Friday, August 7, 2020
Home बिचार महामारीले सिकाएको पाठ

महामारीले सिकाएको पाठ

सेवाको गुणस्तर तथा उपचार प्रविधिको जतिसुकै ठूला गफ गरिआए पनि हाम्रा अधिकांश अस्पतालमा सामान्य अवस्थामा पनि सेवाग्राहीले सुरक्षित पिउने पानी, सफा शौचालय, हात धुने ठाउँ र पानीको व्यवस्था, स्वास्थ्यजन्य संक्रमित तथा अन्य फोहोरको सुरक्षित व्यवस्थापनजस्ता आवश्यक आधारभूत सेवासम्म पाउन सकेका छैनन् । औषधि खान फार्मेसीमा पानी किन्नुपर्छ, शौचालय छिर्न नाक थुन्नपर्छ, फोहरकै कारण संक्रमण फैलाउने थलो बन्दै छन् । विश्व स्वास्थ्य संगठनको ताजा तथ्यांकमा विश्वभरि कम्तीमा १५ प्रतिशत बिरामी अस्पताल बसाइका क्रममा एक वा त्यो भन्दा बढी संक्रमणबाट ग्रस्त हुन्छन् । द गार्जियनमा २०१९ मा प्रकाशित रिर्पाेटमा विश्वभर वार्षिक झन्डै १० लाख व्यक्तिको मृत्यृ अव्यवस्थित फोहोर व्यवस्थापनका कारण उत्पन्न संक्रमण तथा रोग फैलिएर हुने गरेको छ । हाम्रो जस्तो देशमा अवस्था झन् भयावह रहेको सहजै अनुमान गर्न सकिन्छ ।

गाउँबाट उपचारमा आएकालाई दाउरा नबाल्न र बालिरहे तीन महिना बढी बचाउन नसक्ने भन्ने स्वास्थ्यकर्मी पनि छेउमै पोलिथिन बालिरहँदा केही बोल्दैनन् । नेपालमा दैनिक प्रति शøया बढीमा २ केजी उत्पादन तथा एकपटक अटोक्लेभ स्थापना भइसकेपछि प्रतिकेजी १० देखि २० रुपैयाँ खर्च लाग्छ । स्वास्थ्यजन्य फोहर कुल फोहरको २ प्रतिशत तथा संक्रमित फोहर कुल स्वास्थ्यजन्य फोहरको १५ देखि ३० प्रतिशत रहन्छ । स्रोतमा फोहर छुट्टयाउने नगर्दा ७५ प्रतिशत बढी फोहर हानिकारक र संक्रमित बन्छ । महामारीका समयमा झनै फोहरको मात्रा धेरै गुणा बढी हुन्छ ।

परीक्षणको दायराको कुरा गर्दा अमेरिकामा त रोग नियन्त्रण तथा रोकथाम केन्द्रले पत्ता लागेका भन्दा १० गुणा बढी संक्रमित रहेको अनुमान गरेको छ भने हामीकहाँ दैनिक ५ हजारको परीक्षण गर्दा धेरै संक्रमित अहिले पनि पहिचान भइनसकेको अवस्थामा रहेका हुन सक्छन् । नेपालमा अन्य देशको भन्दा कोरोनाको मृत्यृदर कम भएको समाचार आइरहेका छन् । जसलाई सम्मानीय प्रधानमन्त्रीले नेपालीको रोग प्रतिरोधी क्षमता बढी भएकाले यसो भएको जिकिर संसद्मै गरे ।

हामीकहाँ कुपोषण उच्च भएकाले प्रतिरोधी क्षमता कमजोर छ भनेको भए वैज्ञानिक तर्क रहन्थ्यो । भाइरसले मुख्यतः फोक्सोमा असर गरेर मानिसको मृत्यृ हुने भए पनि साइटोकाइन स्ट्रोम, एआरडीएस र भाइरेमियाले मल्टिअर्गन फेलर तथा कतिपयमा मृत्युको कारण अध्ययनकै विषय छ । सस्तो लोकप्रियता र अल्पज्ञानको आधारमा हाम्रो मृत्यृदर कम छ, हाम्रो इम्युनिटी राम्रो छ, हामीलाई रोगले केही गर्न सक्दैन, लसुन, अदुवा र बेसार खादा कोरोना जितिन्छ भनेर समय बर्बाद गर्नुभन्दा सबै जना गम्भीर भएर हाम्रो अवस्था अरू देशको भन्दा भयावह हुन नदिन आजै, अहिलेदेखि नै सुरक्षाका सावधानी र रोकथामका उपायहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु अहिलेको आवश्यकता हो ।

