Thursday, August 6, 2020
Home Breaking News आज इद उल अज्हा मनाइँदै

आज इद उल अज्हा मनाइँदै

ललितपुर । कोरोना महामारीबीच आज मुस्लिम समुदाय चाड इद उल अज्हा (बकरइद) मनाउँदै छन् । यसलाई इद उल अज्हा अथवा इदुल जोहा पर्व पनि भनिन्छ । मुस्लिम समुदायको यो दोस्रो ठुलो चाड हो ।

इद उल अज्हाको नमाज पाँच जनासम्मले मस्जिदमा पढ्न पाउने र ओल्मा, मुफ्ति, नेपाली जामे मस्जिद, पञ्च काश्मिरी तकिया जामा मस्जिद पदाधिकारीको सल्लाहबमोजिम आ–आफ्नो तरिकाअनुसार घरमै बसी नमाज पढेर इद मनाउन मुस्लिम आयोग अध्यक्ष समिम मियाँ अन्सारीले आग्रह गरेका छन् ।

जनावरको वली दिने चाडका रूपमा मनाउने पर्वमा खासगरी नमाज पढ्ने र पशु बली दिइने गरिन्छ । बकर इदमा मुस्लिम समुदायले पूर्णरूपमा चोखो भई मस्जिदमा गएर नमाज पढ्ने चलन छ । यसपाली कोरोना भाइरसका कारण धेरैले घरमै नमाज पढ्ने तयारी गरेका छन्. ।

पशुबलीस्वरुप हलाल गरेर आफन्त, साथीभाई र गरिब गुरुवामा बाँडेर खाने गरिन्छ । खसी, बोका, बाख्रा, राँगा, भैंसी, भेडा, ऊँटलगायतमध्येका जनावर बली (कुर्वानी) दिने परम्परा छ । मुस्लिम समुदायका पाँच धार्मिक मान्यताअनुसार हज गर्नु एउटा हो । रमजानजस्तो कठोर ब्रत बस्न नपर्ने यो पर्व इदुल फित्रको ७०औं दिन मनाइन्छ ।

आर्थिक अवस्था राम्रो हुने हज गर्न साउदी अरबको मक्का–मदिना जाने गर्दछन् । यस वर्ष हजयात्रा कोरोना भाइरसले प्रभावित भएको छ ।

कतिपय आफू–आफूमा शुभकामना आदानप्रदान गरेर इदको खुसियाली मनाउने गर्छन् । नवि इव्राहिम अलि सलामले ८० वर्र्षको उमेरमा पत्नी हाजराका गर्भबाट जन्मिएको छोरा इस्माईल अलि सलामलाई अल्लाह (भगवान)को आदेशमा कुरबानी दिन गएका र अल्लाह (भगवान)ले उनको यो साहस तथा आस्थाबाट प्रभावित भएर त्यो कुरबानी स्वीकार गर्दै छोरा इस्माईलको ठाउ“मा भेंडा कुरबानी गर्न लगाएको कुरानमा उल्लेख छ ।

मुस्लिम धर्मावलम्बी मोहम्मद मिजामुद्दिनका अनुसार कुरबानीको मासु तीन भाग लगाइन्छ । एक भाग आफ्ना लागि, बाँकी दुई भाग आफन्त तथा साथीभाई र गरिबका लागि छुट्याइन्छ । कुरबानी दिएका जनावरको छालाबाट आएको रकम मदरसामा दिनुपर्ने चलन छ ।

(Visited 24 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बन्दाबन्दीमा एक चौथाइ कर्मचारीको रोजगारी कटौती

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रका विभिन्न क्षेत्रमा पारेको प्रभाव आँकलन गर्ने तथा बन्दाबन्दीपश्चात उद्योग/व्यवसाय सञ्चालनको परिदृश्यसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ...

सर्वोच्च अदालतका एक सवारी चालकमा कोरोना पुष्टि

काठमाडौँ । सर्वोच्च अदालतका १८१ जना कर्मचारीमा गरेको कोभिड–१९ परीक्षणमा एक जना सवारी चालकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र अधिकारीअनुसार...

कैलारीमा अनिश्चितकालका लागि लकडाउन

धनगढी । क्वारेन्टिनमा कार्यरत स्वास्थ्यकर्मीसहित तीन जनालाई कोरोना संक्रम देखिएपछि कैलालीको कैलारी गाउँपालिकामा अनिश्चितकालका लागि लकडाउन गरिने भएको छ । बुधबार गाउँपालिकाको विपद् व्यवस्थापन समिति,...

थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या ६० पुग्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म जम्मा सङ्क्रमितको सङ्ख्या २१ हजार ३९० पुगेको...

भर्खरै

कोरोना महामारीबीच स्वदेश छाड्न खोज्दै छन् युवा

काठमाडौं । चितवनका रामकृष्ण खतिवडा गत माघमा बहिनीको विवाहका लागि भन्दै घर बिदामा नेपाल आए । बहिनीको विवाह सम्पन्न भयो तर उनी आफूले काम...

कोरोना संक्रमण समूह–समूहमा

काठमाडौं । कोरोना भाइरस संक्रमण समुदायबाट समूह समूहमा फैलिन थालेको छ । पछिल्ला केही दिनयता संक्रमण समूह समूहमा देखिँदै गएपछि यसको जोखिम पनि सोही...

फेरि जोर बिजोर प्रणाली

काठमाडौं । बन्दाबन्दी खुकुलो भएसँगै मुलुकभर कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै सरकारले आज बिहीबारदेखि जोरविजोर नम्बरका आधारमा यातायातका साधन चल्न दिने भएको छ ।...

बन्दाबन्दीमा एक चौथाइ कर्मचारीको रोजगारी कटौती

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रका विभिन्न क्षेत्रमा पारेको प्रभाव आँकलन गर्ने तथा बन्दाबन्दीपश्चात उद्योग/व्यवसाय सञ्चालनको परिदृश्यसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ...

धेरै पढिएका

ई-पेपर

(Visited 44 times, 1 visits today)