Thursday, August 6, 2020
Home बिचार देश र जनताप्रति उत्तरदायी बन्नुपर्छ

देश र जनताप्रति उत्तरदायी बन्नुपर्छ

एक जना शिक्षकले घरमा भेट्न आएका आफ्ना विद्यार्थीहरूलाई कागजका टुक्राहरू जोडेर आफ्नो देशको नक्सा बनाउन भने । विद्यार्थीले धेरैबेर प्रयास गर्दा पनि ती टुक्राहरू जोडेर नक्सा बनाउन सकेनन् । कतै न कतै केही मिल्दैन्थ्यो । छेउमै बसेर एक जना युवकले यो सबै हेरिरहेका थिए । केही साहस गरेर उनले शिक्षकसँग ती टुक्राहरू आफूले जोड्न चाहेको बताए । शिक्षकको अनुमति पाएपछि उनले एकैछिनमा कागजका टुक्रा जोडेर नक्सा बनाइदिए । शिक्षकले उनलाई सोधे, ‘तिमीले यति छिटो यी टुक्राहरू कसरी जोड्यौ ?’ ती युवकले भने, ‘यी टुक्राहरूमा एकातिर नक्सा कोरिएको छ भने अर्कोतिर मानिसको चित्र ।

मैले मानिसको चित्र जोडें नक्सा आफैं जोडियो ।’ यो सुनेर शिक्षकले भने, ‘तिमी एकदम सही छौ । यदि हामीले देशलाई जोड्नु छ भने पहिला त्यहाँका सबै नागरिकलाई जोडनुपर्छ । देशवासी आपसमा जोडिए भने देश आफंै जोडिनेछ ।’ यो घटना अहिले हाम्रो देशमा पनि लागू भएको छ । आफ्नो गुमेको भूभाग फिर्ता ल्याउन देशका सबै नागरिक एकजुट भएका छन् । यसले ढिलो भए पनि सकारात्मक परिणाम अवश्य ल्याउनेछ । तर, यहाँ समस्या उत्पन्न भएको छ, सरकार जोड्नेहरूमा नै । अरूलाई जोड्नुपर्छ, मिलेर जानुपर्छ भन्नेहरू नै सरकारमा बसेर तमासा गरिरहेका छन् । देश चलाउनेहरू अहिले कुर्सीका लागि फुट्न तयार भएका छन् भने यस्ताले समाज, परिवारमा मिलेर बस्नुपर्छ भनेर कुन मुखले आफ्ना जनतालाई भन्लान् ?

आफ्नो देशप्रति माया दर्शाएको मनिस कोइरालाको एउटा ट्वीटका कारण कराडौं नेपालीले उनलाई नेपालकी छोरी भन्दै सम्मानका दृष्टिले हेरे । अर्कोतिर नेपालकी बुहारी सरिता गिरीले लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालको भूभाग कहिल्यै थिएन भन्दा तिनै नेपालीले उनलाई देश निकाला गर्नुपर्छ भने । यद्यपि, उनलाई पार्टीले नै कारबाही गरिसकेको छ । इतिहास हेर्ने हो भने देशका लागि, आफ्ना जनताको खुसीका लागि ज्यानकै बाजी लगाउनेदेखि शहीद भएका महान् व्यक्तित्वहरू हामीले देख्नेछांै । क्रुर राणाशासनको अन्त्य भयो । जनप्रिय, देशप्रेमी राजाको वंश विनाश भएपछि जनताले राजतन्त्र हटाउन पनि पछि परेनन् । देशविरुद्ध, जनताविरुद्ध काम गर्नेको एक दिन पतन भएको देखिएको छ ।

एकचोटि एक जना सिनेकर्मीले व्यापारीले फिल्म किनेर आफ्नो सिनेमा हलमा चलाउँदा एकदमै ठूलो घाटा बेहोर्नुप¥यो रे । उनले फिल्म हेर्न आउने केहीसँग भए पनि हलबाहिर उभिएर चन्दा मागिरहेका थिए । सबैले आफूले सकेको सहयोग गर्दै थिए । त्यतिकैमा एक जना मानिसले उनको झोलामा चन्दास्वरूप एकमुठी माटो खन्याए । ती व्यापारीले त्यो माटो समाएर आफ्नो मुखभरि दले रे । अनि भनेछन्, ‘यो मेरो देशको माटो हो । यो माटो छ र त म यहाँ उभिन पाएको छु । आफ्नो धर्तीको यसरी अपमान गर्नुहुँदैन ।’ यो सबै देखेर ती मानिस लज्जित हुँदै आफूसँग भएको सबै पैसा उनलाई दिएर गए रे ।

देशभर बाढीपहिरोबाट पीडितलाई स्थायी रूपमै सुरक्षित स्थानमा सारी समयमै राहतको व्यवस्था गरिनुपर्छ

