Tuesday, September 21, 2021
Your Ads Here
Homeप्रदेशप्रहरीले सोध्न थाल्यो ‘तपाईको मास्क खै ?’

प्रहरीले सोध्न थाल्यो ‘तपाईको मास्क खै ?’

दुई दिनमा एक सय ४७ नियन्त्रणमा, गरिब, असाहयलाई निशुल्क मास्क

,
sharethis

सप्तरी, राजविराज । जिल्लामा दैनिक कोरोना संक्रमित फेला पर्दै गएपनि बिना मास्क घर बाहिर हिडडुल गर्ने प्रबृत्ती नरोकिएपछि प्रहरीले कडाई गरेको छ ।

प्रहरीले सदरमुकाम राजविराजका साथै जिल्लाका विभिन्न स्थानमा चेक जाच कडा गरि सार्वजनिक स्थलमा मास्क नलगाई हिड्ने ब्यक्तिलाई नियन्त्रणमा लिई जरिवाना गराउनुको साथै मास्कको अनिवार्य प्रयोगबारे सचेतना अभियान समेत चलाएको हो । “तपाईको मास्क खै” नारासहित मंगलबारदेखी सुरु भएको अभियान अन्तरगत पहिलो दिन १ सय २३ र दोश्रो दिन बुधबार २४ जनालाई नियन्त्रणमा लिई जरिवाना वापत प्रति व्यक्ति एक सय रुँपैया तिराई सचेत समेत गराउन थालिएको प्रहरी उपरिक्षक कृष्ण प्रसाईले बताए ।

अभियान अन्तरगत संक्रमणको जोखीम कम गर्न मास्क अनिवार्य प्रयोग गर्नेबारे सचेतना कार्यक्रम सँगै गरिब, असाहयलाई निशुल्क मास्क बितरण समेत गर्न थालिएको छ । प्रहरी उपरिक्षक प्रसाईले सरकारले तोकेको मापदण्ड विपरीत सामाजिक दुरी कायम नगरी भिडभाड गर्ने, बिना मास्क घर काहिर निस्कने प्रबृती बढ्दै गई कोरोनाको जोखीम समेत बढाएकाले यस्तो प्रबृतीलाई निरुत्साहित गर्न अभियान चलाइएको बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे कोरोना नियन्त्रण, रोकथाम तथा प्रतिकार्यका सम्बन्धमा निश्चित मापदण्ड र सर्त तोकिएपनि त्यसको अवज्ञा भएपछि जिल्ला प्रशासन कार्यालयबाट एक सूचना नै जारि गरि सबैलाई समेत गराउने प्रयास गरिएको बताए । उनले मापदण्ड विपरीतका कार्य तथा सूचनाको अटेर गर्नेलाई नियन्त्रणमा लिई कारवाही गर्ने प्रक्रिया सुरु भइसकेको बताए ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   तालिवानले ब्युँतायो दण्ड मन्त्रालय, दोषीको हात काट्नेदेखि अंग छेदन गरिने

सचेतना अभियान अन्तरगत आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोरोनाको संक्रमणबाट जोगिन सरकारले तोकेको मापदण्डको पूर्ण पालना गर्नुका साथै रोग लाग्नै नदिन रोग प्रतिरोधात्मक शक्ति बढाउन सुझाव पनि दिए ।

कोरोनालाई जित्न र कोरोना मुक्त समाज बनाउन प्रहरी प्रशासनको एकल प्रयासले मात्र सम्भव नरहेकोले सबैले आ–आफ्नो क्षेत्रबाट योगदान पु¥याउनु पर्ने उनको भनाई छ ।

कोरोनाको जोखीम बढ्दै गएपछि सदरमुकाम राजविराजमा अनिश्चितकालिन तथा अन्य स्थानिय तहरुमा समेत कामकाज बन्द गरि लकडाउन लागु गर्ने एकपछि अर्को निर्णय हुँदै गएको बेला प्रहरी जोखीम न्यूनिकरणका लागि चलाएको अभियानले केहीहदसम्म भएपछि सहयोग पु¥याउने विश्वास ब्यक्त गरिएको छ ।

तपाइको प्रतिक्रिया

(Visited 272 times, 1 visits today)

आजको समाचार

तरकारीमा तहतहका बिचौलिया

काठमाडौं । काभ्रेको पाँचखाल–३ का सुभाष लुइँटेलले दुई रोपनी जग्गामा तरकारी खेती गरेका छन् । अहिले उनको बारीमा हरियो तरकारी बोडी र भेन्डी लटरम्म...

