Saturday, April 17, 2021
Home Exclusive ‘मेरोबारे भ्रम नपाल्नु’

‘मेरोबारे भ्रम नपाल्नु’

,

राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्यसचिव रमेशकुमार सिलवालले आफ्नोबारे अनियमितता र भ्रष्टाचारको भ्रम नपाल्न अनुरोध गरेका हुन् । दोस्रोपटक सदस्यसचिवमा नियुक्त भएपछि बुधबार पदभार ग्रहण गर्दै सदस्यसचिव सिलवालले आफ्नो बारे कुनै भ्रम नपाल्न र आफू पारदर्शी ढंगले काम गर्ने र अख्तियार र मुद्दा मामिलामा जानुनपर्ने बताएका हुन् ।

१३औं साग आयोजना र सञ्चालनमा आर्थिक अनियमितता भएको भन्दै सिलवालविरुद्ध अख्तियारमा उजुरी परेको छ । दोस्रोपटक सदस्यसचिवमा नियुक्ति हुने समयसमेत सिलवालविरुद्ध अख्तियारमा उजुरी परेको भन्दै नियुक्ति प्रक्रिया अघि नबढाउन माग गर्दै केहीले युवा तथा खेलकुद मन्त्रालयमा उजुरी दिएका थिए । ‘सुशासन र पारदर्शिताको पक्षमा वकालत गर्नेछु । खेलकुदमा लागेका व्यक्तिको इज्जत र प्रतिष्ठ वृद्धि गर्ने बाटो बनाउनेछु । खेलकुदलाई आकर्षणको केन्द्र बनाउन पहल गर्नेछु ।

गएको १ वर्षको अवधिमा पूरा गर्न नसकेका अधुरा कामलाई अबको चार वर्षमा पूरा गर्नेछु,’ सिलवालले भने, ‘म राखेपमा पैसा कमाउन र भ्रष्टाचार गर्न आएको हैन । केही नराम्रो कुरा भए तथ्य र प्रमाणसहित आउनुस् । नराम्रो कुरा उजागर गरिदिनुस । उचित सल्लाह र सुझाव दिनुस् । अरुको खुट्टा तानेर हाईट बढ्दैन । त्यस्तो भ्रम कसैले नपाल्नुस् ।’ यस्तै सदस्यसचिव सिलवालले अनियमितताको विषय भए तथ्य, प्रमाणसहित पेस हुन अपिल गर्दै अँध्यारोमा ढुंगा नहाल्न चुनौतीसमेत दिएका छन् ।

‘सुशासन र पारदर्शिताको पक्षमा वकालत गर्नेछु । खेलकुदमा लागेका व्यक्तिको इज्जत र प्रतिष्ठ वृद्धि गर्ने बाटो बनाउनेछु । खेलकुदलाई आकर्षणको केन्द्र बनाउन पहल गर्नेछु

उनले खेलकुदमा विशेषगरी पूर्वाधारमा धेरै काम गर्न बाँकी रहेको बताए । ‘धेरै संघका खेल मैदान र कभर्डहल छैन । खेलकुदको विकास गर्ने हो भने मैदान र कभर्डहल बनाउनुपर्छ । केन्द्र, सबै प्रदेश र सबै स्थानीय तहमा पूर्वाधार बनाउनुपर्छ । अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुने खालको पूर्वाधार बनाउनुपर्छ । यसका हाम्रो टिमको प्रतिबद्धता छ,’ सिलवालले भने ।

उनले खेलाडीलाई नियमित प्रशिक्षण गर्ने र प्रशिक्षकको स्तर वृद्धिमा निरन्तर काम गर्ने र खेल संघलाई योजनाबद्ध तरिकाले काम गर्ने वातावरण बनाउने र राम्रो काम गर्नेलाई सम्मान र नराम्रो काम गर्नेलाई दण्डको व्यवस्था गरिने बताए । यस्तै, कर्मचारीको बढुवा र स्थायी प्रक्रियालाई चाँडै टुंग्याइने बताए ।

यस्तै, सदस्यसचिव सिलवालले गण्डकी प्रदेशमा यसै वर्ष आयोजना हुने नवौं राष्ट्रिय खेलकुद कोरोना महामारीमा भर पर्ने बताएका छन् । ‘हामी पोखरामा नवौं राष्ट्रिय खेलकुद गर्न तयार छौं । सुटिङ रेन्ज र हिटिङ सिस्टमको स्विमिङ पुल मात्रै बनाउन बाँकी छ । अन्य पूर्वाधार तयार छन् । तर, यो सबै कोरोना महामारीमा नै निर्भर हुनेछ । कोरोना सामान्य भएको अवस्थामा गर्न नसकिने भन्ने छैन,’ सिलवालले भने ।

उनले केही दिन भित्रमा घरेलु खेलकुद फर्कने उल्लेख गर्दै स्वास्थ्यको संवेदनशीलता र खेलकुदलाई मर्न नदिनेगरी खेलाडीलाई चाँडै मैदान फर्काउन पहल गरिने बताए । उपाध्यक्ष कोइरालाले सामूहिकताको आधारमा परिषद्लाई अगाडि बढाउने बताउँदै हरेक अभिभावकमा आफ्ना बच्चालाई खेलकुदमा लगाउन भावना पैदा गर्नुपर्ने आवश्यकता आंैल्याए ।

(Visited 130 times, 1 visits today)
Loading comments...

आजको समाचार

राजस्व छलीमा भन्सार प्रतिनिधि नै

काठमाडौं । सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको...

आइतबारसम्म असिनापानी सम्भावना

काठमाडौं । स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे...

१० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ मा कोरोना संक्रमण

केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका बनेका छन् । यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन...

बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते

बाँके । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्...

