उपाध्यक्ष र सदस्यसचिवद्वारा शपथ र पदवहाली

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त उपाध्यक्ष शिव कोइराला र सदस्यसचिव रमेशकुमार सिलवालले बुधबार पद तथा गोपनीयताको शपथ तथा पदवहाली गरेका छन् । दुवैले त्रिपुरेश्वस्थित आआफ्नो कार्यकक्षमा पदवहाली गरेका हुन् । दुवैलाई गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नियुक्त गरेको थियो ।

पदवहाली गर्नुअघि दुवैले सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा शपथ ग्रहण गरेका थिए । खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले उनीहलाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए । शपथ ग्रहणअघि खेलकुद सचिव रामप्रसाद थपलियाले दुवैलाई पत्र हस्तान्तरण गरेका थिए । सो अवसरमा मन्त्री विश्वकर्माले उहाँहरुको कार्यकाल उदारहणीय बन्ने विश्वास व्यक्त गर्दै खेलकुद क्षेत्रमा देखिएको चुनौतीलाई पार गर्दै अघि बढ्न जरुरी रहेको धारणा व्यक्त गरे । सिलवाल दोस्रोपटक सदस्यसचिवमा नियुक्त भएका हुन् ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ असार १८ बाट कार्यन्वयनमा आएसँगै गत वर्ष असारमा मात्रै राजनीतिक नियुक्तिको आधारमा सदस्यसचिव बनेका सिलवालसहित राखेपको सबै पदाधिकारी पदमुक्त भएका थिए । राखेप सदस्यसचिवबाट पदमुक्त भएको झन्डै तीन सातापछि सिलवाल पुनः त्यही पदमा खुला प्रतिस्पर्धाबाट नियुक्त भएका हुन् । ६ दशकअघि स्थापना भएको राखेपमा पहिलोपटक खुला आह्वानद्वारा सदस्यसचिव नियुक्ति भएको हो । यसअघि राखेप सदस्यसचिवको नियुक्ती राजनीतिक आधारमा हुने परम्परा थियो ।

नेपाल तेक्वान्दो युनियनका अध्यक्षसमेत रहेका कोइराला पहिलोपटक राखेपमा प्रवेश गरेका हुन् । उनीले गत वर्ष स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)का प्रचारप्रसार विभागको संयोजक रहेका थिए । उपाध्यक्ष र सदस्यसचिव दुवैको कार्यकाल चार वर्ष हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 172 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यी हुन् एमालेबाट पोखरामा टिकट पाएका वडाध्यक्षका उम्मेद्‌वारहरू