काठमाडौं । शनिबार ३१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । मन्त्रालयको तथ्यांकअनुसार आजसम्म देशभर कूल संक्रमितको संख्या २० हजार ८६ पुगेको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा देशभरबाट ९३ जना कोरोना निको भएर घर फर्किएका छन् । अहिलेसम्म कोरोना भाइरस जित्नेको संखया १४ हजार ४९२ जना रहेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 164 times, 1 visits today)