Monday, November 30, 2020
Home Editor-Picks पहिला प्रचण्डको उछित्तो काढे, पछि प्रिय भए

पहिला प्रचण्डको उछित्तो काढे, पछि प्रिय भए

काठमाडौं । तत्कालीन माओवादी र सात राजनैतिक दलबीच सहमति भयो । १० वर्षे शसस्त्र युद्ध समाप्तीपछि तत्कालीन माओवादी अध्यक्ष प्रचण्ड काठमाडौंमा सार्वजनिक हुने भए । कार्यक्रम थियो कीर्तिपुरमा । ‘प्रतिभासंग प्रचण्ड’ भन्ने कार्यक्रमको संयोजन गरेका थिए माओवादी युवा कृष्ण केसीले ।

सोही कार्यक्रममा श्रीकृष्ण सिंखडालाई पनि निम्तो आयो । प्रचण्डसंगै मञ्च बस्ने कार्यक्रममा श्रीकृष्ण नजाने कुरै भएन । कार्यक्रममा सहभागी भए । प्रचण्डसंगै ड्यासमा बसे गजक्क परेर । प्रचण्डले भन्दा पहिल्यै बोल्ने पालो आयो उनको । क्यारिकेचरको शैलीमा भने ‘परिवर्तन चाहिँ यो काष्टिङ हो फिल्म चाहिँ अलि पछि देख्न पाउनु हुनेछ ।’ प्रचण्डले भाषण गर्ने बेलामा श्रीकृष्णलाई सम्बोधन गर्दै भने ‘सिंखडाजीले भने जस्तै हो ।’

प्रचण्डको कुरा सुनेपछि श्रीकृष्ण मख्ख परे । कार्यक्रममा सहभागी केही मिडियाकर्मीले उनलाई भने पनि ‘तपाईले उठाएको कुरा त प्रचण्डले सम्बोधन गर्नु भयो नि ।’

पछि पनि प्रचण्डसंग पटक–पटक भेट भएको सुनाउँछन् । प्रचण्ड प्रधानमन्त्री भएको बेला श्रीकृष्ण घाँटीमा समस्या भएर नेपाल मेडिकल कलेजमा भर्ना भए उपचारका लागि । उनको घाँटीको अप्रेशन गर्नुपर्ने मानवीय त्रुटीले चिकित्सकले उनको पेटको अप्रेशन गरिदिए । ‘डाक्टरले गडीबडी गरे’ भनेर समाचार सार्वजनिक भयो । कसैले उनलाई सुनायो ‘तपाईको सन्दर्भमा प्रचण्डको गम्भीर ध्यानाकर्षण भएको छ ।’

बालुवाटारबाट निम्तो आयो दिनेश श्रेष्ठको बाइक चढेर उनी बालुवाटार पुगे । छोटो कुराकानी भयो । उपचारका लागि भारत जान लागेको कुरा गरे । प्रचण्डले भने ‘उपचारको चिन्ता नगर्नुस् ।’

तत्कालीन माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईसंग पनि उनको सम्बन्ध उस्तै राम्रो छ । पाँचपटक भन्दा बढी बाबुरामसंगै मञ्चमा बसेर उनकै क्यारिकेचर गरेका छन् ।

बाबुराम प्रधानमन्त्री भएको बेला गोरखाको घ्याल्चोकमा कार्यक्रम थियो । प्रमुख अतिथि थिए । डा. भट्टराई । सोही कार्यक्रममा अतिथिको रुपमा सहभागी थिए श्रीकृष्ण । उनको चर्चा त्यतिबेला एउटा भिडियोको कारण भएको थियो । जुन भिडियोमा श्रीकृष्ण र मनोज गजुरेलले ‘नयाँ नेपाल’ परिकल्पना गरेका थिए ।

अलिपछि एउटा कार्यक्रममा देउवासंग भेट भयो । देउवाले बोलाएर सोधे, ‘तिमी त माओवादी भयौ कि क्या हो ? प्रचण्डसंगै देखिन्छौं त ।’ उनी हाँसे जवाफ दिएनन् ।

