Thursday, August 6, 2020
Home प्रमुख पर्व, धर्म, संस्कृति नष्ट हुने भन्दै गुरुयोजना खारेजीको माग

पर्व, धर्म, संस्कृति नष्ट हुने भन्दै गुरुयोजना खारेजीको माग

काठमाडौं । स्थानीयवासी एवं तीनै तहका जनप्रतिनिधिसँग परामर्श नगरी पशुपति क्षेत्र विकास कोषले दीर्घकालसम्म प्रभाव पार्ने गुरुयोजना प्रस्ताव गरेको भन्दै स्थानीयवासीले सांस्कृतिक ¥यालीसहित विरोध प्रदर्शन गरेका छन् ।

विरोधस्वरुप शनिबार बिहान पशुपतिको ट्याक्सी पार्कबाट–तिलगङ्गा–देउलाटोल–आँखा अस्पताल–गौशाला–रातोपुल–पनेको टोल–सिफलचौर–ताम्रेश्वर–नवालीटोल–जयवागेश्वरी–मित्रपार्क–कुटुबहाल–लामपोखरी–चन्द्रविनायक मन्दिर–चावहिल चोक–पीपलबोट–गौरीघाट–उमाकुण्ड–पशुपतिनाथको पश्चिम मूल ढोका–डठ्ठीटोल–जयवागेश्वरी हुँदै भुवनेश्वरी पार्क गरी गुरुयोजनाले प्रभाव पार्न लागेको सबै क्षेत्रमा सांस्कृतिक -याली निकालिएको संयुक्त सङ्घर्ष समितिका संयोजक आशामान सँगतले जानकारी दिए । सांस्कृतिक वेषभूषासहित -यालीमा सहभागी भएका स्थानीयवासीले गुरुयोजना तत्काल खारेज गर्न माग गरेका थिए ।

-यालीमा वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य, काठमाडौँ महानगरपालिका– ७ का अध्यक्ष शुद्धकुमार डङ्गोल, वडा नं ८ का अध्यक्ष दीनेशकुमार डङ्गोल, वडा नं ९ का अध्यक्ष रामकृष्ण जयेखु श्रेष्ठलगायत वडामा निर्वाचित जनप्रतिनिधि, स्थानीय सङ्घसंस्था, क्लब, गुठीलगायत सदस्यको सहभागिता थयो । सहभागीले एक स्वरमा कोष सञ्चालक परिषद्ले २०७६ माघ १९ गते पारित गरी मन्त्रिपरिषद्मा पेश गरेको गुरुयोजनाको विरोध गरेका थिए ।

स्थानीयवासीको प्राचीनकालदेखिको बस्ती नाश गर्ने, स्थानीयवासीका चाड पर्व, धर्म संस्कृति पनि नष्ट हुने भएकाले गुरुयोजना खारेज हुनुपर्ने सहभागीको माग थियो । समितिलाई आइतबार बिहान १० बजे संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले वार्ताका लागि बोलाएको जानकारी पनि संयोजक सँगतले दिए ।

(Visited 24 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बन्दाबन्दीमा एक चौथाइ कर्मचारीको रोजगारी कटौती

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रका विभिन्न क्षेत्रमा पारेको प्रभाव आँकलन गर्ने तथा बन्दाबन्दीपश्चात उद्योग/व्यवसाय सञ्चालनको परिदृश्यसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ...

सर्वोच्च अदालतका एक सवारी चालकमा कोरोना पुष्टि

काठमाडौँ । सर्वोच्च अदालतका १८१ जना कर्मचारीमा गरेको कोभिड–१९ परीक्षणमा एक जना सवारी चालकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र अधिकारीअनुसार...

कैलारीमा अनिश्चितकालका लागि लकडाउन

धनगढी । क्वारेन्टिनमा कार्यरत स्वास्थ्यकर्मीसहित तीन जनालाई कोरोना संक्रम देखिएपछि कैलालीको कैलारी गाउँपालिकामा अनिश्चितकालका लागि लकडाउन गरिने भएको छ । बुधबार गाउँपालिकाको विपद् व्यवस्थापन समिति,...

थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या ६० पुग्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म जम्मा सङ्क्रमितको सङ्ख्या २१ हजार ३९० पुगेको...

भर्खरै

कोरोना महामारीबीच स्वदेश छाड्न खोज्दै छन् युवा

काठमाडौं । चितवनका रामकृष्ण खतिवडा गत माघमा बहिनीको विवाहका लागि भन्दै घर बिदामा नेपाल आए । बहिनीको विवाह सम्पन्न भयो तर उनी आफूले काम...

कोरोना संक्रमण समूह–समूहमा

काठमाडौं । कोरोना भाइरस संक्रमण समुदायबाट समूह समूहमा फैलिन थालेको छ । पछिल्ला केही दिनयता संक्रमण समूह समूहमा देखिँदै गएपछि यसको जोखिम पनि सोही...

फेरि जोर बिजोर प्रणाली

काठमाडौं । बन्दाबन्दी खुकुलो भएसँगै मुलुकभर कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै सरकारले आज बिहीबारदेखि जोरविजोर नम्बरका आधारमा यातायातका साधन चल्न दिने भएको छ ।...

बन्दाबन्दीमा एक चौथाइ कर्मचारीको रोजगारी कटौती

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रका विभिन्न क्षेत्रमा पारेको प्रभाव आँकलन गर्ने तथा बन्दाबन्दीपश्चात उद्योग/व्यवसाय सञ्चालनको परिदृश्यसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ...

धेरै पढिएका

ई-पेपर

(Visited 44 times, 1 visits today)