Saturday, September 19, 2020
Home Uncategorized एक तोला सुनको मूल्य ९९ हजार

एक तोला सुनको मूल्य ९९ हजार

काठमाडौँ । कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि रूपमा बढेको छ । बुधबार प्रतितोला रु ९८ हजार ५०० मा कारोवार भएको पहेँलो धातुमा आज रु ५०० ले वृद्धि भएको छ । आज बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु ९९ हजार कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य रु ९८ हजार ५६० निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज चाँदीको मूल्य रु २० ले घटेको छ । एकतोला सेतो धातुको मूल्य आज रु एक हजार २२५ निर्धारण भएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १९६२.१५ डलर कायम भएको छ । गत आइतबार सोही परिमाणको सुन १९०१.६० मा कारोवार भएको थियो ।

(Visited 25 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७११ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । ती मध्ये...

थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि, १४४७ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १२०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६२ हजार ७९७...

उपत्यकामा मात्रै ६०० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण पछिल्ला दिनमा स्वास्थ्यकर्मीमा बढी देखिन थालेको छ । मुलुकभर कोभिड–१९ को सङ्क्रमित बढिरहेको बेला उपत्यकामा अग्रपङ्क्तिमा काम गरिरहेका स्वास्थ्यकर्मीमा...

काँग्रेस महामन्त्री कोइराला अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । केही दिन पहिला कोरोना सङ्क्रमण पुष्टि भएका महामन्त्री कोइरालामा सामान्य ज्वरो...

भर्खरै

जनकपुरमा संविधानको विरोध/समर्थन !

जनकपुरधाम । जनकपुरधाममा आज दुइ थरी दृश्य देखियो । जनता समाजवादी पार्टीले संविधानको विरोध गर्दै प्रदर्शन गरिरहेका थिए भने केही युवाहरुले जानकी चोकमा दिपावली...

पत्रकार घिमिरे र आचार्यलाई शैलजा आचार्य पत्रकारिता पुरस्कार

मोरङ । विराटनगरका दुई जना पत्रकार शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन । नेपाल प्रेस युनियन मोरङले कोरोना महामारीबीच शनिबार विराटनगरमा भर्चुअचल कार्यक्रम...

ठमेलमा टोलवासीको रात्रि सुरक्षागस्ती (फोटो फिचर)

काठमाडौं । ठमेलको पहिचानमा विकृति आउन नदिन र स्थानीयवासीको अमनचयनलाई कायम राख्न टोलीवासीले रात्रि सुरक्षागस्ती सुरु गरेका छन् । ठैटीदेखि गल्कोपाखासम्म राति ८ बजेदेखि...

काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७११ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । ती मध्ये...

धेरै पढिएका

हिन्दू नारी र तीज पर्व

तीजको लहर आयो बरी लै: तीज पर्व हिन्दू नारीले मनाउने प्रमुख पर्वको रूपमा विकास हुँदै आइरहेको छ । व्गितका वर्षमा झैं यस वर्षको तीज...

भयावह स्थिति सिर्जना हुन नदिऔं

कोरोना महामारीको संक्रमण बढ्दै गइरहेको छ । तर देशभर अपनाउनुपर्ने संक्रमण सतर्कतामा निकै लापर्बाही हुँदै गएको देखिन्छ । मानिस स्वेच्छाले चल्न र गतिविधि गर्न...

प्लाज्माथेरापीले जगाएको आशा

त्रिवि शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित वीर र नोवेल अस्पतालका दुई चिकित्सकको अवस्था बिग्रिएर निमोनिया भई गम्भीर बनेकामा रेमडिसिभिर तथा प्लाज्मा थेरापीपछि स्वास्थ्यमा उल्लेखीय...

पीडितको उजुरी नलिएको भन्दै प्रहरी चौकी घेराउ

कालिकोट । कालिकोटको पलाँता गाउँपालिकाका स्थानिय महिलाहरुले पिडितको उजुरि नलिएको भन्दै सयौँ महिलाहरु गाउँबाट उर्लेर प्रहरी चौकी घेरेका छन् । जिल्लाको पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण...

ई-पेपर

(Visited 63 times, 1 visits today)