Monday, January 18, 2021
Home Editor-Picks सुन प्रकरणमा काठमाडौं प्रहरी परिसर विवादमा

सुन प्रकरणमा काठमाडौं प्रहरी परिसर विवादमा

काठमाडौं । राजधानीको कमलादीमा भेटिएको नक्कली सुन र सो प्रकरणबारे अनुसन्धान गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को नेतृत्वमा समिति बनाएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले सो प्रकरणबारे अनुसन्धान गर्न महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी दीपक थापाको नेतृत्वमा पाँच सदस्यीय समिति बनाएका हुन् ।

अपराधीले सामान फ्याँकेर आफू बच्नका लागि भागेको देखियो । सामान समात्न सकियो, गाडी र मान्छे समात्न सकिएन । कहाँ र कसरी कमजोरी भयो

मंगलबार कमलादीबाट बरामद भएको भनिएको सुनजस्तै देखिने वस्तु परीक्षण गर्दा साढे १४ किलो चाँदी र आधा किलो सुन रहेको पुष्टि भएको थियो । त्यसबखत दुई थान पेस्तोलसमेत बरामद भएको प्रहरीले बताउँदै आएको छ । तर, सो सामान बोकेर आएको स्कार्पियो भने चेकजाँच छल्दै सामान फ्याँकेर भागेको थियो ।

‘अपराधीले सामान फ्याँकेर आफू बच्नका लागि भागेको देखियो । सामान समात्न सकियो, गाडी र मान्छे समात्न सकिएन । कहाँ र कसरी कमजोरी भयो, त्यसको अनुसन्धान हुन्छ,’ महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी पोखरेलले राजधानीसँग भने ।

यो पनि पढ्नुहोस   ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार

समितिमा महानगरीय प्रहरी कार्यालयका एसएसपी किरण बज्राचार्य, एसपी सोमेन्द्रसिंह राठौर, एसपी दुर्गा दाहाल र डिएसपी राजकुमार केसीलाई सदस्यको जिम्मेवारी दिइएको छ ।

काठमाडौं प्रहरीको लापरबाहीले १४ किलो चाँदी र आधा किलो सुन बोकेको गाडीका साथै अभियुक्त भाग्न सफल भएको भन्दै प्रहरीको आलोचनासमेत हुँदै आएको छ । स्रोतका अनुसार सो प्रकरणमा प्रहरीले देखाएको गाडी नम्बरसमेत गलत छ ।

महानगरीय प्रहरी परिसरका प्रमुख श्यामलाल ज्ञवालीले मंगलबार भेटिएको सुन जस्तै देखिने पदार्थमा आधा किलो मात्र सक्कली सुन भएको र बाँकी चाँदी रहेको भन्दै पत्रकारसम्मेलन गरेका थिए । उनले सो सामान बोकेर आएको गाडी प्रहरी देख्नेबित्तिकै झोला फ्याँकेर भागेको भनेका थिए ।

काठमाडौं प्रहरीले सो गाडी भागेपछि समेत आफ्नो निकायमा जानकारी नगराएको र भाग्ने गाडीको जाँचबुझमा समेत आलटाल गरेको पाइएको प्रहरी अधिकृतहरू नै बताउँछन् ।

(Visited 207 times, 1 visits today)
Loading comments...

आजको समाचार

निर्वाचन तयारीमा आयोगः ८ अर्ब खर्च लाग्ने अनुमान

काठमाडौं । निर्वाचन आयोगले १७ र २७ वैशाखमा गरी दुर्ई चरणमा हुने गरी तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने...

एड्सबाट १६ वर्षीया किशोरीको मृत्यु, १२ वर्षीय भाइ पनि संक्रमित

राजविराज । सप्तरीको राजविराजमा आइतबार साँझ एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । राजविराज नगरपालिका–१ चनौरा निवासी १६ वर्षीया अमैया धामीको स्थानीय गजेन्द्र...

उद्योगमा ७२ अर्ब ६२ करोड लगानी गर्ने प्रतिबद्धता

काठमाडौं । चालूआर्थिक वर्षको ६ महिनामा लगानीकर्ताले उद्योगक्षेत्रमा ७२ अर्ब ६२ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । उद्योग विभागमा स्वदेशी तथा विदेशी...

