काठमाडौं । तत्कालीन माओवादी र सात राजनैतिक दलबीच सहमति भयो । १० वर्षे शसस्त्र युद्ध समाप्तीपछि तत्कालीन माओवादी अध्यक्ष प्रचण्ड काठमाडौंमा सार्वजनिक हुने भए । कार्यक्रम थियो कीर्तिपुरमा । ‘प्रतिभासंग प्रचण्ड’ भन्ने कार्यक्रमको संयोजन गरेका थिए माओवादी युवा कृष्ण केसीले ।
सोही कार्यक्रममा श्रीकृष्ण सिंखडालाई पनि निम्तो आयो । प्रचण्डसंगै मञ्च बस्ने कार्यक्रममा श्रीकृष्ण नजाने कुरै भएन । कार्यक्रममा सहभागी भए । प्रचण्डसंगै ड्यासमा बसे गजक्क परेर । प्रचण्डले भन्दा पहिल्यै बोल्ने पालो आयो उनको । क्यारिकेचरको शैलीमा भने ‘परिवर्तन चाहिँ यो काष्टिङ हो फिल्म चाहिँ अलि पछि देख्न पाउनु हुनेछ ।’ प्रचण्डले भाषण गर्ने बेलामा श्रीकृष्णलाई सम्बोधन गर्दै भने ‘सिंखडाजीले भने जस्तै हो ।’
प्रचण्डको कुरा सुनेपछि श्रीकृष्ण मख्ख परे । कार्यक्रममा सहभागी केही मिडियाकर्मीले उनलाई भने पनि ‘तपाईले उठाएको कुरा त प्रचण्डले सम्बोधन गर्नु भयो नि ।’
पछि पनि प्रचण्डसंग पटक–पटक भेट भएको सुनाउँछन् । प्रचण्ड प्रधानमन्त्री भएको बेला श्रीकृष्ण घाँटीमा समस्या भएर नेपाल मेडिकल कलेजमा भर्ना भए उपचारका लागि । उनको घाँटीको अप्रेशन गर्नुपर्ने मानवीय त्रुटीले चिकित्सकले उनको पेटको अप्रेशन गरिदिए । ‘डाक्टरले गडीबडी गरे’ भनेर समाचार सार्वजनिक भयो । कसैले उनलाई सुनायो ‘तपाईको सन्दर्भमा प्रचण्डको गम्भीर ध्यानाकर्षण भएको छ ।’
बालुवाटारबाट निम्तो आयो दिनेश श्रेष्ठको बाइक चढेर उनी बालुवाटार पुगे । छोटो कुराकानी भयो । उपचारका लागि भारत जान लागेको कुरा गरे । प्रचण्डले भने ‘उपचारको चिन्ता नगर्नुस् ।’
तत्कालीन माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईसंग पनि उनको सम्बन्ध उस्तै राम्रो छ । पाँचपटक भन्दा बढी बाबुरामसंगै मञ्चमा बसेर उनकै क्यारिकेचर गरेका छन् ।
बाबुराम प्रधानमन्त्री भएको बेला गोरखाको घ्याल्चोकमा कार्यक्रम थियो । प्रमुख अतिथि थिए । डा. भट्टराई । सोही कार्यक्रममा अतिथिको रुपमा सहभागी थिए श्रीकृष्ण । उनको चर्चा त्यतिबेला एउटा भिडियोको कारण भएको थियो । जुन भिडियोमा श्रीकृष्ण र मनोज गजुरेलले ‘नयाँ नेपाल’ परिकल्पना गरेका थिए ।
अलिपछि एउटा कार्यक्रममा देउवासंग भेट भयो । देउवाले बोलाएर सोधे, ‘तिमी त माओवादी भयौ कि क्या हो ? प्रचण्डसंगै देखिन्छौं त ।’ उनी हाँसे जवाफ दिएनन् ।
त्यहाँ पनि त्यही रित दोहोरियो । भट्टराई भन्दा पहिला माइक श्रीकृष्णकै हातमा आयो उनले माइक समाएर भने, ‘प्रधानमन्त्री ज्यु हाम्रो भिडियो तपाईंलाई मन प-यो कि परेन थाहा भएन । वास्तवमै मुलुकको विकास गर्ने हो भने जमिनको राष्ट्रियकरण नगरी सम्भव छैन ।’ उनले भने, ‘मेरो काठमाडौंमा ७ रोपनी जग्गा छ, म मेरो लालपूर्जा तपाईंलाई दिन्छु आजैबाट राष्ट्रियकरण सुरु गर्नुस् ।’ परर ताली बज्यो । जमिनको राष्ट्रियकरणप्रति आम सर्वसाधारणको चित्त बुझाई थियो कि थिएन तर, उनको कुरो मासलाई चित्त बुझेछ ताली बजाए ।
त्यसो त नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंग उनको पुस्तैनी सम्बन्ध छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले अपदस्त गरेपछि कांग्रेस सभापति देउवा निवासमै थिए । श्रीकृष्णलाई निम्तो आयो । उनी बाइक चढेर पुगे बुढानीलकण्ठ । देउवाले प्रस्ताव राखे ‘तपाईले सांस्कृतिक समितिमा बसेर काम गर्नु प-यो ।’ श्रीकृष्णले भने, ‘म कुनै पार्टीको संगठनमा बसेर काम गर्दिन ।’ उक्त समितिको एउटा मिटिङमा सहभागी भएका श्रीकृष्ण त्यसपछि कहिल्यै गएनन् । अलिपछि एउटा कार्यक्रममा देउवासंग भेट भयो । देउवाले बोलाएर सोधे, ‘तिमी त माओवादी भयौ कि क्या हो ? प्रचण्डसंगै देखिन्छौं त ।’ उनी हाँसे जवाफ दिएनन् ।
