Thursday, August 6, 2020
Home Not-to-be-missed सागका स्वर्णधारी नगदसहित सम्मानित

सागका स्वर्णधारी नगदसहित सम्मानित

काठमाडौं । नेपाली कांग्रेसको खेलकुद विभागले पहिलो चरणमा १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्णपदक जित्न सफल नेपाली खेलाडीलाई शुक्रबार नगदसहित सम्मानित गरेको छ ।

पार्टी कार्यलय सानेपामा एक कार्यक्रमको आयोजना गर्दै कांग्रेस खेलकुद विभागले सागमा स्वर्ण जित्न सफल ७८ खेलाडीलाई नगदसहित सम्मानित गरेका हुन् । सागमा चार स्वर्ण जित्ने जलपरी गौरिकाले सर्वाधिक २५ हजार रुपैयाँँ प्राप्त गरिन् । कार्यक्रममा उनी अनुपस्थित थिइन् । यस्तै, सागमा दोहोरो स्वर्ण जित्न सफल करातेका मन्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले समान १५ हजार रुपैयाँँ हात पारे । सागमा एक स्वर्ण जित्ने खेलाडीहरू समान १० हजार रुपैयाँबाट सम्मानित भए ।

खेलाडीहरूको सम्मानपछि पार्टी सभापति शेरबहादुर देउवाले खेलाडीको भत्ता बढाउन पहल गरिने बताए । कांग्रेस खेलकुद विभागका प्रमुख मोहनबहादुर बस्नेतले पहिलो चरणमा स्वर्णधारीलाई मात्रै सम्मान गरिएको र बाँकी चरणमा रजत, कांस्य र प्रशिक्षकलाई पनि सम्मान गर्दै जाने बताए । उनले प्रशिक्षकहरूको कोरोना बिमा गरिदिनेसमेत घोषणा गरे । यस्तै संयोजक बस्नेतले नेपाली खेलकुद विकासका लागि कांग्रेसको सिंगो पार्टी नै लाग्ने बताएका छन् । ‘तल्लो लेभलबाट देशभरि नै खेलाडी उत्पादन गर्नुछ ।

त्यसपछि खेलाडीलाई व्यवस्थापन गर्नुछ । प्रशिक्षकको वृद्धि र विकासमा पनि ध्यान दिनेछौं,’ संयोजक बस्नेतले भने, ‘खेलाडीको प्रोत्साहन भत्ता कटौतीको विषयमा हामीले बुझिरहेका छौं । खेलाडीले जति स्वर्ण जितेका छन् । त्यति नै मात्रामा प्रोत्साहन भत्ताको लागि हामी लड्नेछौं । यस विषयमा नेपाल ओलम्पिक कमिटीको ऐनले नमाने र यस विषयमा झकझक्याइरहनेछौं ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले रकमभन्दा सम्मान ठूलो कुरा रहेको र यसले खेलाडी र प्रशिक्षकको हौसला वृद्धि हुने बताए । उनले खेलकुद उत्पादनमुलक क्षेत्र रहेको पनि बताए । खेलाडीको तर्फबाट सम्वोधन गरेका मन्डेकाजी श्रेष्ठले सम्मान गरेकोमा खेलकुद विभागलाई धन्यवाद ज्ञापन गर्दै खेलाडीको खेल पछिको भविष्य के हुने त्यसबारे सोचिदिन आग्रह गरे ।

