छन् । ललिता सुवेदी दवाडीले प्रकाशन गरेको ‘शुक्रबार कविता’ सङ्ग्रह को मूल्य १९० रुपैयाँ रहेको छ ।

संग्रहमा समर्पण, मेरो भन्नु जस्ता पृष्ठभूमिका विषय पनि आठ पङिक्तका छोटा कवितामा लेखेर आकर्षक बनाइएको छ । शुभ साइतमा साहित्यकार डा. सनतकुमार वस्तीले आठ पङिक्तको कवितामै सन्देश दिएका थिए । । कवि वस्तीको आठ पङिक्तको कविता सन्देश यस्तो छ :

शुक्रबार कविताको
शुभ साइत जुर्ने
सिर्जनालाई एक हप्ता
सधैँ किन कुर्ने ?
छोटा छोटा कवितामा
प्रतिभाको खानी
निरन्तर कायम रहोस्
मनोजको बानी …’

कवि सुवेदीले मेरो भन्नु अर्थात् कविको भनाईलाई आठ पंक्तिको कवितामा यसरी प्रस्तुत गरेका छन्

‘पाँच वर्षदेखि शुक्रबार
फेसबुकमा पोष्ट गरेको
शुक्रबार कविता शीर्षकमा
माधुर्य गुणले भरेको ।
प्रेम, प्रकृति र समाजका
हाम्रै सेरोफेरो देखेर
सजाई आठै पङ्क्तिमा
अर्पन्छु कविता लेखेर’

पिता पूर्व सचिव पद्मराज सुवेदीलाई समर्पण गरिएको पुस्तकको मन्तव्य पनि आठ पङ्क्तिकै कवितामा गरिएको छ । समर्पण शीर्षकमा कवि सुवेदी लेख्छन्

‘जवानीको बेला सबैको
जीवन मिठास र रङ्गीन
बूढाबूढी हुँदै गएपछि
बन्छ नमिठो र कठिन ।
दिगो जीवन कसैले पाउँदैन
मनुष्यको क्षणिक चोला
जसरी फर्केर आउँदैन
कलकल बगेको खोला ।।’

संग्रहमा माया प्रेम, पाकृतिक सौन्दर्य, सामाजिक विषय, राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना, पूर्व राजा महेन्द्रको सालिक, स्वदेशका दाउन्ने, विराटनगर, इलाम लगायत स्थान यात्राको अवसरमा देखिएका विषय, विदेश यात्रा गर्दा देखिएका दृश्य, मौलिक पहिरन लगायत विषयमा आठ पङिक्तका कविता रचना गरिएको छ ।

यो पनि पढ्नुहोस   ध्रुव बिस्को ‘झन झन माया’ सार्वजनिक

संग्रहमा ‘योजना विनाको शहर’, ‘श्रीदेवीको जादु’, ‘रोमियो र जुलियट’, ‘राम्रो हाम्रो देश’, ‘शिवपुरीको ट्रेकिङ’, ‘नौनीजस्तो दिल’, ‘सरकारी जागीर’, ‘श्रीमतीको गाली’, ‘आमाको गर्भ’, ‘राजधानीको पीडा’, ‘भगवान्को विष’, ‘बालुवाटारको जग्गा’, ‘चौबन्दी चोलो’, ‘विषादी तरकारी’, ‘सडकको जाम’, ‘तराईको दुःख’, ‘सिमलको भुवा’, ‘काठमाडौँ शहर’, ‘शरद ऋतु’, ‘नौबिसेको जाम’, ‘जवानीको मात’, ‘अपार्टमेन्टको बसाइ’, ‘गुलाबको काँडा’, ‘फूलचोकीको हिउँ’, ‘ट्रिपरको आतङ्क’ र ‘ज्ञानको शक्ति’ जस्ता आठ पङ्क्तिका कविताले विशेष सन्देश दिएका छन् ।

कवि सुवेदी ‘तिम्रो यादमा’ शीर्षकको कविता मष्तिष्कबाट उत्पन्न भएको सुनाउनुहुन्छ । कविको मष्तिष्क यसरी कवितामा रुपान्तरित हुन्छ–