नेकपा नेता झलनाथ खनालप्रति उनी सकारात्मक छन् । पूर्व सभामुख दमननाथ ढुंगानाले झलनाथको प्रशंसा गरेको उनलाई मन परेछ । एउटा कार्यक्रममा दमननाथले भनेको सुनेका थिए ‘यदि कम्युनिष्टमा कोही छन् भने जे एन खनाल छन् ।’ श्रीकृष्ण चक्रपथ सरसफाईको संरक्षक भएर काम गर्दै थिए । सोही संस्थाको अगुवाईमा एउटा सम्मान कार्यक्रम भयो । प्रमुख अतिथि थिए खनाल । त्यहाँ पनि खनाल भन्दा पहिला बोल्ने पालो उनकै आयो । ढुंगानाको भनाई उदिृत गर्दै उनले भने, ‘यदि कम्युनिष्टमा केही छन् भने जे एन खनाल छन् ।’ जेएनलाई छोएछ । त्यही कार्यक्रममा दुई जनाको नम्बर आदान प्रदान भयो । श्रीकृष्ण सितापाइला बस्थे, जेएन डल्लु । एकदिन श्रीकृष्ण खनाललाई भेटन गए र भने, ‘हरित काठमाडौं अभियान बनाउन सुरु गरौं ।’ उनको कुरा सुनेपछि खनालले भने, ‘म पनि कुनै बेला बनमन्त्री थिएँ ।’ र केही सुझाब पनि दिए ।
कांग्रेस घरानामा जन्मिएका हुन् उनी । उनको बुबा विष्णु प्रसाद सिंखडा कांग्रेसका सक्रिय कार्यकर्ता थिए । उनको बुबाको गहिरो दोस्ती थियो प्रकाशमान सिंहसंग ।
प्रकाशमान सिंहलगायत कांग्रेसका समकालिन नेताहरु उनको घरमा पुग्थे र सुकुलमा बसेर पञ्चायती व्यवस्था विरोधी कुरा गर्थे । ‘म राजनीतिमा त लागिन तर, त्यो छाप मेरो मस्तिष्कमा अझै छ ।’ श्रीकृष्णले भने ।
ओलीसंग कुरा सकेपछि तल आए र ब्याटमिन्टन खेल्दै गरेका सुरक्षाकर्मीलाई सोधे, ‘खासमा ओली कस्तो खालको मान्छे हो । मलाई त निकै मज्जा लाग्यो ।’ सुरक्षाकर्मीले जवाफ दिए ‘हामीलाई त छोरालाई जस्तै व्यवहार गर्नुहुन्छ ।’
कलाकारिताको अतिरिक्त मिडियाकर्मी समेत रहेका श्रीकृष्ण एक समय कान्तिपुर एफएममा ‘आउट अफ ट्रायक’ भन्ने कार्यक्रम सञ्चालन गर्थे । केपी ओलीको अन्तरवार्ता लिने कुरा भयो । ओली सत्तामा थिएनन् । बालकोटको ल्याण्डलाइनमा फोन गरे । समय मिल्यो । पहिलो पटक ओलीलाई भेटेका श्रीकृष्ण भन्छन्, ‘निकै राम्रो अन्तरवार्ता दिनु भयो । विवाहको विषयमा निकै खुलेर कुरा गर्नु भयो यसरी खुलेर कुरा गर्ने नेता ओली नै हो जस्तो लाग्यो ।’
ओलीसंग कुरा सकेपछि तल आए र ब्याटमिन्टन खेल्दै गरेका सुरक्षाकर्मीलाई सोधे, ‘खासमा ओली कस्तो खालको मान्छे हो । मलाई त निकै मज्जा लाग्यो ।’ सुरक्षाकर्मीले जवाफ दिए ‘हामीलाई त छोरालाई जस्तै व्यवहार गर्नुहुन्छ ।’
कलाकारिताको अतिरिक्त सामाजिक जागरणयुक्त काममा सक्रिय श्रीकृष्णले जुत्ता पालिसदेखि शौचालय सफाइको काम समेत गरेका छन् । निजी प्रयासमा हर्पिक र ब्रस लिएर पहिलो दिन आरआर क्याम्पसको शौचालय सफा गरेका श्रीकृष्णले केही सरकारी विद्यालयको शौचालय सफा गरे । ‘जब मैले शौचालय सफा सुरु गरेँ त्यसपछि विद्यालय व्यवस्थापन समितिकै व्यक्तिहरु पनि सक्रिय हुन थाले’, उनले भने ।
चीनको बुहानमा कोरोना संक्रमण सुरु हुने बित्तिकै रत्नपार्कमा बसेर मास्क बाँडेका श्रीकृष्ण लकडाउन सुरु भएको दुई महिनापछि लकडाउन खोल्नुपर्छ भन्न थाले । ‘लकडाउनले हुनेखानेलाई त समस्या थिएन, हुँदा खानेलाई समस्या परेको बुझेपछि सामाजिक दुरी कायम गर्दै काम गर्ने वातावरण मिलाउन आव्हान गरेको हुँ ।’ क्यारिकेचर त मुख्य पेशा हो नै, समाजमा जागरण ल्याउने खालका कुनै पनि कार्यक्रममा सहभागी श्रीकृष्ण नेपाली राजनितीमा लोभी प्रवृत्ति हाभी भएकोमा चिन्तित छन् ।