Thursday, August 6, 2020
Home Not-to-be-missed सरला गौतमले ल्याइन् ‘डुमेरो’

सरला गौतमले ल्याइन् ‘डुमेरो’

काठमाडौं । सञ्चारकर्मी सरला गौतमले नयाँ उपन्यास ‘डुमेरो’ बजारमा ल्याएकी छन् । यो उपन्याससँगै उनले आफूलाई आख्यानकारका रूपमा प्रस्तुत गरेकी छन् । यो उपन्यासलाई नेपालय पब्लिकेसनले छापेको हो । जसमा सानो सहरमा हुर्किएकी एउटी किशोरीले ठूलो संसारमा प्रवेश गर्दैगर्दा पहिचान खोजीको कथानकलाई प्रस्तुत गरिएको छ ।

अखबारका स्तम्भमा उनी सामाजिक र राजनीतिक मुद्दाहरूमाथि केन्द्रित रहेर कलम चलाउँछिन् । उनी यसपटक यथार्थबाट कथानकमा प्रस्तुत भएकी छन् । यो उपन्यास उनको पहिलो साहित्यिक कृति हो ।

शीर्षक ‘डुमेरो’ आफैंमा नौलो शब्द छ । यो शब्दले कुनै गन्तव्यविहीन यात्रामा निस्किएको घुमन्ते अन्वेषकको अर्थ राख्ने गौतमको भनाइ छ, ‘यो शब्द सुन्नमा लयालु त छँदै छ,’ सरला गौतमले भनिन्, ‘तर, यसका साथै यसको अर्थ पनि गहन छ र महिलाको पहिचानलाई घरेलुपनले सधैं बन्धनमा पारेको हुन्छ ।

तर, अब हामी इतिहासको मध्य मोडमा उभिएका छौं । जहाँ पुरुष र महिला लिंगको आधारमा मात्र परिभाषित हुने बेला छैन ।’ अबको पुस्ताले अघिल्ला पुस्ताजस्तो किटान गरेर आफ्नो गन्तव्य तय गर्न नसक्ने सन्देश पुस्तकले दिने गौतमको कथन छ ।

कोरोनाको महामारीमै नेपालयले यो पुस्तक ल्याएको छ । नेपाली बजारको लागि ‘डुमेरो’ को मूल्य ४९५ रुपैयाँ निर्धारण गरिएको छ । यो पुस्तक अनलाइन बिक्रेता अमेजनमार्फत विश्वव्यापी रूपमा पनि उपलब्ध हुने प्रकाशकले जनाएको छ ।

(Visited 14 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बन्दाबन्दीमा एक चौथाइ कर्मचारीको रोजगारी कटौती

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रका विभिन्न क्षेत्रमा पारेको प्रभाव आँकलन गर्ने तथा बन्दाबन्दीपश्चात उद्योग/व्यवसाय सञ्चालनको परिदृश्यसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ...

सर्वोच्च अदालतका एक सवारी चालकमा कोरोना पुष्टि

काठमाडौँ । सर्वोच्च अदालतका १८१ जना कर्मचारीमा गरेको कोभिड–१९ परीक्षणमा एक जना सवारी चालकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र अधिकारीअनुसार...

कैलारीमा अनिश्चितकालका लागि लकडाउन

धनगढी । क्वारेन्टिनमा कार्यरत स्वास्थ्यकर्मीसहित तीन जनालाई कोरोना संक्रम देखिएपछि कैलालीको कैलारी गाउँपालिकामा अनिश्चितकालका लागि लकडाउन गरिने भएको छ । बुधबार गाउँपालिकाको विपद् व्यवस्थापन समिति,...

थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या ६० पुग्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म जम्मा सङ्क्रमितको सङ्ख्या २१ हजार ३९० पुगेको...

भर्खरै

कोरोना महामारीबीच स्वदेश छाड्न खोज्दै छन् युवा

काठमाडौं । चितवनका रामकृष्ण खतिवडा गत माघमा बहिनीको विवाहका लागि भन्दै घर बिदामा नेपाल आए । बहिनीको विवाह सम्पन्न भयो तर उनी आफूले काम...

कोरोना संक्रमण समूह–समूहमा

काठमाडौं । कोरोना भाइरस संक्रमण समुदायबाट समूह समूहमा फैलिन थालेको छ । पछिल्ला केही दिनयता संक्रमण समूह समूहमा देखिँदै गएपछि यसको जोखिम पनि सोही...

फेरि जोर बिजोर प्रणाली

काठमाडौं । बन्दाबन्दी खुकुलो भएसँगै मुलुकभर कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै सरकारले आज बिहीबारदेखि जोरविजोर नम्बरका आधारमा यातायातका साधन चल्न दिने भएको छ ।...

बन्दाबन्दीमा एक चौथाइ कर्मचारीको रोजगारी कटौती

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रका विभिन्न क्षेत्रमा पारेको प्रभाव आँकलन गर्ने तथा बन्दाबन्दीपश्चात उद्योग/व्यवसाय सञ्चालनको परिदृश्यसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ...

धेरै पढिएका

ई-पेपर

(Visited 44 times, 1 visits today)