Thursday, August 6, 2020
Home बिचार राजधानीलाई कोरोनाको जोखिमबाट बचाऊ

राजधानीलाई कोरोनाको जोखिमबाट बचाऊ

बन्दाबन्दी खुकुलो पारिएसँगै काठमाडौंमा कोरोना महामारीको संख्या दिनदिनै बढ्दै गइरहेको छ । देशव्यापी हुँदै गएको कोरोना संक्रमणको अनुपातमा राजधानी सहरमा अनपेक्षित परिणाम देखापर्दै जानु शुभ संकेत होइन । देशको सबैभन्दा ठूलो र सघन बसोबास रहेको राजधानी सहरमा जनसंख्या मात्र होइन, राज्यका केन्द्रीय संरचना तथा हेडक्वार्टर पनि रहेका छन् । कोरोना संक्रमण, पछिल्लो चरणमा, आम भएर गइरहेको परीक्षणले पनि छनक दिइरहेका छन् । विभिन्न अध्ययनले पनि थप सचेतता र सर्तकता नअपनाउने हो भने राजधानी काठमाडांैको अवस्था भयावह भएर जान सक्ने देखाएको छ । यसो त देशका प्रमुख सहरी क्षेत्रमा समेत कोरोना संक्रमणको दर अत्यधिक बढेर जान थालेको छ । यसले पनि कोरोनाको आमसंक्रमणको संकेत गरिरहेको छ । एकै घरमा दर्जनांै परिवार बस्ने, घरहरू एकअर्कामा जोडिएर बनेका हुने, ‘ओपन स्पेस’को अभाव रहने, खुद्रा पसलमा मानिसको जमघट र भिडभाड हुने, साँझबिहान चोकचोकमा सामूहिक गफगाफ चल्ने र सामाजिक दूरी कायम कमै मात्र गरिने देखिएकाले संक्रमण उकालो चढ्ने संकेत देखिन्छ । राज्यसंयन्त्रका मुख्यालय, तालिम केन्द्र तथा प्राइभेट संघ÷संस्थाका केन्द्रीय अफिसहरू राजधानीमै भएकाले थोरै मात्र लापर्बाहीका कारण पनि राजधानी सहर कोरोना संक्रमणको हबमा परिणत हुने खतरा देखिन्छ । हाल नेपाली सेना, सशस्त्र तथा जनपथ प्रहरीको मुख्यालयमा कोरोना संक्रमण तीव्र रूपमा बढिरहेको छ ।

बन्दाबन्दी खुकुलो मात्र पारिएपछि देशभरका मानिस साना सवारीसाधन तथा प्राइभेट वाहनमा गुन्द्रुक खाँदिएझैं गरी राजधानी सहर प्रवेश गरिरहेका छन् । सरकारले १ भदौबाट मात्र सामाजिक दूरी कायम गर्दै देशभरका सार्वजनिक सवारीसाधन चल्ने÷चलाउने भने पनि केन्द्रीय काम राजधानीबाटै भइरहेकाले उपत्यकामा मानिस ओइरो लागिरहेका छन् । सरकारी कार्यालयका काम सुचारु भइसकेकाले पनि उनीहरूमा हतारो ल्याएको देखिन्छ । अर्को कुरा, कोरोना संक्रमणको डरले गाउँघरतिर गएका विद्यार्थीहरू अनलाइन कक्षा सञ्चालन भई भदौदेखि परीक्षा सुरु गरिने भन्ने सरकारी अपरिपक्व निर्णयले गर्दा पनि निकै अत्तालिएका छन् । उनीहरूमा कोरोनाको डरभन्दा पनि परीक्षा र अनलाइन कक्षाको त्रास छाएको देखिन्छ । त्यसैगरी, विदेश जान चाहनेका लागि सरकारले भिसा प्रक्रिया खुला गरिएको सन्देश प्रवाह गरेपछि ऋणले घरमा बसिनसक्नु भएका युवाहरू बिदेसिनका लागि प्रक्रिया पूरा गर्न पनि लालायित भई काठमाडौं भित्रन होडमा देखिन्छन् ।

