Thursday, August 6, 2020
Home भर्खरै ‘प्रधानन्यायाधीशले नेतृत्व गर्नु हुँदैन’

‘प्रधानन्यायाधीशले नेतृत्व गर्नु हुँदैन’

काठमाडौं । न्यायालय विभिन्न प्रकरणमा विवादमा आइरहँदा काननुविद्हरूले न्याय परिषद्को अध्यक्षता प्रधानन्यायाधीशले गर्न नहुने धारणा सार्वजनिक गरेका छन् ।

न्यायाधीशलाई अनुशासनमा कारबाही गर्ने, भ्रष्टाचार मुद्दा चलाउनेसम्मको अधिकार पाएको परिषद्ले न्यायाधीशलाई कारबाहीभन्दा जोगाउन लाग्दा न्यायापालिका विवादमा तानिएको उनीहरूको विश्लेषण छ ।

नेपाल बार एसोसिएसनका पूर्वअध्यक्षसमेत रहेका वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले परिषद् नेतृत्व प्रधानन्यायाधीशले नभएर सर्वोच्च तहका पूर्वन्यायाधीशमध्येबाट राखिनुपर्ने र वर्तमान परिषद् संरचना बृहत् फेरबदल गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

‘न्यायपरिषद्को संरचना नै फेरबदल नै हुनुपर्ने जरुरी छ, अध्यक्षता प्रधानन्यायाधीशले गर्नुभएन, सर्वोच्चबाट अवकास पाएका न्यायाधीशकमध्येबाट एकजनाको अध्यक्षतामा संसद्सहितको प्रतिनिधित्व हुनेगरी संरचना बनाउँदा राम्रो हुन्छ,’ सञ्चार केन्द्र नेपालद्वारा शुक्रबार राजधानीमा आयोजित अन्तक्र्रियामा वरिष्ठ अधिवक्ता केसीले भने ।

न्यायाधीशहरू विभिन्न प्रकरणमा मुछिए पनि कारबाही नभएको, धेरै विवादमा आए परिषद्ले भ्रष्टाचारमा कारबाही गर्नुको साटो राजीनामा दिन लगाई चोख्याउने गरेको आरोप पनि उनले लगाए । न्यायाधीश नियुक्ति पनि स्वच्छता र क्षमताका आधारमा नभएर नेताका खल्तीमा भएका नामलाई प्राथमिकता दिइएकोमा उनको असन्तुष्टि छ ।

जारी संरचनाले राम्रो काम गर्न नसकेकाले नेपाल बार अध्यक्ष, विज्ञ कानुनविद्, संसद्को प्रतिनिधि, अवकासप्राप्त न्यायाधीशलाई परिषद्मा सहभागी गराउन सके न्यायालय सुध्रिने उनको सुझाव छ ।

अर्का अधिवक्ता उद्धवप्रसाद चौंलागाईले न्याय परिषद् सदस्य आफैं न्यायाधीश बन्न दौडधूप गर्नु अस्वभाविक रहेको औंल्याए । ‘न्यायाधीश नियुक्ति, गलत गरे कारबाही गर्नुपर्ने निकायका आफैं नियुक्तितिर लागेपछि के हुन्छ ?’ उनले भने ।

सर्वोच्च अदालतबाट हालै सशस्त्र प्रहरीका पूर्वडिआईजी रञ्जन कोइरालाको कैद मिनाहासम्बन्धी फैसला सर्वोच्चमा विचाराधीन रहेकाले त्यसबारे बोल्न उपयुक्त नहुने चौंलागाईको भनाई छ ।

सञ्चार केन्द्र नेपालका अध्यक्ष एवं नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य गोविन्दप्रसाद चौलागाईले न्यायालय स्वच्छ, विश्वसनीय र पारदर्शी बनाउन परिषद्को भूमिका महत्वपूर्ण हुने बताए ।

(Visited 98 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बन्दाबन्दीमा एक चौथाइ कर्मचारीको रोजगारी कटौती

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रका विभिन्न क्षेत्रमा पारेको प्रभाव आँकलन गर्ने तथा बन्दाबन्दीपश्चात उद्योग/व्यवसाय सञ्चालनको परिदृश्यसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ...

सर्वोच्च अदालतका एक सवारी चालकमा कोरोना पुष्टि

काठमाडौँ । सर्वोच्च अदालतका १८१ जना कर्मचारीमा गरेको कोभिड–१९ परीक्षणमा एक जना सवारी चालकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र अधिकारीअनुसार...

कैलारीमा अनिश्चितकालका लागि लकडाउन

धनगढी । क्वारेन्टिनमा कार्यरत स्वास्थ्यकर्मीसहित तीन जनालाई कोरोना संक्रम देखिएपछि कैलालीको कैलारी गाउँपालिकामा अनिश्चितकालका लागि लकडाउन गरिने भएको छ । बुधबार गाउँपालिकाको विपद् व्यवस्थापन समिति,...

थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या ६० पुग्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म जम्मा सङ्क्रमितको सङ्ख्या २१ हजार ३९० पुगेको...

भर्खरै

कोरोना महामारीबीच स्वदेश छाड्न खोज्दै छन् युवा

काठमाडौं । चितवनका रामकृष्ण खतिवडा गत माघमा बहिनीको विवाहका लागि भन्दै घर बिदामा नेपाल आए । बहिनीको विवाह सम्पन्न भयो तर उनी आफूले काम...

कोरोना संक्रमण समूह–समूहमा

काठमाडौं । कोरोना भाइरस संक्रमण समुदायबाट समूह समूहमा फैलिन थालेको छ । पछिल्ला केही दिनयता संक्रमण समूह समूहमा देखिँदै गएपछि यसको जोखिम पनि सोही...

फेरि जोर बिजोर प्रणाली

काठमाडौं । बन्दाबन्दी खुकुलो भएसँगै मुलुकभर कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै सरकारले आज बिहीबारदेखि जोरविजोर नम्बरका आधारमा यातायातका साधन चल्न दिने भएको छ ।...

बन्दाबन्दीमा एक चौथाइ कर्मचारीको रोजगारी कटौती

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रका विभिन्न क्षेत्रमा पारेको प्रभाव आँकलन गर्ने तथा बन्दाबन्दीपश्चात उद्योग/व्यवसाय सञ्चालनको परिदृश्यसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ...

धेरै पढिएका

ई-पेपर

(Visited 44 times, 1 visits today)