थप २७४ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या ५२ पुग्यो

काठमाडौँ । नेपालमा आज थप २७४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा २७४ जना सङ्क्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या १९ हजार ५४७ पुगेको छ ।

मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त हुनेमा २२७ रहेको बताए । हालसम्म कोरोना सङ्क्रमण निको भएर घर फर्किनेको जम्मा सङ्ख्या १४ हजार २४८ जना पुगेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार २२७ रहेको छ ।

मुलुकभरका विभिन्न क्वारेन्टिनमा हाल १३ हजार २०१ व्यक्ति रहेको उनले जानकारी दिए । यसैगरी नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेका छ ।

तपाइको प्रतिक्रिया
(Visited 105 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा भागबन्डा टुंगियो, कांग्रेसलाई २० वटा वडा