जनस्वास्थ्य व्यवस्थापन प्रणालीको विकासमा लगानी गरी कोरोनाजस्ता महामारीलाई नियन्त्रण गरिनुपर्छ

सरकारका कमजोरी : लकडाउनको अवधिमा धेरैभन्दा धेरै संभावित संक्रमित खोज्ने, शंकास्पद व्यक्तिको नमुना संकलन तथा परीक्षण गर्ने र त्यस्को नतिजा नआउन्जेल क्वारेन्टाइनमा राख्ने क्रमलाई तीव्रता दिनुपर्ने तर क्वारेन्टाइन र आइसोलेसनमा रहेकालाई सम्मानपूर्वक र मानवीय व्यवहार गरिनुपर्ने तथा त्यहाँ बसेकालाई परिवार, समाज र देशमा रोग फैलनबाट रोक्न यसो गरिएको बारे मनोचिकित्सा सेवा दिनुपर्ने थियो । हरेक सरसल्लाहमा हाम्राभन्दा राम्रालाई विश्वास गर्न सक्नुपथ्र्याे ।
यसका साथै, बेलैमा स्वास्थ्य सामग्रीको जोहो गर्न नसक्नु, हल्का टिप्पणी र कोरोनामुक्त देशको घोषणामा तयारी, सीमामा आएका नागरिकलाई अलपत्र पार्नु र संक्रमण झन् बढेपछि भिœयाउनु, विदेशबाट आएका तथा क्वारेन्टिनकालाई आरडीटी मात्र गरेर घर पठाउनु र क्वारेन्टिन व्यवस्थित नहुनु यसका अन्य प्रमुख कारण रहेका छन् । साथै, योजना र अनुगमनबिना लकडाउन खोल्नु, होम क्वारेन्टिन तथा आइसोलेसनको पालना र निगरानी नहुनु पनि कम जिम्मवार छैनन् ।

असरका साथै अवसर : विश्व तथा नेपालको सुदूर इतिहासमा सरकारले जनस्वास्थ्यका विषयमा यति महŒवको विषय कहिले बनाएको छैन । हाल माहोल तातेको छ । समग्र स्वास्थ्य प्रणाली, जनशक्ति र पूर्वाधारमा निकै बजेट र प्राथमिकताका साथ नीति, योजना, कार्यक्रम र बजेट तय हुनुपर्छ । बिरामी प्रधानमन्त्री रहेकाले पनि लेगासी यसमा जोडिन्छ । दोस्रो विश्वयुद्धले सर विन्स्टन चर्चिललाई विश्वप्रसिद्ध राजनेताका रूपमा पहिचान बनाइदियो । रुजवेल्टलाई अमेरिकाको विशेष राजनेता र राष्ट्रपतिको सूचीमा दर्ज गरायो । अहिलेको नेतृत्वलाई पनि नेता मात्र नभई राजनेता बन्न, एउटा अभूतपूर्व चुनौती र त्यसलाई अवसरमा बदल्ने ऐतिहासिक जिम्मेवारी दिएको छ, जसलाई कुशलतापूर्वक जिम्मेवारी निभाउन सफलताको कामना गर्दे जिम्मेवारी वहन तथा जनताको नजरमा पनि सफल देखिन र विश्वास जित्न अनुरोध छ ।
सधैं छाया तथा ओझेलमा पर्ने मन्त्रालय हाल महŒवपूर्ण बनेको छ । स्वास्थ्यकर्मीलाई सिपाही र नायकको रूपमा भूमिका निभाउने, जनताको पूर्ण विश्वास जित्ने, आदरसम्मान जित्ने, थप गौरवान्वित बन्ने मौका मिलेको छ । नीति निर्मातालाई सांगठनिक संरचना, स्वास्थ्यका संरचना, स्वास्थ्यकर्मीको दरबन्दी, सेवा, सुविधा, औजार, उपकरणको आवश्यक हेरफेर गर्ने स्वर्णिम अवसर पनि हो । बजेट बढाइ कम्तीमा २ अंकको बनाउन लबिङ त पुगेन नै । तथापि, सीडीसी, स्वास्थ्य संरचना, महामारी व्यवस्थापनका लागि तयारी संरचना, तीनै तहमा संरचना र तयारी गर्ने मौका मिलेको छ ।
प्रहरीको आँखा छलेर टनाटन यात्रु कोच्ने यातायात सञ्चालक तथा जसरी पनि पुग्नुछ भनेर कोचाकोच गरेर चढ्ने यात्रु दुवैले आफ्ना बानी सुधार्नपर्छ । सीडीसीले हालै पखाला, बान्ता, नाक बन्द, पानी बग्ने, घाँटी दुख्ने, जिउ दुख्नेजस्ता लक्षण पनि थपिएका छन्, जुन बर्सेनि देखिने झाडापखाला, हैजा, रुघाखोकी, फ्लुसँग मिल्छ । स्वास्थ्यकर्मी अब तर्सिन थाले अन्य रोगको पनि उपचार नहुने र मानवीय क्षतिको डर छ ।

