Tuesday, August 4, 2020
Home बिचार सुन तस्करीको जालो तोड

सुन तस्करीको जालो तोड

कोरोना भाइरसको संक्रमण र प्रभाव बढिरहेका बेला विश्वमा सुनको भाउ अकासिएसँगै नेपालमा पनि त्यसको प्रत्यक्ष असर परिरहेको छ । एक तोलाको १ लाख बराबर मूल्यमा पुगेपछि सुनको तस्करीसमेत बढेर गएको छ । सुन तस्करी गर्दा भित्र चाँदी तर बाहिर सुनको जलप लगाएर गाडीमा नक्कली सुनको ओसारपसार चलिरहेको छ । तस्करीको यो जालोमा नेपाल प्रहरीको कतै न कतै संलग्नता रहेको कुरा सतहमा आइरहेका छन् । जानकारहरूका अनुसार नेपालमा हुने सुन तस्करी सुरक्षाकर्मीको सेटिङमै हुने गरेका छन् । यो राज्यसत्ता र सरकारका लागि गम्भीर चुनौतीको विषय हो । हालै मात्र दरबारमार्गको सुनकाण्डको बयान आफैंमा अपत्यारिलो रूपमा पटाक्षेप हुन पुगेको छ । प्रहरीले १४ किलो सुनको झोला फ्याँकेर भागेको भनी पहिलो प्रचार गराए । त्यसलगत्तै १ किलो मात्र सुन भएको र बाँकी १३ किलो सुनको जलप लगाइएको चाँदी भएको सूचना सम्प्रेषण गरियो । त्यसपछि सुन भनिएको १ किलो धातुमा फेरि आधा किलो सुन र आधा किलो चाँदी भएको प्रचार भयो । यो दिनदहाडै मञ्चन गरिएको एक नाटकीय करामतमा परिणत भयो ।

आमजनता आश्चर्यमा परिरहँदा सुन फेला परेको स्थान दरबारमार्गबाट सुनधारामा सारियो । प्रहरीलाई देखेर झोला फ्याँकी भागेका भनिएका मानिसहरूको भिडियो फुटेज हेर्दा प्रहरी जवानलाई हातैमा झोला थमाएर गाडी फर्काई आरामसँग गएको देखियो । यस्ता कौतूहलपूर्ण तथा विवादास्पद बयान आइरहे । तर, छानबिन र कारबाहीको प्रक्रिया तत्काल अघि बढाउनुको सट्टा दरबारमार्ग प्रहरी प्रमुख डीएसपी रञ्जनकुमार दाहाललाई तत्काल प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा सारियो । १४ किलो सुन राखिएको झोला समाउने प्रहरी जवान बहादुरसिंह कडायत र डीएसपीलाई खबर पु¥याउने प्रहरी जवान प्रशान्त श्रेष्ठमाथि छानबिन सोझिएको छ । तर, डीएसपी दाहाललाई भने चोखै छोडिएको छ । प्रहरीले सुन आउने कुरा पनि थाहा पाउने, गाडी नम्बर र मानिस पनि चिन्ने, रुट पनि यकिन गर्ने, स्थान पनि छनोट गर्ने, एम्बुस थापेझैं गरी कुर्न पनि आफंै जाने र सुन बुझाउनेहरू सुरक्षित भएपछि मात्र गाडी भाग्यो भनेर सम्बन्धित बिटलाई रिपोर्ट गर्नेजस्ता सारा सेटिङभित्रको रहस्य आफैंमा खुला किताबको पानाझैं सार्वजनिक भएको छ । त्यसमा पनि भटिएको भनिएको सुन जलप लगाइएको र नक्कली मात्र हुने कारण के हो ?

यो आफैंमा स्पष्ट छ कि यी सारा कुरा डिजाइनअनुसारका सेटिङमा भएका छन् । कोही पनि मानिस जोखिम मोलेर नक्कली सुन बोक्दैन । व्यापारीले माल नक्कली र सक्कली तुरन्त थाहा पाइहाल्छन् । नक्कली सुन किनेर कुनै व्यापारी चौपट भएको समाचारसम्म सुनिएको छैन पनि । बरु प्रस्ट आशंका के हो भने प्रहरी आफैंले त्यस्ता नक्कली सुन राख्छन् र जब सक्कली सुन हात लाग्छ, ती सबै ती नक्कलीसँग साटेर नक्कली भेटियो भनी हल्ला फिँजाइदिन्छन् । बजारमा बिक्रेताले सुनलाई सुनकै भाउमा बेचिरहेको छ र चाँदीलाई चाँदीको भाउमा । तस्करहरूले किन चाँदीमा सुन लेपन गर्नुप¥यो त ? यो प्रहरीको खेलोका लागि हो । किनकि, सक्कली दमपच पारी नक्कली देखाए पनि सुन तस्कर त कानुनी व्यवधानका कारणले पनि मैले सक्कली नै दिएको हो भनेर बयान दिन त आउँदैन । हेर्दा ठट्यौला देखिए पनि यस्ता घटना देश, जनता र राष्ट्रिय स्वाभिमानमा गम्भीर आँच आउने कुरासँग जोडिएका छन् । सरकार समयमै सतर्क रहनु जरुरी छ ।