२०३२ सालमा पहिलोपटक नेपालले आफैं नक्सा बनाउँदा एउटा गल्ती ग¥यो । जसमा लिम्पियाधुरा नसमेटिएको त्रुटिपूर्ण नक्सा सार्वजनिक ग¥यो । जसको फलस्वरूप भारतले नेपालको भूभाग कब्जा गर्दै गयो । त्यसमा सडकसमेत बनायो । त्यतिखेर गल्ती हामीबाटै भएको थियो । कुनै पनि काम गर्दा देशको हितमा छ वा छैन भनी गहन छलफल, सोचविचार नगरी एकलौटी स्वार्थपूर्ति गर्न गरिएका कामहरूले देशवासीले बेलाबेलामा दुःख झेल्नुपरेको छ । यद्यपि, यी भूभाग नेपालकै थिए भन्ने सरकारलाई बेलाबेलामा तिरेको तिरो, नेपाल भारतको सीमा महाकालीको मुहान हो भन्ने जस्ता यथेष्ट प्रमाण नेपालसँग अहिले पनि छन् । सबै राजनीतिक दल, अगुवा, नागरिक समाज र जनताको समर्थन पाएर लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूभाग निशान छापभित्र समेटेर नयाँ नक्सा जारी भइसकेको छ । यसले नेपाली जनताका मुहारमा खुसी थपेको छ ।

वर्षांैदेखि भोगचलन गर्न नपाएको जमिन सरकारले नक्सामा देखाउँदा सरकारले अहिलेसम्म गरेका कयौं गल्ती माफ भन्ने जनताको स्वर सुनिन थालेको छ । यी भूभागहरू नेपालकै हुन् भन्ने थाहा हुँदाहुँदै पनि भारतले नेपाललाई देखाएको हेपाहा प्रवृत्ति राम्रो होइन । कूटनीतिक तवरले दुई देशले वार्ता गरेर नेपालले आफ्नो भूमिमा भोगचलन गर्न नपाएसम्म शंका भइरहने नै छ । आफ्नो देशको भूभाग फिर्ता गराउन एकजुट देखिएका राजनीतिक दल, जनता सबैको उत्साह देखेर विश्व नै छक्क परेको थियो । गुगलमा खोज्दा पनि यी भूभाग नेपालकै नक्सामा देखाउँदा नेपालीमा झनै खुसी छाएको थियो । यो काम पूरा नभइकनै वर्तमानमा भइरहेका सरकारका चर्तिकला देख्दा नेपाली जनता फेरि निराश देखिएका छन् । उता भारतले यी भूमि उसकै हुन् भनिरहेको छ ।

जसरी देशमा संकट पर्दा पूरै देशवासी एकजुट भएर उभिन्छन्, त्यसरी नै अहिले पनि कोरोनाको महामारीबाट पार पाउन सबै एकजुट भएर लाग्नु अनिवार्य देखिएको छ । सरकारले निःस्वार्थ भावले छिटोछरितो कोरोनाविरुद्धको लडाइँमा होमिनु र जनताले त्यसमा साथ दिनु अति नै जरुरी देखिएको छ । लकडाउन खुलेसँगै दिनदिनै संक्रमितको संख्या र त्यसबाट हुने मृत्यु पनि बढ्दै जानुले थप समस्या निम्त्याएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरू खुलेसँगै यसले थप जोखिम ल्याउनेछ । यसका लागि सरकारले पूर्वतयारी गर्नुपर्ने देखिन्छ ।

संक्रमित बढेकै कारणले अस्टे«लियाले दोस्रो चरणको लकडाउन गर्ने संकेत देखाइसकेको छ । खुला सिमाना रहेको छिमेकी देश भारतमा एक दिनमै ५० हजार संक्रमित थपिनु नेपालका लागि पनि चुनौती हो । क्वारेन्टाइनमै सर्पले टोक्नु, आत्महत्या गर्नु बलात्कार हुनुजस्ता घटनाले सबैलाई चिन्तित तुल्याएको छ । आरडीटी परीक्षणलाई पूरै बन्द गर्दै, पीसीआरको संख्या बढाएसँगै सुरक्षा व्यवस्थामा बढी ध्यान दिनुपर्ने देखिएको छ । अमेरिका, भारत, चीनजस्ता देशहरूलाई हायलकायल बनाएको कोरोना भाइरसको संक्रमण बढ्न नदिन व्यक्तिगत स्वार्थ छाडेर सरकार चलाउने सबै मिलेर जोडदार रूपमा काम गर्नुपर्ने देखिन्छ ।