त्यहाँ पनि त्यही रित दोहोरियो । भट्टराई भन्दा पहिला माइक श्रीकृष्णकै हातमा आयो उनले माइक समाएर भने, ‘प्रधानमन्त्री ज्यु हाम्रो भिडियो तपाईंलाई मन प-यो कि परेन थाहा भएन । वास्तवमै मुलुकको विकास गर्ने हो भने जमिनको राष्ट्रियकरण नगरी सम्भव छैन ।’ उनले भने, ‘मेरो काठमाडौंमा ७ रोपनी जग्गा छ, म मेरो लालपूर्जा तपाईंलाई दिन्छु आजैबाट राष्ट्रियकरण सुरु गर्नुस् ।’ परर ताली बज्यो । जमिनको राष्ट्रियकरणप्रति आम सर्वसाधारणको चित्त बुझाई थियो कि थिएन तर, उनको कुरो मासलाई चित्त बुझेछ ताली बजाए ।

त्यसो त नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंग उनको पुस्तैनी सम्बन्ध छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले अपदस्त गरेपछि कांग्रेस सभापति देउवा निवासमै थिए । श्रीकृष्णलाई निम्तो आयो । उनी बाइक चढेर पुगे बुढानीलकण्ठ । देउवाले प्रस्ताव राखे ‘तपाईले सांस्कृतिक समितिमा बसेर काम गर्नु प-यो ।’ श्रीकृष्णले भने, ‘म कुनै पार्टीको संगठनमा बसेर काम गर्दिन ।’ उक्त समितिको एउटा मिटिङमा सहभागी भएका श्रीकृष्ण त्यसपछि कहिल्यै गएनन् । अलिपछि एउटा कार्यक्रममा देउवासंग भेट भयो । देउवाले बोलाएर सोधे, ‘तिमी त माओवादी भयौ कि क्या हो ? प्रचण्डसंगै देखिन्छौं त ।’ उनी हाँसे जवाफ दिएनन् ।

यो पनि पढ्नुहोस   स्वीकृत कर्जा नीतिअन्तर्गत यस्ता व्यवसायीले पाउँछन् ऋण

नेकपा नेता झलनाथ खनालप्रति उनी सकारात्मक छन् । पूर्व सभामुख दमननाथ ढुंगानाले झलनाथको प्रशंसा गरेको उनलाई मन परेछ । एउटा कार्यक्रममा दमननाथले भनेको सुनेका थिए ‘यदि कम्युनिष्टमा कोही छन् भने जे एन खनाल छन् ।’ श्रीकृष्ण चक्रपथ सरसफाईको संरक्षक भएर काम गर्दै थिए । सोही संस्थाको अगुवाईमा एउटा सम्मान कार्यक्रम भयो । प्रमुख अतिथि थिए खनाल । त्यहाँ पनि खनाल भन्दा पहिला बोल्ने पालो उनकै आयो । ढुंगानाको भनाई उदिृत गर्दै उनले भने, ‘यदि कम्युनिष्टमा केही छन् भने जे एन खनाल छन् ।’ जेएनलाई छोएछ । त्यही कार्यक्रममा दुई जनाको नम्बर आदान प्रदान भयो । श्रीकृष्ण सितापाइला बस्थे, जेएन डल्लु । एकदिन श्रीकृष्ण खनाललाई भेटन गए र भने, ‘हरित काठमाडौं अभियान बनाउन सुरु गरौं ।’ उनको कुरा सुनेपछि खनालले भने, ‘म पनि कुनै बेला बनमन्त्री थिएँ ।’ र केही सुझाब पनि दिए ।

कांग्रेस घरानामा जन्मिएका हुन् उनी । उनको बुबा विष्णु प्रसाद सिंखडा कांग्रेसका सक्रिय कार्यकर्ता थिए । उनको बुबाको गहिरो दोस्ती थियो प्रकाशमान सिंहसंग ।

प्रकाशमान सिंहलगायत कांग्रेसका समकालिन नेताहरु उनको घरमा पुग्थे र सुकुलमा बसेर पञ्चायती व्यवस्था विरोधी कुरा गर्थे । ‘म राजनीतिमा त लागिन तर, त्यो छाप मेरो मस्तिष्कमा अझै छ ।’ श्रीकृष्णले भने ।

ओलीसंग कुरा सकेपछि तल आए र ब्याटमिन्टन खेल्दै गरेका सुरक्षाकर्मीलाई सोधे, ‘खासमा ओली कस्तो खालको मान्छे हो । मलाई त निकै मज्जा लाग्यो ।’ सुरक्षाकर्मीले जवाफ दिए ‘हामीलाई त छोरालाई जस्तै व्यवहार गर्नुहुन्छ ।’