‘वर्षा महिना असारमा
सकिँदैन खोला थुन्न
जूनतारा दिएपनि
रहर छैन बयान सुन्न ।
जति नजिक भए पनि
शायद कहिले भेट हुन्न
मलाई छाडी गए पनि
तिम्रो यादमा अब रुन्न ।।’

साप्ताहिक रुपमा शुक्रबार सामाजिक सञ्जालमा कविता पोष्ट गर्नुअघि पनि सुवेदी कविता रचना गर्थे । राष्ट्रिय योजना आयोगमा कार्यरत छँदादेखि नै कविता लेखेर विभिन्न प्रतियोगितामा पुरस्कार पनि प्राप्त गरेको उनी सुनाउछन् । कविता लेख्न बसेका बेला बीचमा अड्किएपछि उनी हिँडडुल गरी कवितालाई पूर्णता दिने गरेको बताउछन् ।

पद्मोदय माध्यमिक विद्यालयमा अध्ययन गर्दादेखि लेखन यात्रा शुरु गरेका कवि सुवेदीले विद्यार्थी जीवनमा निबन्ध प्रतियोगितामा पहिलो भएर पटकपटक पुरस्कार प्राप्त गरेका थिए । ‘मधुपर्क’ मासिक र गोरखापत्र दैनिकको शनिवासरीय परिशिष्टाङ्कमा कथा, कविता लेखेर नियमित प्रकाशित गर्दै आएका सुवेदीको यो पहिलो कृति हो ।

सरल भाषामा लेखिएका सुवेदीका कविता सामाजिक सन्देश दिन सफल छन् । प्रत्येक महिनाको अन्तिम शुक्रबार महफिल काव्य उपासनाले आयोजना गर्ने साहित्यिक कार्यक्रममा नियमित सहभागी हुँदा समेत सङ्ग्रह प्रकाशन गर्ने हुटहटी जागेको उनी बताउछन् ।

साप्ताहिक रुपमा शुक्रबार सामाजिक सञ्जालमा कविता पोष्ट गर्न थालेपछि कवि सुवेदीलाई पछ्याउने बढेका छन् । कविता मन पराउने र टिप्पणी गर्नेको सङ्ख्या पनि अधिक छ ।

कविता सङ्ग्रह गत वर्ष चैत दोस्रो साता राष्ट्रकवि माधवप्रासद घिमिरेले सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको थियो । कोरोना भाइरसको सङ्क्रमणका कारण बन्दाबन्दी जारी भएपछि उजले टेलिफोनबाट नै शुभकामना सन्देश दिएका थिए । छोटो, मिठो र रोचक शैलीमा कविता रचना गर्न निकै मिहीनेत गरेको उल्लेख गर्दै राष्ट्रकवि घिमिरेले निरन्तरता दिन पनि सुझाव दिएका थिए ।

(Visited 73 times, 1 visits today)
Loading comments...

आजको समाचार

ध्रुव बिस्को ‘झन झन माया’ सार्वजनिक

काठमाडौं । गायक ध्रुव बिस्को नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘झन झन माया’ बोलको गीतमा कृष्ण केसीको शब्द तथा गायक बिस्कोको संगीत...

डोटीमा आज एकैसाथ ८ अस्पतालको शिलान्यास

सिलगढी । डोटी जिल्लामा आज एकैसाथ आठवटा अस्पतालको शिलान्यास गरिदैछ । नेपाल सरकारले आज देशभरिका ३९६ अस्पतालको एकै साथ उद्घाटनको तयारी गरेसँगै डोटी जिल्लामा...

क्षतिपूर्तिसहितको नागरिक बडा पत्र कार्यान्वयनको अवस्था

सरकारको मुख्य दायित्वमध्ये नागरिकलाई सहज रूपमा सेवा सुविधा प्रवाह गर्नु हो । त्यसैले सरकार नागरिकमैत्री हुनुपर्दछ अर्थात् नागरिकसँग प्रत्यक्ष उत्तरदायि हुनुपर्दछ । लोकतान्त्रिक शासन...

चेल्सी र टोटनह्याम बराबरी, युनाईटेडको जीत

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको टोटनह्याम हट्सपर र तेस्रो स्थानको चेल्सीले गोलरहित बराबरी खेलेका छन् । गएराति चेल्सीको मैदानमा भएको लण्डन...