साताका लोकप्रिय समाचार

हैदरावादविरुद्ध कोलकाताको रोमाञ्चक जित

चेन्नइ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगितामा कोलकाता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ । १ सय ८८ लक्ष्य पछ्याएको सन राइजर्स हैदरावादलाई...

प्लेब्वाईमा राजु लामाले दर्शक नचाउने

काठमाडौँ । चर्चित साङ्तिक समुह मङ्गोलियन हार्टका लोकप्रिय गायक राजु लामाले राजधानीबासी नचाउने भएका छन् । नेपाली नयाँ बर्षको २०७८को अवसर पारेर बैशाख १...

सिंहदरवारभित्र प्रदर्शन गर्ने चार कर्मचारी पक्राउ

काठमाडौं । विभिन्न माग राखेर सिंहदरवारभित्र प्रदर्शनमा उत्रिएका चार कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि बिहीबार मागसहित प्रदर्शनमा...

जुम्लामा अज्ञात रोगले गाउँ थला पर्याे, विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक

जुम्ला । जुम्लाको तातोपानि गाउँपालिका वडा नम्वर ७ ताम्तीमा अज्ञात रोगले विद्यार्थी थला परेका छन् । जनजागृति माद्यामिक विद्यालय ताम्तीका २६ जना छात्र छात्रा...

विक्रम संवत्को सान्दर्भिकता

आजबाट २०७८ साल शुभारम्भ भएको छ । नेपालमा सर्वमान्य, वैधानिक र संवत्का रूपमा विक्रम संवत्लाई लिइन्छ । यही संवत्का आधारमा नेपालको राष्ट्रिय पञ्चांग अथवा...

ट्रेन्डिङ

सर्वोच्चमा भ्रष्टाचारका दर्जनौं मुद्दा ‘जाम’

काठमाडौं । सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा फैसला गर्दा गलत आय गणना भएको दाबी गर्दै पुनरावलोकनमा परेको आयल निगमका पूर्वकार्यकारी निर्देशक युवराज शर्माको मुद्दाका कारण...

आवाज, अक्षर र लोकतन्त्र

आधुनिक लोकतन्त्रको युगमा सत्ता र शक्तिमा बस्ने व्यक्तिमा आफूले अंगीकार गरेका नीति र व्यवहार मात्र ठीक र अरू सबै बेठीक भन्ने दम्भ आउनु दुर्भाग्य...

लिपुलेक, लिम्पियाधुरा र कालापानीको वास्तविकता

काठमाडौँ । भारतले चीनको मानसरोवर जोड्न कालापानी हुँदै लिपुभञ्ज्याङसम्म एकतर्फीरुपमा सडक नै बनाएर उद्घाटन गरेपछि मात्र यसबारेमा नेपालले थाहा पायो । त्यसपछि भने दशकौँदेखिको...

गैरनागरिक व्यक्ति पनि विश्वविद्यालयको अध्यक्ष

काठमाडौं । गैरआवासीय नेपाली नागरिकसमेत अब विश्वविद्यालयको अध्यक्ष बन्न सक्ने भएका छन् । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक...

भ्रष्टलाई नामेट पार्न जाग हे अख्तियार !

यतिखेर मुलुकमा सुशासनको दियो बाल्ने प्रमुख जिम्मेवारीमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राज्य सञ्चालनमा मुख्य भूमिकामा रहेका अन्य संवैधानिक आयोगलाई समेत कमजोर बनाउने...

राजनीतिक दाउपेचभित्र आरोप र प्रत्यारोप

यतिखेर एकजना पूर्वप्रधानमन्त्रीले बहालवालासहित अन्य दुई जना पूर्वप्रधानमन्त्रीमाथि बूढीगण्डकी जलविद्युत् आयोजनामा ९ अर्ब भाग बिलो लगाएर खाएको र आवश्यक परे त्यसको प्रमाण आफूले दिन...

सहकारीलाई बैंकसँग जोड्ने एम बैंक एप

काठमाडौं । सहकारी संस्था र बैंकहरु एकअर्काका परिपूरक हुन् । यिनीहरुको सम्बन्धलाई अझ बलियो र सुमधुर बनाउने काम प्रविधिले गर्छ । पछिल्लो समय विकास...

मेरो प्रेम सम्बन्धका बारेमा सार्वजनिक समाचारमा कुनै सत्यता छैनः पूर्णिका शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका जेठी नातिनी तथा पूर्वयुवराज पारस र युवराज्ञी हिमानीकी छोरी पूर्णिका शाहले आफ्नो प्रेम सम्बन्धका विषयमा विभिन्न सञ्चारमाध्यममा आएको समाचारमा...

तयार भयो ११ र १२ कक्षामा सिनेमाको पाठ्यक्रम

काठमाडौं । चलचित्रलाई आगामी वर्षबाट ११ र १२ कक्षाको कोर्समा राखिने भएको छ । चलचित्र विकास बोर्ड र उच्च शिक्षा परिषद्को पाठयक्रम विकास केन्द्रले...

वानेश्वरदेखी लुभुसम्म भोली दुई घण्टा लोडसेडिङ हुने

काठमाडौं । शनिवार दिउसो १२ बजेदेखी २ बजेसम्म बानेश्वर क्षेत्रमा सट डाउन (बिजुली बन्द) हुने भएको छ । बानेश्वर सब स्टेशनको ११ केभी बसबारमा...

कर्णालीमा थप १९ जनामा कोरोना पुष्टि, संक्रमणकाे संख्या ७९ पुग्याे

वीरेन्द्रनगर । कर्णालीमा दिनप्रतिदिन काेराेना संक्रमण बढ्दाे क्रममा छ । कर्णाली प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान...

माधव नेपाल र बाबुराम भट्टराईलाई पनि कारबाही गरियोस् : प्रभु साह

काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोगाएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)