एकातिर जनजीविकाको समस्या विकराल बन्दै गइरहेको र अर्कातिर कोरोनाको प्रभाव र संक्रमणको प्रक्रिया अनिश्चितकालीन रहने कुरा बिस्तारै थाहा पाउँदै गएपछि जीविकोपार्जनका केही न केही काम गर्नैपर्ने बाध्यात्मक सोच बन्दै गएको देखिन्छ । यसले पनि युवाहरूलाई अवसरको खोजीमा काठमाडौं उपत्यकाभित्रै छिर्नुपर्ने अवस्था सिर्जना गरिदिएको छ । यसले गर्दा पनि देशभरका चलायमान र क्रियाशील मानिसहरू उपत्यका आउने र चारैतिरबाट काठमाडौं भ्यालीमा कोरोना थुप्रन आइपुग्ने सम्भावनालाई नकार्न सकिँदैन । त्यसैले, सरकारले बन्दाबन्दी खुकुलो बनाएसँगै देशभर दिइनुपर्ने जनसेवाका कामहरूमा समयसान्दर्भिकता, वैज्ञानिकता र व्यावहारिकता ल्याउनु जरुरी छ । अहिले काठमाडांै उपत्यकामा बाहिरबाट प्रवेश गर्ने व्यक्तिहरूमा पीसीआर परीक्षण गरिए पनि त्यसलाई विस्तार गर्न सकिएको छैन । काठमाडांै छिर्ने सबैलाई पीसीआर परीक्षणको दायरामा ल्याउन सक्नुपर्छ । कोरोना जोखिम बढ्दैमा कोही पनि अत्तालिनु भने हुँदैन । कोरोना संक्रमणविरुद्ध राजधानीलगायत देशव्यापी रूपमा सजगताका कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता बढेर गएको छ । राजधानी काठमाडौंमा कोरोना नियन्त्रणबाहिर गएको खण्डमा त्यसले गम्भीर परिणाम ल्याउन सक्ने भएकाले समय छँदै काठमाडौं उपत्यकालाई कोरोनाको जोखिमबाट बचाउन विशेष कार्यक्रम ल्याउन ढिलाइ गर्नुहँुदैन ।

(Visited 42 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बन्दाबन्दीमा एक चौथाइ कर्मचारीको रोजगारी कटौती

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रका विभिन्न क्षेत्रमा पारेको प्रभाव आँकलन गर्ने तथा बन्दाबन्दीपश्चात उद्योग/व्यवसाय सञ्चालनको परिदृश्यसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ...

सर्वोच्च अदालतका एक सवारी चालकमा कोरोना पुष्टि

काठमाडौँ । सर्वोच्च अदालतका १८१ जना कर्मचारीमा गरेको कोभिड–१९ परीक्षणमा एक जना सवारी चालकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र अधिकारीअनुसार...

कैलारीमा अनिश्चितकालका लागि लकडाउन

धनगढी । क्वारेन्टिनमा कार्यरत स्वास्थ्यकर्मीसहित तीन जनालाई कोरोना संक्रम देखिएपछि कैलालीको कैलारी गाउँपालिकामा अनिश्चितकालका लागि लकडाउन गरिने भएको छ । बुधबार गाउँपालिकाको विपद् व्यवस्थापन समिति,...

थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या ६० पुग्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म जम्मा सङ्क्रमितको सङ्ख्या २१ हजार ३९० पुगेको...

भर्खरै

कोरोना महामारीबीच स्वदेश छाड्न खोज्दै छन् युवा

काठमाडौं । चितवनका रामकृष्ण खतिवडा गत माघमा बहिनीको विवाहका लागि भन्दै घर बिदामा नेपाल आए । बहिनीको विवाह सम्पन्न भयो तर उनी आफूले काम...

कोरोना संक्रमण समूह–समूहमा

काठमाडौं । कोरोना भाइरस संक्रमण समुदायबाट समूह समूहमा फैलिन थालेको छ । पछिल्ला केही दिनयता संक्रमण समूह समूहमा देखिँदै गएपछि यसको जोखिम पनि सोही...

फेरि जोर बिजोर प्रणाली

काठमाडौं । बन्दाबन्दी खुकुलो भएसँगै मुलुकभर कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै सरकारले आज बिहीबारदेखि जोरविजोर नम्बरका आधारमा यातायातका साधन चल्न दिने भएको छ ।...

बन्दाबन्दीमा एक चौथाइ कर्मचारीको रोजगारी कटौती

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रका विभिन्न क्षेत्रमा पारेको प्रभाव आँकलन गर्ने तथा बन्दाबन्दीपश्चात उद्योग/व्यवसाय सञ्चालनको परिदृश्यसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ...

धेरै पढिएका

ई-पेपर

(Visited 44 times, 1 visits today)