कलाकारिताको अतिरिक्त मिडियाकर्मी समेत रहेका श्रीकृष्ण एक समय कान्तिपुर एफएममा ‘आउट अफ ट्रायक’ भन्ने कार्यक्रम सञ्चालन गर्थे । केपी ओलीको अन्तरवार्ता लिने कुरा भयो । ओली सत्तामा थिएनन् । बालकोटको ल्याण्डलाइनमा फोन गरे । समय मिल्यो । पहिलो पटक ओलीलाई भेटेका श्रीकृष्ण भन्छन्, ‘निकै राम्रो अन्तरवार्ता दिनु भयो । विवाहको विषयमा निकै खुलेर कुरा गर्नु भयो यसरी खुलेर कुरा गर्ने नेता ओली नै हो जस्तो लाग्यो ।’

ओलीसंग कुरा सकेपछि तल आए र ब्याटमिन्टन खेल्दै गरेका सुरक्षाकर्मीलाई सोधे, ‘खासमा ओली कस्तो खालको मान्छे हो । मलाई त निकै मज्जा लाग्यो ।’ सुरक्षाकर्मीले जवाफ दिए ‘हामीलाई त छोरालाई जस्तै व्यवहार गर्नुहुन्छ ।’

कलाकारिताको अतिरिक्त सामाजिक जागरणयुक्त काममा सक्रिय श्रीकृष्णले जुत्ता पालिसदेखि शौचालय सफाइको काम समेत गरेका छन् । निजी प्रयासमा हर्पिक र ब्रस लिएर पहिलो दिन आरआर क्याम्पसको शौचालय सफा गरेका श्रीकृष्णले केही सरकारी विद्यालयको शौचालय सफा गरे । ‘जब मैले शौचालय सफा सुरु गरेँ त्यसपछि विद्यालय व्यवस्थापन समितिकै व्यक्तिहरु पनि सक्रिय हुन थाले’, उनले भने ।

चीनको बुहानमा कोरोना संक्रमण सुरु हुने बित्तिकै रत्नपार्कमा बसेर मास्क बाँडेका श्रीकृष्ण लकडाउन सुरु भएको दुई महिनापछि लकडाउन खोल्नुपर्छ भन्न थाले । ‘लकडाउनले हुनेखानेलाई त समस्या थिएन, हुँदा खानेलाई समस्या परेको बुझेपछि सामाजिक दुरी कायम गर्दै काम गर्ने वातावरण मिलाउन आव्हान गरेको हुँ ।’ क्यारिकेचर त मुख्य पेशा हो नै, समाजमा जागरण ल्याउने खालका कुनै पनि कार्यक्रममा सहभागी श्रीकृष्ण नेपाली राजनितीमा लोभी प्रवृत्ति हाभी भएकोमा चिन्तित छन् ।

(Visited 1,475 times, 1 visits today)
Loading comments...

आजको समाचार

क्रिकेटर सन्दीप अस्पताल भर्ना

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई हेम्स अस्पताल भर्ना गरिएको हो...

ध्रुव बिस्को ‘झन झन माया’ सार्वजनिक

काठमाडौं । गायक ध्रुव बिस्को नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘झन झन माया’ बोलको गीतमा कृष्ण केसीको शब्द तथा गायक बिस्कोको संगीत...

वरिष्ठ उपाध्यक्षमा विजयी ढकालको जीवन संघर्षको कथा

काठमाडौं । निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी चन्द्रप्रसाद ढकालले जीवनमा निकै संघर्ष गर्नुप¥यो । बाग्लुङको बलेवा अमलाचौरमा...

उच्च समझका साथ अग्रगामी निकास निकाल

सत्तारूढ दल नेकपामा पछिल्लो चरणमा चलिरहेको विवादले सबैलाई चिन्तित बनाएको छ । पार्टीका अध्यक्षद्वयले राजनीतिक निकास निकाल्नुको सट्टा एकअर्कामा आरोप–प्रत्यारोप लगाई जवाफ र प्रतिजवाफको...