(Visited 32 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

मंगलबारदेखि सप्तरीमा निषेधाज्ञा जारी

राजविराज । सामुदायिकस्तरमा कोरोनाको सङ्क्रमण तीव्ररुपमा बढिरहेको भन्दै सप्तरी जिल्लाभरि स्थानीय प्रशासनले भोलि साउन २० देखि २६ गतेसम्म छ दिनका लागि निषेधाज्ञा जारी गर्ने...

गलत ठाउँमा ढाेका राखिएकाले मेलम्ची खानेपानीमा दुर्घटना

काठमाडाैं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा प्राविधिक त्रुटिका कारण दुर्घटना भएको पाइएको छ । खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न...

थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप ४१८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले...

तेजाब आक्रमणसम्बन्धी दण्डसजाय परिमार्जन गर्न निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले तेजाब आक्रमणसम्बन्धी कानूनी व्यवस्था र दण्डसजायलाई समयसापेक्ष परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउँदै आवश्यक संशोधन गर्न गृह मन्त्रालयलाई निर्देशन...

भर्खरै

जलकन्यादेवी मन्दिरमा पूजा गर्न गएकी महिला तुइन चुडिएर बेपत्ता

लमजुङ । लमजुङमा तुइन चुडिएर एक महिला नदीमा बेपत्ता भएकी छन् । एक युवक घाइते भएको प्रहरीले जनाएको छ । तुइन चुडिएर बेपत्ता हुनेमा लमजुङ...

प्रदेश २ मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण

जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । यससँगै धनुषामा आज (सोमबार) ३०...

देखिएन रक्षाबन्धनको रौनक

सप्तरी, राजविराज । प्रत्येक दिदीबहिनीमा रक्षाबन्धन पर्वको पर्खाई र उत्साह बेग्लै हुन्छ । तर यस पल्ट कोरोनाको त्रास र निषेधाज्ञाका कारण वर्ष दिनको पर्व...

झुठो विवरण लेखाउन थालेपछि स्वाब परिक्षणमा परिचयपत्र अनिवार्य

सप्तरी, राजविराज । कोरोना परिक्षणका क्रममा स्वाब दिने बेलामा झुठो विवरण लेखाउने क्रम बढेपछि सप्तरी जिल्लामा परिचय खुल्ने आधिकारीक प्रमाणपत्र अनिवार्य गरिएको छ । करिब...

धेरै पढिएका

जलकन्यादेवी मन्दिरमा पूजा गर्न गएकी महिला तुइन चुडिएर बेपत्ता

लमजुङ । लमजुङमा तुइन चुडिएर एक महिला नदीमा बेपत्ता भएकी छन् । एक युवक घाइते भएको प्रहरीले जनाएको छ । तुइन चुडिएर बेपत्ता हुनेमा लमजुङ...

प्रदेश २ मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण

जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । यससँगै धनुषामा आज (सोमबार) ३०...

देखिएन रक्षाबन्धनको रौनक

सप्तरी, राजविराज । प्रत्येक दिदीबहिनीमा रक्षाबन्धन पर्वको पर्खाई र उत्साह बेग्लै हुन्छ । तर यस पल्ट कोरोनाको त्रास र निषेधाज्ञाका कारण वर्ष दिनको पर्व...

झुठो विवरण लेखाउन थालेपछि स्वाब परिक्षणमा परिचयपत्र अनिवार्य

सप्तरी, राजविराज । कोरोना परिक्षणका क्रममा स्वाब दिने बेलामा झुठो विवरण लेखाउने क्रम बढेपछि सप्तरी जिल्लामा परिचय खुल्ने आधिकारीक प्रमाणपत्र अनिवार्य गरिएको छ । करिब...

ई-पेपर

(Visited 44 times, 1 visits today)