Thursday, August 6, 2020
Home राजनीति सभापति देउवासमक्ष पौडेल समूहको असहमति पत्र

सभापति देउवासमक्ष पौडेल समूहको असहमति पत्र

काठमाडौं । पार्टीमा छलफलै नगरी एकलौटी ढंगले केन्द्रीय विभाग र निकायमा मनोनयन गरेको भन्दै कांग्रेसभित्रको असन्तुष्ट समूहले सभापतिसमक्ष असहमति पत्र बुझाएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले हिजो बिहीबार सभापति शेरबहादुर देउवालाई विभाग गठनमा मनोमानी भएको, महाधिवेशन मुखमा सदस्य थप गरिएको र अनुशासनका नाममा नेतामाथि जथाभावी कारबाही गरिएको भन्दै असहमति पत्र बुझाएको हो ।

सभापतिलाई पटकपटक सचेत गराउँदासमेत बेवास्ता गर्दै अघि बढेपछि पत्र बुझाइएको वरिष्ठ नेता पौडेलले जानकारी दिए । पत्र बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा उनले देउवाले पार्टीमा एकलौटी निर्णय गरेको भन्दै आक्रोशसमेत पोखे ।
पौडेल समूहले महाधिवेशन कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा आफूअनुकुल हुनेगरी विभिन्न विभागमा सदस्य थप गर्नु गलत भएको भन्दै आपत्ति जनाउँदै आएको थियो ।

‘पार्टीमा दशकौंदेखि रगत–पसिना भिजाएका साथीहरूलाई वडा, क्षेत्र र जिल्लामै बहिस्कृत गराउने वा उहाँहरूको मनोबल गिराउने, पार्टी जीवन तहसनहस वा तेजोबोध गर्नेखाले अन्यायपूर्ण काम किमार्थ हुनु हुँदैन,’ सभापति देउवालाई बुझाइएको पत्रमा उल्लेख छ ।

ललितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार बसेको पौडेल पक्षधर नेता बैठकले सभापतिलाई लिखित असहमति पत्र बुझाउने निर्णय गरेको हो ।

असहमति पत्र बुझाउन वरिष्ठ नेता पौडेलसहित महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू रामशरण महत, डा. मिनेन्द्र रिजाल, चन्द्र भण्डारीलगायत गएका थिए ।

(Visited 31 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बन्दाबन्दीमा एक चौथाइ कर्मचारीको रोजगारी कटौती

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रका विभिन्न क्षेत्रमा पारेको प्रभाव आँकलन गर्ने तथा बन्दाबन्दीपश्चात उद्योग/व्यवसाय सञ्चालनको परिदृश्यसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ...

सर्वोच्च अदालतका एक सवारी चालकमा कोरोना पुष्टि

काठमाडौँ । सर्वोच्च अदालतका १८१ जना कर्मचारीमा गरेको कोभिड–१९ परीक्षणमा एक जना सवारी चालकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र अधिकारीअनुसार...

कैलारीमा अनिश्चितकालका लागि लकडाउन

धनगढी । क्वारेन्टिनमा कार्यरत स्वास्थ्यकर्मीसहित तीन जनालाई कोरोना संक्रम देखिएपछि कैलालीको कैलारी गाउँपालिकामा अनिश्चितकालका लागि लकडाउन गरिने भएको छ । बुधबार गाउँपालिकाको विपद् व्यवस्थापन समिति,...

थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या ६० पुग्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म जम्मा सङ्क्रमितको सङ्ख्या २१ हजार ३९० पुगेको...

भर्खरै

कोरोना महामारीबीच स्वदेश छाड्न खोज्दै छन् युवा

काठमाडौं । चितवनका रामकृष्ण खतिवडा गत माघमा बहिनीको विवाहका लागि भन्दै घर बिदामा नेपाल आए । बहिनीको विवाह सम्पन्न भयो तर उनी आफूले काम...

कोरोना संक्रमण समूह–समूहमा

काठमाडौं । कोरोना भाइरस संक्रमण समुदायबाट समूह समूहमा फैलिन थालेको छ । पछिल्ला केही दिनयता संक्रमण समूह समूहमा देखिँदै गएपछि यसको जोखिम पनि सोही...

फेरि जोर बिजोर प्रणाली

काठमाडौं । बन्दाबन्दी खुकुलो भएसँगै मुलुकभर कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै सरकारले आज बिहीबारदेखि जोरविजोर नम्बरका आधारमा यातायातका साधन चल्न दिने भएको छ ।...

बन्दाबन्दीमा एक चौथाइ कर्मचारीको रोजगारी कटौती

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रका विभिन्न क्षेत्रमा पारेको प्रभाव आँकलन गर्ने तथा बन्दाबन्दीपश्चात उद्योग/व्यवसाय सञ्चालनको परिदृश्यसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ...

धेरै पढिएका

ई-पेपर

(Visited 44 times, 1 visits today)