संघीय निजामती सेवा ऐन सच्याउन माग गर्दै ज्ञापनपत्र

बुुटवल । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला कार्य समिति, रुपन्देहीले संघीय निजामती सेवा ऐन सच्याउन माग गर्दै ज्ञापनपत्र बुुझाएको छ ।

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका केन्द्रीय सदस्य तथा प्रदेश इन्चार्ज मेघदेव पन्थलाई ऐनमा त्रुटी सच्चाउन माग गर्दै आन्दोलनबाट अन्तिम रुप दिइएको ८४ बुुँदे ज्ञापनपत्र बुुझाएको हो । ज्ञापनपत्र बुुझदै पन्तले ऐनको मस्यौदाका त्रुुटी सच्याउन आफूहरुले सक्दो प्रयास गर्ने बताए । पन्तले विधेयकले निजामती कर्मचारीका पाउँदै आएका सेवा सुुविधा खोसेकोले ऐन नसच्चाउँदासम्म आफूहरुको आन्दोलन जारी रहने बताए ।

संघीय निजामती सेवा ऐन विधेयकको सम्बन्धमा आम कर्मचारीहरुको वृद्धि विकास, सेवा सर्त, सुुविधा ट्रेड युुनियन अधिकारी कटौती गर्दै संघीय संसदको राज्य व्यवस्था तथा सुुशासन समितिले गएको असार १५ गते पारित गरेको छ ।

उक्त विधयेक पारित भएपछि निजामती कर्मचारी चरणपबद्ध आन्दोलनमा छन् । कार्यक्रममा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला कार्य समिति, रुपन्देहीका अध्यक्ष रामप्रसाद पन्थीले सबैको भावना समावेश गरेर ८४ बुुँदे ज्ञापनपत्र तयार गरी केन्द्रीय समितिलाई बुुझाइएको बताए । कर्मचारी नैं अधिकारको लागि राज्यसँग आन्दोलन गर्नुुपर्ने अवस्था आउनुु दुुखद रहेको बताए ।

नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य, नारायण भण्डारीले ऐनका अलोकतान्त्रिक र पश्चगामी प्रवधानहरु सच्चाउनुुपर्ने बताए । नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय सदस्य काशीराम आचार्यले कर्मचारी अधिकारका लागि आफूूहरु एकताबद्ध भएर लाग्ने बताए । नेपाल निजामती कर्मचारी युुनियन संघका केन्द्रीय सचिव गणेश भण्डारीले कर्मचारीका अधिकारका लागि सुुनिश्चिता गर्नका लागि संघ सधै तयार रहेको बताए । कार्यक्रमको सञ्चालन निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला कार्य समिति रुपन्देहीका सहसचिव शिवकुुमार पंगेनीले गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 192 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कालीकोटका नौवटै पालिकामा विप्लव नेतृत्व नेकपाले दियाे उम्मेदवारी