सागमा स्वर्ण जित्नेहरू
कराते – मन्डेकाजी श्रेष्ठ (दोहोरो), महसुस तामाङ, प्रवीण मानन्धर, निर्मला तामाङ, संगीता मगर, सरु कार्की, लक्ष्मण तामाङ, विप्लवलाल श्रेष्ठ, कुसुम खड्का, अनु अधिकारी, नवीन रसाइली, सुनिता महर्जन, अनुपमा मगर
तेक्वान्दो – आयशा शाक्य (दोहोरो), कमल श्रेष्ठ, सिना मादेन लिम्बु, पार्वती गुरुङ, सञ्जीवकुमार पाण्डे, निशा दर्नाल, स्वस्तिका तामाङ, सन्जिला तिमल्सिना, निता गुरुङ, प्रशंसा क्षेत्री, सुशीला राई, काजल श्रेष्ठ, वीरबहादुर महरा, भुपेन श्रेष्ठ, संगीता बस्याल र सक्षम कार्की
उसु – विजय सिन्जाली, सुस्मिता तामाङ, दीपक हमाल, निमा घर्तीमगर र जुनी राई
गल्फ – सुवास तामाङ (दोहोरो), शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ
बक्सिङ – मिनु गुरुङ, भूपेन्द्र थापा र सनिल शाही
एथलेटिक्स – सन्तोषी श्रेष्ठ, गोपीचन्द्र पार्की र किरणसिंह बोगटी
साइक्लिङ – बुद्धिबहादुर तामाङ, राजेश मगर, निश्मा श्रेष्ठ, लक्ष्मी श्रेष्ठ
ट्रायथलन – सोनी गुरुङ, हिमाल टमाटा
भारोत्तोलन – सञ्जु चौधरी र विकास थापा
जुडो – देविका खड्का र पुनम श्रेष्ठ
पौडी – गौरिका सिंह (चार स्वर्ण)
कुस्ती – संगीता धामी
फुटबल – पुरुष फुटबल टिम (२० जना)

(Visited 18 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बन्दाबन्दीमा एक चौथाइ कर्मचारीको रोजगारी कटौती

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रका विभिन्न क्षेत्रमा पारेको प्रभाव आँकलन गर्ने तथा बन्दाबन्दीपश्चात उद्योग/व्यवसाय सञ्चालनको परिदृश्यसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ...

सर्वोच्च अदालतका एक सवारी चालकमा कोरोना पुष्टि

काठमाडौँ । सर्वोच्च अदालतका १८१ जना कर्मचारीमा गरेको कोभिड–१९ परीक्षणमा एक जना सवारी चालकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र अधिकारीअनुसार...

कैलारीमा अनिश्चितकालका लागि लकडाउन

धनगढी । क्वारेन्टिनमा कार्यरत स्वास्थ्यकर्मीसहित तीन जनालाई कोरोना संक्रम देखिएपछि कैलालीको कैलारी गाउँपालिकामा अनिश्चितकालका लागि लकडाउन गरिने भएको छ । बुधबार गाउँपालिकाको विपद् व्यवस्थापन समिति,...

थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या ६० पुग्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म जम्मा सङ्क्रमितको सङ्ख्या २१ हजार ३९० पुगेको...

भर्खरै

कोरोना महामारीबीच स्वदेश छाड्न खोज्दै छन् युवा

काठमाडौं । चितवनका रामकृष्ण खतिवडा गत माघमा बहिनीको विवाहका लागि भन्दै घर बिदामा नेपाल आए । बहिनीको विवाह सम्पन्न भयो तर उनी आफूले काम...

कोरोना संक्रमण समूह–समूहमा

काठमाडौं । कोरोना भाइरस संक्रमण समुदायबाट समूह समूहमा फैलिन थालेको छ । पछिल्ला केही दिनयता संक्रमण समूह समूहमा देखिँदै गएपछि यसको जोखिम पनि सोही...

फेरि जोर बिजोर प्रणाली

काठमाडौं । बन्दाबन्दी खुकुलो भएसँगै मुलुकभर कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै सरकारले आज बिहीबारदेखि जोरविजोर नम्बरका आधारमा यातायातका साधन चल्न दिने भएको छ ।...

बन्दाबन्दीमा एक चौथाइ कर्मचारीको रोजगारी कटौती

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रका विभिन्न क्षेत्रमा पारेको प्रभाव आँकलन गर्ने तथा बन्दाबन्दीपश्चात उद्योग/व्यवसाय सञ्चालनको परिदृश्यसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ...

धेरै पढिएका

ई-पेपर

(Visited 44 times, 1 visits today)