चेल्सी र टोटनह्याम बराबरी, युनाईटेडको जीत

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको टोटनह्याम हट्सपर र तेस्रो स्थानको चेल्सीले गोलरहित बराबरी खेलेका छन् । गएराति चेल्सीको मैदानमा भएको लण्डन...

साताका लोकप्रिय समाचार

भारतविरुद्धको एक दिवसीय सिरिज अष्ट्रेलियाद्वारा कब्जा

क्यानभेरा । सीमित ओभरको दोस्रो खेलमा पनि अस्ट्रेलियासँग भारतले करारी हार व्यहोरेको छ । दोस्रो खेलमा भारत ५१ रनले पराजित भयो । जीतसँगै तीन...

कोरोना संक्रमणबाट इलामका एक ब्यक्तिको मृत्यु

इलाम । इलामको सूर्योदय नगरपालिका–९ का ५५ बर्षीय एक ब्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । सूर्योदय ९ मा बसोबास गर्दै आएका एक व्यक्त्तिको...

‘कृष्ण लिला’ इलाममा सुटिङ हुँदै (फोटोफिचर)

इलाम । इलाम सुन्दर भएकै कारण कोरोना कहरको समयमा पनि फिल्म सुटिङका लागि चलचित्र कर्मि इलाममा आएका छन । यतिबेला इलामको पानिटारमा चलचित्र ‘कृष्ण...

रेमिट्यान्स आयातमा वृद्धिः चालू खाता र शोधनान्तर स्थिति बचतमा

काठमाडौं । चालूआर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्समा १२.६ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार तीन महिनामा २ खर्ब ५८ अर्ब ८६...

प्रहरीले चेकजाँच कडा गरेपछि घरबाटै लागु औषधको कारोबार

सप्तरी, राजविराज । पछिल्लो समय केही औषधी पसलबाट लुकिछिपी प्रतिबन्धित लागु औषध बिक्रि बितरण हुँदै आएको जानकारी आएपछि प्रहरीले निगरानी बढाएपछि कारोबारीले नयाँ नयाँ...

ट्रेन्डिङ

चिटिक्क झ्याडी बस्ती : नयाँ घर सरे माझी

सिन्धुपाल्चोक । रातो–कलेजी जस्ता र मधुर सेतो रङले पोतिएको भित्तामा कलेजी घेराले घरको सुन्दरता थपेको छ । आकार एउटै र रङ पनि...

केहीबेरमै मन्त्रिपरिषद बैठक बस्दै, यी छन् एजेन्डा

काठमाडौं । मन्त्रिपरिषदको बैठक अहिले विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । बैठकका लागि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि...

छाउनीमा सेनाका प्युठ गोली लागेको अवस्थामा मृत भेटिए

काठमाडौं । काठमाडौंको वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत सेनाका प्यूठ डम्बर विष्ट आज शुक्रबार विहान मृत फेला परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख...

उदयपुरमा १७ हजार घुस लिएको आरोपमा वनका ६ कर्मचारी पक्राउ, २ फरार

उदयपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरीले उदयपुरका दुई वन अधिकृत सहित ६ जनालाई घुस लिएको आरोपमा नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । सप्तकोशी...

काँग्रेस महासमिति सदस्य मल्ल पार्टीबाट निष्काशित

काठमाडौँ । नेपाली काँग्रेसले बाँके जिल्लाका महासमिति सदस्य महेन्द्र मल्ललाई पार्टीको अनुशासन उल्लङ्घन गरेकोमा निष्काशन गरेको छ । काँग्रेसको केन्द्रीय अनुशासन समितिको आज बसेको बैठकले...

मुस्ताङमा पाँचौं पटकको हिमपातसँगै जनजीवन प्रभावित

पोखरा । हिमाल पारीको जिल्ला मुस्ताङमा शनिबार दिउँसोदेखि परेको हिमपातका कारण जनजीवन प्रभावित भएको छ । दिउँसो २ बजेबाट लगातार हिउँ परेपछि यहाँका अधिकांश...

कोहलीको बैंगलोर अंक तालिकाको दोस्रो स्थानमा

युएई । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति रोयल च्यालेन्जर्स बैंगलोर विजयी भयो । कोलकता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै बैंगलोर विजयी भएको...

