Thursday, August 6, 2020
Home प्रमुख कोरोनाबाट बीरगन्जमा थप एकको मृत्यु

कोरोनाबाट बीरगन्जमा थप एकको मृत्यु

सांसद यादव सहित ६४ जना नयाँ संक्रमित थपिए

वीरगन्ज । बीरगन्जको वयोधा हस्पिटलमा उपचार गराइरहेकी एक महिलाको कोरोना संक्रमणको कारण मृत्युु भएको छ । मृतक ५० बर्षीय महिला वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाकी हुन् ।

बुधबार वीरगन्जको गण्डकमा रहेको बयोधा अस्पतालमा उपचारका लागि लगिएकी ती महिलाको शुक्रबार बिहान १० बजेर १२ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ । ती महिलामा उच्च रक्तचाप, मधुमेय र तीब्र स्वासप्रश्वासको समस्या रहेको चिकित्सकहरुले बताए ।

लक्षण सबै मिलेपछि त्यहाँका चिकित्सकले कोरोना परिक्षणका लागि नारायणी अस्पताललाई अनुरोध गरेपछि स्वाव संकलन गरी परिक्षण गरिएको नारायणी अस्पतालको कोभिड बिशेष अस्पताल गण्डकका डा. निरज सिंहले बताए । ती महिलाको कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएको उनको भनाइ छ । पर्सामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

सांसद यादव सहित ६४ थपिए नयाँ संक्रमित

पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवलाई पनि कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखी संक्रमित भएको सार्वजनिक गरेका हुन् ।

स्वास्थ्यमा खासै समस्या नभए पनि संक्रमण देखिएको र आफू निवासमा नै सुरक्षित ढंगले रहेको उनेले सार्वजनिक गरेको फेसबुक वालमा उल्लेख गरिएको छ ।

कोरोनाको कारण भयावह बन्दै गएको पर्सामा यो भन्दा अगाडी वीरगन्ज महानगरपालिकाका नगरप्रमुख सहित ४ सय स्थानीय संक्रमित भइसकेका छन् । यो सहित पर्सामा मात्र कुल संक्रमितको संख्या ४ सय ५९ पुगेको छ ।

गएराती फेरि पर्सामा एक डाक्टर, एक पारामेडिक्स र सांसद यादव सहित ६१ जना नयाँ संक्रमित थपिएका छन् । बाराका १ र रौतहटका २ गरी ३ जना भने छिमेकी जिल्लाका संक्रमित थपिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा मदन कुमार उपाध्यायले बताए । ६४ जनामा बाँकी सबै पर्साका स्थानीय रहेको उनको भनाइ छ । नयाँ संक्रमण पुष्टि भएका व्यक्तिहरु १५ बर्ष देखि ६८ बर्ष उमेर समूहका रहेको डा कुमार उपाध्यायले बताए ।

संक्रमित मध्ये ६१ जना पुरुष

संक्रमित देखिएका मध्ये ३ महिला र बाँकी सबै पुरुष रहेको नारायणी अस्पतालको बिशेष कोभिड अस्पताल गण्डकका डा.निरज सिंहले बताए । केहीमा लक्षण पनि देखिएको छ । नयाँ थपिएका संक्रमितहरुलाई कोभिड अस्पतालमा राख्ने ठाउँ भने पहिले नै भरिई सकेकोले नमिल्ने उनले तर्क गरे ।

थपिएका नयाँ संक्रमितहरुमा बाराका १ जना र रौतहटका २ वाहेक सबै पर्साको वीरगन्ज महानगरपालिका १, ३, ६, ७, १०, १२, १६, २३ २५, नम्बर वडाका रहेको डा सिंहको भनाइ छ । ती वडामा पनि बढि संक्रमित वडा नम्बर ६ माईस्थान आसपासका रहेको पाइएको छ । लक्षण नदेखिएका संक्रमितलाई भने होम आइसोलेशनमा नै राख्ने तयारी भइरहेको नारायणी अस्पताले जनाएको छ ।

निस्फिक्री बाहिर घुम्छन्

होम आइसोलेशनमा राखिएका संक्रमितहरु घर बाहिर हिड्ने र नजिकका पसलहरुमा पनि पुग्ने गरेको खुलासा भएको छ । उनीहरु छिमेकमा भएहरुलाई आफू संक्रमित नभएको झुटो कुरा भन्दै बाहिर निस्किने पनि गरेको पीडितले बताएका छन् । यसले पनि समुदायमा अझ कोरोनाको जोखिम बड्ने सम्भावना बढेर गएको स्थानीय बताउँछन् ।