एमालेमा १५ बुँदे आचारसंहिता : सम्पत्ति विवरण नबुझाउने नेताकार्यकर्ता कारवाहीमा पर्ने

  काठमाडौ । नेकपा एमालेले पार्टीले माग गरेको अवस्थामा सम्पत्ति विवरण नबुझाउने नेता तथा कार्यकर्तालाई कारवाही गर्ने नीति प्रस्ताव गरेको छ । १५–१७ असोजमा आयोजना हुने प्रथम...

संखुवासभा सामूहिक हत्या प्रकरण: प्रमुख योजनाकार नै अर्कै, दुई परिवारका पाँच जना संलग्न

धनकुटा । गत २१ भदौमा संखुवासभाको मादी नगरपालिका–१ उम्लिङस्थित ५७ वर्षीय तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या अभियोगमा प्रहरीले उनीहरूकै आफन्त २६ वर्षीय...

सर्वोच्चको लिखित जवाफ: प्रधानन्यायाधीश संवैधानिक इजलास बाहिर बस्न मिल्दैन

काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास बस्न नसक्ने भनी लिखित जवाफ सर्वोच्च अदालतमा पठाएको छ । अधिवक्ता गणेश रेग्मीले दायर गरेको रिटमा न्यायाधीश...

साताका लोकप्रिय समाचार

प्रिमियर लिगमा चेल्सी र ला लिगामा रियाल म्याड्रिड शीर्षस्थानमा

लन्डन । प्रिमियर लिगमा चेल्सी शीर्ष स्थानमा उक्लिएको छ भने स्पेनिस प्रिमियरा लिगामा रियाल म्याड्रिडले शीर्ष स्थानमा पुगेको छ । टोटनह्याम हट्सपरलाई ३–० ले...

एमालेमा सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने

  काठमाडौं । नेकपा (एमाले)ले सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरेको छ । यसअघि अध्यक्ष मात्र निर्वाचित गर्ने र अरू केन्द्रीय पदाधिकारी केन्द्रीय कमिटीले निर्वाचित...

आज संविधान दिवस : संशोधनको विषयले एक पक्ष सधैं असन्तुष्ट

  काठमाडौं । ३ असोज संविधान दिवस । संविधान जारी भएको ६ वर्ष बित्यो । तर, एउटा पक्ष सोही संविधानको अन्तरवस्तुलाई लिएर अहिले पनि असन्तुष्टि...

अफगान विद्यालयमा छात्रालाई पढ्न निषेध

  काबुल । लामो समयपछि खुलेका अफगानिस्ताका माध्यामिक विद्यालयमा छात्रालाई पढ्न निषेध गरिएको छ । विद्यालयमा छात्र र पुरूष शिक्षकहरूलाई मात्र अनुमति दिइएको छ । आफूहरूलाई...

अनुसन्धानमा परिपक्वता ल्याऊ

संखुवासभाको मादी–१ खोलागाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या प्रकरणको जालो अहिले खुल्दै गएको छ । यसलाई कतिपयले ‘नयाँ रहस्य’का रूपमा लिए पनि अन्तर्यमा...

ट्रेन्डिङ

युनाइटेडसँग सान्चोको सर्त

लन्डन । इंग्ल्यान्ड तथा जर्मन क्लब बोरुसिया डर्टमन्डका युवा स्टार जाडोन सान्चोले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसमक्ष अनुबन्धको लागि सर्त राखेको छ । सान्चोले म्यानचेस्टर...

कोरोना जितेर १८३ जना घर फर्किए

 काठमाडाै‌ । नेपालमा कूल १८३ जनाले कोरोनाको सङ्क्रमण जितेका छन् । विभिन्न अस्पतालको ‘आइसोलेसन’मा उपचाररत उनीहरु कोरोनामुक्त भएर ‘डिस्चार्ज’ भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)