मुलुकको समृद्धका लागि शान्ति सुरक्षा पहिलो प्राथमिकता : मन्त्री जम्कटेल

काभ्रेपलाञ्चोक । मुलुकको समृद्धका लागि शान्ति सुरक्षा पहिलो प्राथमिकता रहेको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले बताए । आईतबार भुम्लु गाउँपालिकास्थित...

साताका लोकप्रिय समाचार

चिनियाँ रक्षामन्त्रीको भ्रमण सुरक्षा केन्द्रित

काठमाडौं । चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एक दिने भ्रमणमा आज (आइतबार) काठमाडौं आउन लागेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा...

पार्टीभित्रको विवाद ‘लिक’ बाहिर जाने खतरा देखियो : महासचिव पौडेल

बुटवल । नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले पार्टीभित्रको अन्तरिक विवाद ‘लिक’ बाहिर जाने खतरा देखिएको बताएका छन् । पार्टीमा एकाएक अन्यासमै समस्या प्रकट...

ध्रुव बिस्को ‘झन झन माया’ सार्वजनिक

काठमाडौं । गायक ध्रुव बिस्को नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘झन झन माया’ बोलको गीतमा कृष्ण केसीको शब्द तथा गायक बिस्कोको संगीत...

साग आयोजना र पूर्वधारमा चार अर्बभन्दा बढी खर्च

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले झन्डै एक वर्षपछि १३औं दक्षिण एसियाली खेलकुद (साग)को खर्च विवरण सार्वजनिक गरेको छ । राखेप सदस्यसचिव रमेशकुमार सिलवालले...

कोरोना संक्रमणबाट इलामका एक ब्यक्तिको मृत्यु

इलाम । इलामको सूर्योदय नगरपालिका–९ का ५५ बर्षीय एक ब्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । सूर्योदय ९ मा बसोबास गर्दै आएका एक व्यक्त्तिको...

ट्रेन्डिङ

सरकारी अड्डामा जे देखेँ : अनुमति बिना प्रवेश निषेध

बन्दाबन्दी भन्दा केही दिन अगाडिको कुरा हो । भाइले उ र काका काठमाण्डौ आउने कुरा बतायो । ‘तिमीलाई काठमाण्डौमा म सहयोग गर्न सकदिन दुई दिन...

राष्ट्रपति भण्डारीद्वारा क्रिश्मसको शुभकामना

काठमाडौं । प्रभु येशुको जन्मोत्सव (क्रिसमस) को उपलक्ष्यमा नेपाली इसाईहरूले आज क्रिसमस दिवस मनाउँदैछन् । ग्रेगोरियन पात्रो अनुुसार यो दिवस प्रत्येक वर्षको...

सिन्धुपाल्चोकको जुगलमा पहिरो : कम्तीमा ३५ जनाको मृत्यु

सिन्धुपाल्चोक । अविरल वर्षासँगै आएको पहिरोले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा १३ घर पुरिँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । सेनाको हेलिकप्टरमा घटनास्थलमा पुगेका...

दीर्घरोग बिरामीलाई गाउँपालिका अध्यक्षले घरमै पु-याइदिए सहयोग

सिन्धुपाल्चोक । मिगौला रोगबाट लामो समयदेखि उपचार गराइरहेका विरामीलाई सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसी (विनोद) ले व्यक्तिगत रुपमा घरमै पुगेर सहयोग हस्तान्तरण गरेका छन्...

लम्जुङमा पहिरोले एकै घरका तीनजनाको मृत्यु

लम्जुङ । लम्जुङको बेसिशहर नगरपालिका वडा नम्बर ७ सातबिसेमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । अन्य चार जना सामान्य...

संग्रौलाको अनुवादनमा आयो सत्ता र सत्य

काठमाडौं । लेखक खगेन्द्र संग्रौलाले अनुवाद गरेको नयाँ पुस्तक ‘सत्ता र सत्य’ सार्वजनिक भएको छ । यो पुस्तकलाई श्रव्य–दृश्यमार्फत सामाजिक सञ्जालबाट सार्वजनिक गरिएको छ...