नारायणी अस्पतालको क्वाटर भित्रका केही संक्रमितले पनि अटेर गरी बाहिर निस्किदिंदा अस्पतालको क्वाटरमा बस्दै आएका अरुमा समेत संक्रमण सर्ने खतरा बढेर गएको संक्रमित नभएकाहरुको गुनासो छ । बाहिर नहिड्नुस् भन्दा संक्रमितले उल्टै अरुलाई हप्काउने सम्म गरेको खुलासा भएको छ ।

छ जना डिष्चार्ज

वीरगन्जको कोभिड अस्पताल गण्डकबाट आज फेरि ६ जना कोरोना जितेर डिष्चार्ज भएका छन् । लक्षण देखिएका संक्रमितको उपचार हुँदै गरेको कोभिड अस्पताल गण्डकबाट आज फेरि ६ जनाले कोरोना जितेर डिष्चार्ज भएका हुन् ।

डिष्चार्ज हुनेहरु सबै पुरुष रहेको नारायणी अस्पतालको कोभिड बिशेष अस्पताल गण्डकका डा निरज सिंहले बताए । कोरोना पुष्टि भएका र नभएका पनि हरेक दिन कोरोनाका कारण कुनै न कुनैको मृत्यु हुने क्रम वीरगन्जमा नरोकिएपछि संक्रमितमा पनि त्रास बढेको थियो । तथापि संक्रमितहरु पनि निको भएर डिष्चार्ज हुने क्रम ठिक रहेको उनले तर्क गरे ।

डिष्चार्ज हुनेहरु साउन ६ गते, ७ गते र ८ गते संक्रमण पुष्टि भई अस्पतलामा भर्ना भएका व्यक्तिहरु हुन् । उनीहरुमा कोरोना परिक्षण गर्दा नेगेटिभ देखिएपछि डिष्चार्ज गरिएको कोभिड अस्पताल गण्डकले जनाएको छ ।

(Visited 546 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बन्दाबन्दीमा एक चौथाइ कर्मचारीको रोजगारी कटौती

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रका विभिन्न क्षेत्रमा पारेको प्रभाव आँकलन गर्ने तथा बन्दाबन्दीपश्चात उद्योग/व्यवसाय सञ्चालनको परिदृश्यसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ...

सर्वोच्च अदालतका एक सवारी चालकमा कोरोना पुष्टि

काठमाडौँ । सर्वोच्च अदालतका १८१ जना कर्मचारीमा गरेको कोभिड–१९ परीक्षणमा एक जना सवारी चालकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र अधिकारीअनुसार...

कैलारीमा अनिश्चितकालका लागि लकडाउन

धनगढी । क्वारेन्टिनमा कार्यरत स्वास्थ्यकर्मीसहित तीन जनालाई कोरोना संक्रम देखिएपछि कैलालीको कैलारी गाउँपालिकामा अनिश्चितकालका लागि लकडाउन गरिने भएको छ । बुधबार गाउँपालिकाको विपद् व्यवस्थापन समिति,...

थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या ६० पुग्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म जम्मा सङ्क्रमितको सङ्ख्या २१ हजार ३९० पुगेको...

भर्खरै

कोरोना महामारीबीच स्वदेश छाड्न खोज्दै छन् युवा

काठमाडौं । चितवनका रामकृष्ण खतिवडा गत माघमा बहिनीको विवाहका लागि भन्दै घर बिदामा नेपाल आए । बहिनीको विवाह सम्पन्न भयो तर उनी आफूले काम...

कोरोना संक्रमण समूह–समूहमा

काठमाडौं । कोरोना भाइरस संक्रमण समुदायबाट समूह समूहमा फैलिन थालेको छ । पछिल्ला केही दिनयता संक्रमण समूह समूहमा देखिँदै गएपछि यसको जोखिम पनि सोही...

फेरि जोर बिजोर प्रणाली

काठमाडौं । बन्दाबन्दी खुकुलो भएसँगै मुलुकभर कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै सरकारले आज बिहीबारदेखि जोरविजोर नम्बरका आधारमा यातायातका साधन चल्न दिने भएको छ ।...

बन्दाबन्दीमा एक चौथाइ कर्मचारीको रोजगारी कटौती

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रका विभिन्न क्षेत्रमा पारेको प्रभाव आँकलन गर्ने तथा बन्दाबन्दीपश्चात उद्योग/व्यवसाय सञ्चालनको परिदृश्यसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ...

धेरै पढिएका

ई-पेपर

(Visited 44 times, 1 visits today)