Thursday, August 6, 2020
Home खेल फुटबल टोली क्वारेन्टाइनमा

फुटबल टोली क्वारेन्टाइनमा

काठमाडौं । कतार फिफा विश्वकप २०२२ को छनोट चरणअन्तर्गत घरेलु मैदानमा हुने खेलको तयारी गर्न नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका खेलाडी शुक्रबारदेखि क्वारन्टाइनमा बसेका छन् । टोलीका व्यवस्थापक मधुसूदन उपाध्यायले दुई चरणमा क्वारेन्टाइन र पीसीआर परीक्षणपछि मात्रै टोलीको प्रशिक्षण सुरु हुने जानकारी गराए ।

‘उपत्यकाबाहिर रहेका खेलाडी शुक्रबार काठमाडौंमा आइपुग्नेछन् । उनीहरूलाई केही दिन क्वारेन्टाइनमा राखी पीसीआर परीक्षण गरिनेछ । काठमाडौं उपत्यकामा रहेका खेलाडी आफ्नै घरमा क्वारेन्टाइमा रहनेछन्,’ व्यवस्थापक उपाध्ययले भने ।
व्यवस्थापक उपाध्ययले प्रशिक्षण सुरु गर्नका लागि फिफा र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले दिएको मापदण्ड पालना गरी प्रशिक्षण थालिने बताए ।

कोरोना संक्रमणका कारण स्थगित भएका खेलहरू नयाँ खेल तालिकाअनुसार नेपालले दसैं र तिहारअघि आफ्नो खेल खेल्नेछ । छनोटअन्तर्गत समूह ‘सी’मा रहेको नेपालले आफ्नो अन्तिम तीन खेल खेल्न बाँकी रहेको छ । नेपालले बाँकी तीनै खेल आफ्नो घरेलु मैदान दशरथ रंगशालामा खेल्नेछ । सुरुवाती पाँच खेलमा नेपालले १ जित र ४ हारसहित ३ अंक जोडेको छ । पाँच राष्ट्र सम्मिलित समूहमा नेपाल चौथो स्थानमा छ ।

नयाँ खेल तालिकाअनुसार नेपालले असोज २२ (८ अक्टोबर)मा चाइनिज ताइपेइसँग खेल्नेछ भने अस्ट्रेलियासँग त्यसको पाँच दिनपछि (असोज २७ गते) प्रतिस्पर्धा गर्नेछ । २७ कात्तिक (१२ नोभेम्बर)मा जोर्डनसँग खेल्दै नेपालले आफ्नो विश्वकप छनोट सम्पन्न गर्नेछ ।

पाँच राष्ट्र सम्मिलित समूहको शीर्षस्थानमा रहने टोलीले एसियन कपमा छनोट हुनुका साथै विश्वकप छनोटको तेस्रो चरणमा सहभागी हुन पाउनेछ । दोस्रो हुने उत्कृष्ट चार टोली पनि विश्वकपको तेस्रो चरणका साथै एसियन कपमा अगाडी बढ्नेछन् भने तेस्रो स्थानसम्मका टोली एसियाली कपको छनोटको तेस्रो चरणमा छनोट हुनेछन् ।

समूहको उत्कृष्ट ४ चौथो हुने टोली एसियाली कप छनोटको तेस्रो चरणमा पुग्दा बाँकी टोलीले उक्त छनोटमा पुग्न प्लेअफ खेल्नुपर्नेछ । प्रशिक्षणका लागि ३४ खेलाडीलाई प्रारम्भिक सूचीमा बोलाइएको छ ।

(Visited 26 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बन्दाबन्दीमा एक चौथाइ कर्मचारीको रोजगारी कटौती

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रका विभिन्न क्षेत्रमा पारेको प्रभाव आँकलन गर्ने तथा बन्दाबन्दीपश्चात उद्योग/व्यवसाय सञ्चालनको परिदृश्यसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ...

सर्वोच्च अदालतका एक सवारी चालकमा कोरोना पुष्टि

काठमाडौँ । सर्वोच्च अदालतका १८१ जना कर्मचारीमा गरेको कोभिड–१९ परीक्षणमा एक जना सवारी चालकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र अधिकारीअनुसार...

कैलारीमा अनिश्चितकालका लागि लकडाउन

धनगढी । क्वारेन्टिनमा कार्यरत स्वास्थ्यकर्मीसहित तीन जनालाई कोरोना संक्रम देखिएपछि कैलालीको कैलारी गाउँपालिकामा अनिश्चितकालका लागि लकडाउन गरिने भएको छ । बुधबार गाउँपालिकाको विपद् व्यवस्थापन समिति,...

थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या ६० पुग्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म जम्मा सङ्क्रमितको सङ्ख्या २१ हजार ३९० पुगेको...

भर्खरै

कोरोना महामारीबीच स्वदेश छाड्न खोज्दै छन् युवा

काठमाडौं । चितवनका रामकृष्ण खतिवडा गत माघमा बहिनीको विवाहका लागि भन्दै घर बिदामा नेपाल आए । बहिनीको विवाह सम्पन्न भयो तर उनी आफूले काम...

कोरोना संक्रमण समूह–समूहमा

काठमाडौं । कोरोना भाइरस संक्रमण समुदायबाट समूह समूहमा फैलिन थालेको छ । पछिल्ला केही दिनयता संक्रमण समूह समूहमा देखिँदै गएपछि यसको जोखिम पनि सोही...

फेरि जोर बिजोर प्रणाली

काठमाडौं । बन्दाबन्दी खुकुलो भएसँगै मुलुकभर कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै सरकारले आज बिहीबारदेखि जोरविजोर नम्बरका आधारमा यातायातका साधन चल्न दिने भएको छ ।...

बन्दाबन्दीमा एक चौथाइ कर्मचारीको रोजगारी कटौती

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रका विभिन्न क्षेत्रमा पारेको प्रभाव आँकलन गर्ने तथा बन्दाबन्दीपश्चात उद्योग/व्यवसाय सञ्चालनको परिदृश्यसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ...

धेरै पढिएका

ई-पेपर

(Visited 44 times, 1 visits today)