नेपाललाई उपलब्ध गराउने कोरोनाविरुद्धको खोपबारे भारतले आज निर्णय गर्ने

नयाँदिल्ली । नेपाललाई उपलब्ध गराउने कोरोनाविरुद्धको खोपका विषयमा भारतले आज निर्णय गर्दैछ । आज दिउँसो बस्दै भारतको केन्द्रीय स्वास्थ्य समितिको बैठकले नेपाललाई उपलब्ध गराउने...

त्रिविमा बेथितिः तलबमा वार्षिक ४ अर्बभन्दा बढी खर्च

काठमाडौं । त्रिभुवन विश्वविद्यालय र मातहतका क्याम्पस तथा निकायमा अध्यापनरत कर्मचारीको तलबमा मात्रै वार्षिक अनुमानित खर्च ४ अर्ब रुपैयाँ हुने गरेको पाइएको छ । त्रिवि...

साताका लोकप्रिय समाचार

पुलिसले पनि फुटबल एकेडेमी सञ्चालन गर्ने

काठमाडौं । नेपाल प्रहरीले पनि फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ । नेपाल प्रहरी र अखिल नेपाल फुटबल संघ (एन्फा)बीच काभ्रेको साँगास्थित नेपाल प्रहरी...

प्रतिनिधिसभा विघटनविरुद्ध स्थानीय तहमा कांग्रेसको प्रदर्शन

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज शनिबार स्थानीय तहमा प्रदर्शन गर्दैछ । कांग्रेसले ७ सय ५३ वटै स्थानीय तहमा प्रदर्शन गरिरहेको छ । प्रधानमन्त्रीको...

आरआर क्याम्पसका प्राध्यापक आचार्य क्याम्पसबाटै पक्राउ, छात्रामाथि यौनहिंसा गरेको अभियोग

काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसका प्राध्यापक ४५ वर्षीय विष्णुप्रसाद आचार्यलाई छात्रामाथि यौन हिंसा गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । उनी प्राध्यापनरत...

मुलुकको राजनीतिक अवस्था गम्भिर छ, पत्रकार पनि चनाखो हुनुपर्यो : मुख्यमन्त्री

सप्तरी,राजविराज । प्रदेश २ का मुख्यमन्त्री लालवावु राउतले मुलुकको राजनीतिक अवस्था गम्भीर अवस्थामा रहेका कारण सञ्चारकर्मीले पनि यसका बारेमा चासो देखाउन जरुरी रहेको बताएका...

कोमलमाया–खड्ग बस्नेत स्मृति फुलबलको उपाधि सुनकोशीलाई

नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागद्धार आयोजीत प्रथम कोमलमाया–खडग बस्नेत स्मृति नौ ए साइट जिल्ला स्तरीय फुटबलको उपाधि सुनकोशी गाउँपालिकाले हात पारेको छ । बाह्रविसे नगरपालिकाको...

ट्रेन्डिङ

आज मन्त्रिपरिषद बैठक बस्दै, सात दिन लकडाउन थपिने

काठमाडौं । जारी लकडाउन फेरि सात दिन थपिनृ भएको छ । दोस्रो पटक थपिएको लकडाउन २५ गते रातिदेखि...

मुलुक छिर्न नपाएर सिमा नाकामै मृत्यु भएका युवाको परिवारलाई पाँच लाख

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विभिन्न घटनाका तीन पीडित परिवारलाई पाँच/पाँचलाखको चेक हस्तान्तरण गरेका छन् । लकडाउनका कारण मुलुकमा प्रबेश गर्न नपाई...

मुगुमा पाँचौ पटक हिमपात, जनजीवन कष्टकर

मुग । माघमा पटकपटक हिमपातले आक्रान्त भएको मुगुमा फागुनमा पुन शुक्रबार बिहानैदेखि हिमपात हुँदा चिसोले जनजीवन कष्टकर बन्दै गएको छ ।...

एकता दिवसमा ३० कलाकार समेट्दै राष्ट्रिय गीत सार्वजनिक

काठमाडौं । राष्ट्रिय एकता दिवसको अवसर पारेर अभिनेत्री निर्माता रोशनी केसीले राष्ट्रिय भावको गीत ‘त्यही सच्चा नेपाली...’को भिडियो सोमबार रिलिज गरिन् । आनन्द अधिकारीको रचना...

झापामा एम्बुलेन्स र अटो ठोकिँदा दुई जनाको मृत्यु

दमक । झापाको दमकमा आज बिहान एम्बुलेन्स र अटो ठोकिँदा दुई जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गको दमक– ४ स्थित...

