स्याङ्जामा सुरक्षाकर्मीदेखि समुदायस्तरमा फैलियो कोरोना, निषेधाज्ञा जारी गर्ने निर्णय

स्याङ्जा । असार मसान्तसम्म स्याङ्जामा कोरोना संक्रमणको अवस्था हेर्दा धेरै न्यूनीकरण देखिएको थियो । अब स्याङ्जा कोरोनामुक्त जिल्ला हुँदै छ भन्ने आकडा हुँदै थियो । असार मसन्तसम्म जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार कोरोना संक्रमित १२ जना मात्रै आइसोलेसनमा उपचारार्थ रहेका थिए । साउनको दोस्रो सातादेखि फेरी स्याङ्जामा एकाएक कोरोना संक्रमणको संख्या हुवात्तै बढेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जामा ३ जना सुरक्षाकर्मीमा रुघाखोकी लागेपछि उनीहरुको स्वाव लिइएको थियो । ३ जनामै कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय मातहतका सबै सुरक्षाकर्मीको स्वाव परिक्षण गरिएपछि अहिले स्याङ्जामा प्रहरीका उच्च अधिकारी सहित ३९ जनामा कोरोना संक्रमण देखिएको छ । नागरिकको शान्ति सुरक्षालगायत विपत्तिमा नजिक बसेर सेवा दिने सुरक्षाकर्मीमा संक्रमण देखिएपछि स्याङ्जामा यतीबेला सन्त्रासको अवस्था रहेको छ ।

स्वास्थ्य प्रयोगशाला पोखरामा प्रहरी कार्यालयबाट श्वाब परिक्षण गर्न पठाईएको १ सय ३ मध्ये ३९ जनामा संक्रमण देखिएको छ भने अझै ५ जनाको स्वाव परिक्षण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीले बताए । उनका अनुसार दुई जना थुनुवा र एक जना सुरक्षाकर्मीको बच्चामा समेत संक्रमण देखिएको छ । अहिलेसम्म सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अधिकारीले बताए ।

अहिले जिल्लास्थित करेन्डाँडा र हेलुमा रहेका आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको छ । अहिलेसम्म स्याङ्जामा ६७ जनाको आइसोलेसनमा उपचार भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले बताए । हाल सम्म स्याङ्जामा २ सय ६० संक्रमितमध्ये १ सय ९१ निको भएर घर फर्किसकेका छन् । २ जनाको कोरोना संक्रमणबाट निधन भइसकेको छ । यता गल्याङ नगरपालिकामा मेडिकल व्यवसायीसगै क्वारेन्टिनमा बसेका मानिसहरुमा पनि कोरोना संक्रमण देखिएको शर्माले बताए । मेडिकल व्यवसायीमा समेत कोरोना संक्रमण देखिएपछि समुदाय सम्म फैलिएको हुन सक्ने आशंका गरिएको छ । जिल्ला स्वास्थ्य प्रमुख शर्माका अनुसार २ सयभन्दा बढीको स्वाव आउन बाँकी रहेको र २ सयभन्दा बढी क्वारेन्टीनमा रहेका छन् ।

सुरक्षाकर्मीमा कोरोना भेटिएपछि जिल्ला प्रहरी कार्यालय सिलगरिएको छ । कार्यालय सिल भएपछि कार्यालयबाट सम्पादनहुने काम विद्युतीय सेवाबाट प्रबाह गरिएको छ । अन्य शान्तिसुरक्षाको काम कारवाहि वडा प्रहरी कार्यालय वालिङबाट हुँदै आएको छ ।

१० दिन निषेधाज्ञा
यसैगरी सामान्य अवस्था तर्फ फर्कंर्दै गरेको स्याङ्जा फेरि पुरानै अवस्थामा जान थालेको छ । समुदायस्तरमा कोरोनाको सङ्मण देखिन थालेपछि स्याङ्जा जिल्लामा कडाई गर्न शुरु हुन थालेपछि फेरि पुरानै अवस्थामा जान थालेको हो । सुरक्षाकर्मीसहित समुदायमा संक्रमण देखिएपछि अन्य समुदायमा संक्रमण फैलिन नदिन जिल्लालाई अत्याआवश्यक बाहेक १० दिनका लागि सबै बन्द गर्ने निर्णय भएको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार अत्यावश्यक सेवाबाहेक जिल्ला भर सवै सेवा प्रवाहलाई बन्द गरिएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले दश दिनका लागि सेवाप्रवाह बन्द गर्ने निर्णय गरेको हो । यस्तै जिल्ला सुरक्षा समितिले यो भन्दा अगाडि नै जारी गरेको निषेधाज्ञा यथावत रहेको प्रजिअ क्षेत्रीले बताए । जिल्लामा बैंक वित्तिय संस्था, उद्योगी व्यवसाय, होटललगायत भाडाका सवारी साधनहरुलाई अत्यआवश्यक बाहेक सेवा बन्द गर्न आग्रह गरिएको छ ।

स्याङ्जामा ३९ जना सुरक्षाकर्मीसहित एम्बुलेन्स चालकलाई कोरोना सङ्मण पुष्टी भएपछि जिल्लामा कडाई गरिएको हो । जिल्ला प्रहरी कार्यालय यो भन्दा अगाडि नै सिलगरिएको छ भने, सङ्क्रमित प्रहरी प्रमुख एसपी आफ्नै निवासमा आइसोलेशनमा बसेर उपचार गराइरहेका छन् भने अन्य प्रहरीलाई हेलु स्थित कालिका सामुदायिक अस्पतालको आईसोलेशनमा राखिएको छ । अहिले सम्म स्याङ्जाको पुतलीबजार नगरपालिका र गल्याङ नगरपालिका अत्यन्तै जोखिम देखिएको छ । गल्याङ्मा पनि सुरक्षाकर्मीसहित मेडिकल व्यवसायीलाई समेत संक्रमण देखिएपछि नगरपालिकाले पनि उच्च सर्तकता अपनाएको छ । नेपाल प्रहरीका सुरक्षाकर्मीमा संक्रमण देखिएपछि सदरमुकाममा शसस्त्र प्रहरीबाट सुरक्षा व्यवस्था मिलाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 8 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

हत्या भएको ६ महिनापछि शव भेटियो

कुरी-कुरी