आँचललाई अष्ट्रेलिया लैजाने इकु र बलेको प्रयास

काठमाडौं। नवगायक दिल बिश्वकर्माले आफ्नो पहिलो डेब्यु गीत 'अष्ट्रेलिया जाउली माया’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । डान्सिङ बिटको रमाइलो गीतले विदेशमा होइन...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

भु माफियाको नाममा रहेको १ सय २२ बिगाह जमिन सरकारको नाममा फिर्ता

रौतहट । लामो समय देखी भु माफियाले कब्जा गरेको १ सय २२ बिगाहा जमिन नेपाल सरकारको नाममा फिर्ता भएको छ । रौतहटको गुजरा नगरपालिका...

सुतिरहेकी छोरीलाई उठाएर बलात्कार गर्ने बाबु पक्राउ

सर्लाही । आफनै छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेको छन् । पक्राउ पर्नेमा भारतको मुज्जपरपुर घर भई हाल हरिपुर नगरपालिका वडा...

१२५५ जनामा कोरोना पुष्टि, १४०४ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार २५५ नयाँ सङ्क्रमित थपिएका छन् । ८ हजार ८ नमूना परीक्षण गर्दा १२५५ जनामा सङ्क्रमण पुष्टि...

ट्रकको ठक्करबाट प्रहरी हवल्दारको ज्यान गयो

महेन्द्रनगर । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तरगत पर्ने कञ्चनपुरको वेदकोट नगरपालिकामा ट्रक र मोटरसाइकल ठोक्किदा एक जनाको ज्यान गएको छ । बेदकोट नगरपालिका वडा नम्बर...

भर्खरै

मुलुकको समृद्धका लागि शान्ति सुरक्षा पहिलो प्राथमिकता : मन्त्री जम्कटेल

काभ्रेपलाञ्चोक । मुलुकको समृद्धका लागि शान्ति सुरक्षा पहिलो प्राथमिकता रहेको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले बताए । आईतबार भुम्लु गाउँपालिकास्थित...

क्रिकेटर सन्दीप अस्पताल भर्ना

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई हेम्स अस्पताल भर्ना गरिएको हो...

डोटीमा आज एकैसाथ ८ अस्पतालको शिलान्यास

सिलगढी । डोटी जिल्लामा आज एकैसाथ आठवटा अस्पतालको शिलान्यास गरिदैछ । नेपाल सरकारले आज देशभरिका ३९६ अस्पतालको एकै साथ उद्घाटनको तयारी गरेसँगै डोटी जिल्लामा...

चेल्सी र टोटनह्याम बराबरी, युनाईटेडको जीत

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको टोटनह्याम हट्सपर र तेस्रो स्थानको चेल्सीले गोलरहित बराबरी खेलेका छन् । गएराति चेल्सीको मैदानमा भएको लण्डन...

धेरै पढिएका

प्रजनन अधिकारसम्बन्धी ऐन कागजमा सीमित

काठमाडौं । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवासम्बन्धी नीति योजना तथा कार्यक्रमका विषयमा सरकारलाई सुझाव दिन गठन भएको प्रजनन स्वास्थ्य समन्वय समिति निस्क्रिय रहेको...

‘कृष्ण लिला’ इलाममा सुटिङ हुँदै (फोटोफिचर)

इलाम । इलाम सुन्दर भएकै कारण कोरोना कहरको समयमा पनि फिल्म सुटिङका लागि चलचित्र कर्मि इलाममा आएका छन । यतिबेला इलामको पानिटारमा चलचित्र ‘कृष्ण...

भालुलाई हानेको गोली शिकारीलाई लाग्यो !

तुलसीपुर । जिल्ला प्रहरी कार्यालय बाँकेबाट ईलाका प्रहरी कार्यालय तुलसीपुरका ईन्चार्ज प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहलाई मोबाइलमा फोन आयो । ‘नेपालगंज नसिंङ होममा...

अलिबाबा सहित ४३ वटा मोबाइल एप्स भारतमा प्रतिबन्धित

नयाँदिल्ली । भारतले मंगलबार ४३ वटा मोबाइल एप्सलाई प्रतिबन्धित गरेको छ । प्रतिबन्धित एप्सहरुमा सीमा विवाद जारी रहेका चीनका एप्सहरु पनि रहेका छन् ।...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   जब उडिरहेकाे हेलिकाेप्टरमा शिसा फुटाएर चिल छिर्याे

बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

(Visited 90 times, 1 visits today)