स्विमिङ लेभल वान कोर्स हुने

काठमाडौं । नेपाल ट्राइयाथलन संघको आयोजना तथा वल्र्ड कोचेज एकेडेमीको सहयोगमा अनलाइन स्विमिङ लेभल वान कोचिङ कोर्स शनिबारदेखि हुने भएको छ । दुई दिन शनिबार र आइतबारसम्म सञ्चालन हुने अनलाइन कोर्समा पौडीसम्बन्धी प्राविधिक ज्ञान प्रदान गरिनेछ । सिंगापुरका प्रशिक्षक युगिन लिले अनलाइनमार्फत प्रशिक्षण प्रदान गर्नेछन् । लि वल्र्ड कोचेज एकेडेमीका संस्थापक निर्देशक पनि हुन् ।

पौडी प्रशिक्षकहरूमा वैज्ञानिक प्रशिक्षण र पौडीसम्बन्धी प्राविधिक ज्ञानका कारण पौडी खेलाडीमा प्रभावकारी ज्ञान प्रदान गर्न मद्दत पु¥याउने कोर्सको उद्देश्य रहेको संघले जनाएको छ । वल्र्ड कोचेज एकेडेमीले चीन, हङकङ मलेसिया, इन्डोनेसिया, सिंगापुर र भारतमा सफलतापूर्वक कोर्स सञ्चालन भइसकेको छ । ट्राइयाथलन पौडी, साइक्लिङ र दौडको मिश्रित खेल हो । कोर्समा ट्राइयाथलनसँग सम्बन्धित २५ प्रशिक्षकहरूले प्रशिक्षण लिने यसले पौडी र ट्राइयाथलन दुवै खेललाई मद्दत पुग्ने नेपाल ट्राइयाथलन संघका महासचिव युवराज सुनुवारले जानकारी गराए ।

तपाइको प्रतिक्रिया
(Visited 157 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दोस्रो स्थानीय तह निर्वाचन आज