जुडो प्रतियोगिता सम्पन्न

राजविराज । स्व. लोकेन्द्र श्रेष्ठ स्मृती सातौं राष्ट्रिय जुडो प्रतियोगिता मंगलबार राजरंगशालामा सम्पन्न भएको छ । जिल्ला जुडो संघ सप्तरीको आयोजना तथा नेपाल जुडो संघको...

लिपुलेक, लिम्पियाधुरा र कालापानीको वास्तविकता

काठमाडौँ । भारतले चीनको मानसरोवर जोड्न कालापानी हुँदै लिपुभञ्ज्याङसम्म एकतर्फीरुपमा सडक नै बनाएर उद्घाटन गरेपछि मात्र यसबारेमा नेपालले थाहा पायो । त्यसपछि भने दशकौँदेखिको...

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन सुरु

पोखरा । गण्डकी प्रदेश सभाको विशेष अधिवेशन मंगलबारदेखि सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले कोभिड–१९ को उपचार,...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

रविभवनको सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

काठमाडौँ । काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । सोमबार दिउँसो अपार्टमेन्टको माथिल्लो तलामा आगलागी भएको प्रहरी जनाएको छ । दमकल, प्रहरी, स्थानीयवासीको...

नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोना भाइरस पुष्टि

काठमाडौं । नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा २८ वर्षीया महिला तथा ३२ र ६७ वर्षीय पुरुषमा...

‘संविधानमा हुँदै नभएको व्यवस्थालाई राजनीति हो भनेर संसद विघटन गर्न मिल्दैन’

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले यसमा राजनीतिक विषय भनेर अदालत उम्किन...

सूचना–प्रविधि पार्क ‘सेक्युरिटी प्रेस’मा परिणत हुँदै

काभ्रेपलाञ्चोक । दक्षिण एशियामै नमूना बनाउने उद्देश्यले काभ्रेपलाञ्चोकमा निर्मित सूचना–प्रविधि पार्क (आइटी पार्क) सेक्यूरिटी प्रिन्टिङ प्रेस (सुरक्षण मुद्रण केन्द्रम) मा परिणत हुँदैछ । यसका...

भर्खरै

पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य बृद्धि गरेको छ । प्रतिलिटर पेट्रोल, डिजेल र मट्टितेतमा निगमले २ रुपैयाँ बृद्धि गरेको छ ।...

बालुवाटार गेटमा ओलीलाई स्पष्टीकरणको पत्र बुझाएर फर्किए दाहाल–नेपाल समुह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समुहले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने निर्णयको पत्र बुझाएको छ । २ माघमा बसेको...

दोलखामा पहिलो चरणमा २ हजारलाई कोरोना विरुद्धको खोप लगाइने

दोलखा । दोलखाको स्थानिय सरकारले अग्रपंत्तिमा खटिएका स्वास्थ्यकर्मी लगायत करिब २ हजार नागरिकलाई पहिलो चरणको कोरोना विरुद्धको खोप लगाउनका लागि शिफारिस गरेको जनाएको छ...

३२२ जना संक्रमित थपिए, ६ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ४ हजार...

धेरै पढिएका

यसरि बन्छ चाकु (फोटोफिचर)

काठमाडौं । माघे सक्रान्तीको अवसरमा खाने परिकार मध्ये चाकु पनि महत्वपूर्ण हो । बजारमा किन्न पाइने चाकु सख्खरबाट बनाइएको हुन्छ । सख्खरलाई आगोमा तताएर त्यसमा...

सुजाताकाे प्रश्न : देउवा किन ओलीको पछि लाग्नु भाे ?

काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले संसद पुनःस्थापना विना चुनाव गर्न खोजे रक्तपात हुने बताएकी छिन् । रिपोर्टर्स क्लब नेपालमा बोल्दै उनले...

नमुना सहकारी बन्दै आत्मनिर्भर

सिन्धुपाल्चोक । सिन्धुपाल्चोककै नमुना सहकारीको रुपमा उत्कृष्ट कारोबार गर्दै आएको आत्मनिर्भर बचत तथा ऋण सहकारीले २३ औ बार्षिक साधरण सभा सम्पन्न गरेको छ । सुनकोशी...

प्रधानमन्त्री कपः एपीएफको विजयी सुरुवात

काठमाडौं । अविनाश बोहराले प्रदेश १ को ५ विकेट लिएपछि जारी प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा सशस्त्र प्रहरी बल (एपीएफ) ले विजयी सुरुवात गरेको...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 101 times, 1 visits today)