अहिलेको परिस्थितिमा सरकारसँग मुख्य रूपमा तीनवटा चुनौती देखिएका छन् । देशभरिकै बाढीपहिरोबाट पीडितहरूलाई स्थायी रूपमै सुरक्षित स्थानमा सार्दै समयमै राहतको व्यवस्था गरिनुपर्छ । देशकै लागि १४ वर्ष जेल जीवन भोगेका प्रधानमन्त्री केपी ओलीले आफ्नो भूभागलाई भोगचलन गराउन हरसम्भव प्रयास गर्नुपर्दछ । यसमा प्रतिपक्ष तथा सत्तापक्षमा रहेका सबैले उनलाई हरतरहले सहयोग गर्नुपर्छ । अर्कोतिर बढ्दै गरेको कोरोना संक्रमणबाट जनताको ज्यान जोगाउँदै, दैनिकी सहज बनाएसँगै अर्थतन्त्रलाई चलायमान बनाउन सके सरकार सफल भएको मानिनेछ । अनि मात्रै सरकारविरुद्ध सडकदेखि सदनसम्म उठिरहेका आन्दोलनका मौन तथा प्रस्फुरित आवाजहरू थामिनेछन् ।

(Visited 126 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बन्दाबन्दीमा एक चौथाइ कर्मचारीको रोजगारी कटौती

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रका विभिन्न क्षेत्रमा पारेको प्रभाव आँकलन गर्ने तथा बन्दाबन्दीपश्चात उद्योग/व्यवसाय सञ्चालनको परिदृश्यसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ...

सर्वोच्च अदालतका एक सवारी चालकमा कोरोना पुष्टि

काठमाडौँ । सर्वोच्च अदालतका १८१ जना कर्मचारीमा गरेको कोभिड–१९ परीक्षणमा एक जना सवारी चालकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र अधिकारीअनुसार...

कैलारीमा अनिश्चितकालका लागि लकडाउन

धनगढी । क्वारेन्टिनमा कार्यरत स्वास्थ्यकर्मीसहित तीन जनालाई कोरोना संक्रम देखिएपछि कैलालीको कैलारी गाउँपालिकामा अनिश्चितकालका लागि लकडाउन गरिने भएको छ । बुधबार गाउँपालिकाको विपद् व्यवस्थापन समिति,...

थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या ६० पुग्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म जम्मा सङ्क्रमितको सङ्ख्या २१ हजार ३९० पुगेको...

भर्खरै

कोरोना महामारीबीच स्वदेश छाड्न खोज्दै छन् युवा

काठमाडौं । चितवनका रामकृष्ण खतिवडा गत माघमा बहिनीको विवाहका लागि भन्दै घर बिदामा नेपाल आए । बहिनीको विवाह सम्पन्न भयो तर उनी आफूले काम...

कोरोना संक्रमण समूह–समूहमा

काठमाडौं । कोरोना भाइरस संक्रमण समुदायबाट समूह समूहमा फैलिन थालेको छ । पछिल्ला केही दिनयता संक्रमण समूह समूहमा देखिँदै गएपछि यसको जोखिम पनि सोही...

फेरि जोर बिजोर प्रणाली

काठमाडौं । बन्दाबन्दी खुकुलो भएसँगै मुलुकभर कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै सरकारले आज बिहीबारदेखि जोरविजोर नम्बरका आधारमा यातायातका साधन चल्न दिने भएको छ ।...

बन्दाबन्दीमा एक चौथाइ कर्मचारीको रोजगारी कटौती

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रका विभिन्न क्षेत्रमा पारेको प्रभाव आँकलन गर्ने तथा बन्दाबन्दीपश्चात उद्योग/व्यवसाय सञ्चालनको परिदृश्यसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ...

धेरै पढिएका

कोरोना महामारीबीच स्वदेश छाड्न खोज्दै छन् युवा

काठमाडौं । चितवनका रामकृष्ण खतिवडा गत माघमा बहिनीको विवाहका लागि भन्दै घर बिदामा नेपाल आए । बहिनीको विवाह सम्पन्न भयो तर उनी आफूले काम...

कोरोना संक्रमण समूह–समूहमा

काठमाडौं । कोरोना भाइरस संक्रमण समुदायबाट समूह समूहमा फैलिन थालेको छ । पछिल्ला केही दिनयता संक्रमण समूह समूहमा देखिँदै गएपछि यसको जोखिम पनि सोही...

फेरि जोर बिजोर प्रणाली

काठमाडौं । बन्दाबन्दी खुकुलो भएसँगै मुलुकभर कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै सरकारले आज बिहीबारदेखि जोरविजोर नम्बरका आधारमा यातायातका साधन चल्न दिने भएको छ ।...

बन्दाबन्दीमा एक चौथाइ कर्मचारीको रोजगारी कटौती

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रका विभिन्न क्षेत्रमा पारेको प्रभाव आँकलन गर्ने तथा बन्दाबन्दीपश्चात उद्योग/व्यवसाय सञ्चालनको परिदृश्यसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ...

ई-पेपर

(Visited 44 times, 1 visits today)