आफ्नै भूमि जोगाउन नसक्ने लाछी नबनाै

व्यक्तिका निम्ति आफ्नै ज्यान वा शरीर सर्वाधिक प्रिय हुन्छ । कुनै पनि व्यक्ति त्यत्तिकै आफ्नै जिउज्यानलाई खतरा पुग्ने चुनौतीपूर्ण कार्य गर्न अग्रसर...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

क्रिकेटर सन्दीप अस्पताल भर्ना

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई हेम्स अस्पताल भर्ना गरिएको हो...

भु माफियाको नाममा रहेको १ सय २२ बिगाह जमिन सरकारको नाममा फिर्ता

रौतहट । लामो समय देखी भु माफियाले कब्जा गरेको १ सय २२ बिगाहा जमिन नेपाल सरकारको नाममा फिर्ता भएको छ । रौतहटको गुजरा नगरपालिका...

सुतिरहेकी छोरीलाई उठाएर बलात्कार गर्ने बाबु पक्राउ

सर्लाही । आफनै छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेको छन् । पक्राउ पर्नेमा भारतको मुज्जपरपुर घर भई हाल हरिपुर नगरपालिका वडा...

१२५५ जनामा कोरोना पुष्टि, १४०४ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार २५५ नयाँ सङ्क्रमित थपिएका छन् । ८ हजार ८ नमूना परीक्षण गर्दा १२५५ जनामा सङ्क्रमण पुष्टि...

भर्खरै

प्रतितोला ७०० ले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः ओरालो लागेको छ । आज सुनको मूल्य प्रतितोला रु ७०० ले ओरालो लागेको छ । यही...

अछाममा बस दुर्घटना हुँदा एकको मृत्यु, १७ यात्रु घाइते

डोटी । अछाम सदरमुकाम मङ्गलसेनबाट कैलालीतर्फ जाँदै गरेको ना ४ ख ९९७२ नम्बरको बस आज बिहान चौरपाटी गाउँपालिका मार्कुमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै...

मुलुकको समृद्धका लागि शान्ति सुरक्षा पहिलो प्राथमिकता : मन्त्री जम्कटेल

काभ्रेपलाञ्चोक । मुलुकको समृद्धका लागि शान्ति सुरक्षा पहिलो प्राथमिकता रहेको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले बताए । आईतबार भुम्लु गाउँपालिकास्थित...

क्रिकेटर सन्दीप अस्पताल भर्ना

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई हेम्स अस्पताल भर्ना गरिएको हो...

धेरै पढिएका

स्थलगत : बडीखेलमा नाङ्लो पर्म

नाङ्लो बुन्ने पुख्र्यौली पेसा धान्दै आएका धने पहरी छिमेकमा ‘पर्म’का लागि भेटिए । ‘मेरो घर हैन, पर्ममा आएको,’ बिहानैदेखि फटाफट नाङ्लो बुन्न सघाइरहेका धनेले सुनाए,...

एन्फा र नगरपालिका संघबीच दुई वर्षको सम्झौता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली फुटबल विकासका लागि देशमा छरिएर रहेका महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाहरूको छाता संगठन नेपाल नगरपालिका संघसँग शुक्रबार...

शताब्दी पुरुष जोशीले गरे तीन कृति विमोचन

काठमाडौं । वांमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीले आफ्नै निवासमा एकसाथ तीन कृति लोकार्पण गरेका छन् । काठमाडौंमा कोरोना भाइरसको संक्रमण बढेपछि घरबाट बाहिर...

नेपाल-भारत सिमानामा साढे ५२ किलोमिटरमा सात बीओपी

इलाम । इलामको नेपाल भारत सीमा क्षेत्रको साढे ५२ किलोमिटर सिमानामा ७ वटा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट(बीओपी) स्थापना भएकाछन । नेपालको भारतीय सीमा...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   चलचित्रबाट उद्योग वाणिज्य महासंघमा फेरि आकाश अधिकारी

चिराइतोले मुल्य नपाउँदा भोजपुरका कृषक निराश

(Visited 90 times, 1 visits today)