ललितपुर । ललितपुरमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएका थप १ जनाको मृत्यु भएको छ । योसँगै ललितपुरमा कोरोना संक्रमण भएका ब्यक्तिको मृत्यु हुनेको संख्या ३ पुगेको छ भने नेपालमा मृत्यु हुनेको संख्या ५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार विहान पाटन अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएपछि जिल्लामा संक्रमणबाट ज्यान जानेको संख्या ३ पुगेको हो । ललितपुर वडा नं. ५ थसिखेलकी ६५ वर्षीया महिलाको अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले जानकारी दिए । पाटन अस्पतालको आइसियुमा भर्ना गरिएकी उनको शुक्रबार बिहान सवा ९ बजे मृत्यु भएको हो । साउन ६ गते उनी अस्पताल भर्ना भर्एकी थिइन् ।
निमोनियाको समस्या देखिएकी उनी वीरगञ्जबाट काठमाडौ उपचारका लागी आएकी थिइन् । सुरुमा स्टार अस्पतालमा उपचार गराइरहदा कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पताल सारिएको थियो । कोरोनाको सबै लक्षण भउकी उनको आईसीयूमा उपचार गराइरहेका बेला मृत्यु भएको हो , शर्माले भने । ‘यो सँगै ललितपुरमा कोरोना संक्रमण भएका ब्यक्तिको मृत्यु भएको संख्या ३ पुगेको छ’ ,स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले भने ।
यसअघि गत असार ११ गते बिहीबार पाटन अस्पतालको आइसोलेसन वार्डमा उपचाररत ५० वर्षीय पुरुषको मृत्यु भएको थियो । चितवन स्थायी घर भई ललिपुरको महालक्ष्मीनगरपालिका टीकाथली बस्दै आएका मृतक पुरुष मिर्गौलाका विरामी थिए ।
उनको करिब पाँच महिना अघि मिर्गौलाले काम नगरेपछि मिर्गौला प्रत्यारोपण गरिएको थियो । असार पहिलो साता मात्र उनलाई कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसन सेन्टरमा उपचारका लागी राखीएको थियो । यसअघि बुङ्मतीका कलेजो सम्बन्धी रोगबाट पिडीत एक पुरुषको कारोनाका कारण मृत्यु भएको थियो ।