लक्षण नभएकालाई पनि एप्सद्वारा निगरानीमा राख्ने, देश भित्रिएकालाई परीक्षण र निगरानी, हरेक ५ किमीमा अस्थायी अस्पताल, जोखिम वर्ग, उमेर र समूहको विशेष सुरक्षा र सावधानी, जनचेतना गाउँगाउँमा फैलाउने, हरेक घरमा थर्माेमिटर र रिर्पाेट ईमेलमार्फत पठाउने र २१ दिनको लक्षण हेरेर वर्गीकरण गर्ने, मोबाइल स्क्यानरमार्फत निगरानीमा राखिनपर्छ ।
हालको बेला मात्र हैन, हरेक दिन आउन सक्ने आकस्मिकताका लागि हरेक स्वास्थ्यसंस्था र निकायले भविष्यका लागि सबै तयारी गर्नुपर्ने देखिन्छ । तथापि, सुविधासम्पन्न सहरमा भएका सबै अस्पतालमा पनि आकस्मिक सेवामा व्यापक सुधार गर्नुपर्ने अवस्था छ । उकालो चढ्दै गरेको सवारी दुर्घटनामा पर्ने घाइतेको बिचल्लीले हाम्रो आकस्मिक सेवाको अनुहार देखाइरहेको छ ।

महामारीमा स्थायी संरचना निस्तेज पार्दै अस्थायी संरचना र समिति सक्रिय भए । तयारी गर्ने बेला कोरोनामुक्त देश भन्दै भ्रमण वर्षको प्रचारमा पर्यटनमन्त्री भट्टराई, बेइजिङमा पानी पर्दा न्युरोडमा छाता ओढ्न नपर्ने स्वास्थ्यमन्त्री ढकालले प्रतिनिधिसभामा बोल्दै हिँडे । हाल पनि यति यति काम ग¥यौं र अब जस्तोसुकै अवस्थामा पनि नागरिकको ज्यान जोगाउन सक्ने तयारीमा हामी छौं र तपार्इं पनि एसएमएस मान्दिनुस् भन्नुुपर्नेमा जनतालाई मोतीबिन्दु लागेको भन्दै हिँडेका छन् ।
अन्तमा, राष्ट्रिय बजेटको ६ प्रतिशत बढी स्वास्थ्यमा छुट्याएको मौकामा उक्त रकमले स्थानीय तहदेखि केन्द्रसम्म नै बलियो जनस्वास्थ्य व्यवस्थापन प्रणालीको विकासमा लगानी गरी भोलि आइपर्ने कोरोनाजस्ता महामारीलाई सजिलै नियन्त्रण गर्न सक्छ । तसर्थ, आजको नेतृत्वको चुनौती र अवसर दुवै बनेको घरदैलोसम्म पुगेको गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली व्यवस्थापनको विकास हो ।

(Visited 485 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

काठमाडौंमा १०२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९२ जनामा संक्रमण...

कोरोना संक्रमणबाट पाटन अस्पतालमा दुई जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट शुक्रबार थप दुई जनाको मृत्यु भएको छ । पाटन अस्पतालको आईसीयूमा उपचाररत ४५ वर्षीय पुरुष र ४१ वर्षीय महिलाको मृत्यु...

३४ जना स्वास्थ्यकर्मी आइसोलेशन र क्वारेन्टाइनमा बसेपछि अस्पतालको उपचार सेवा बन्द

सप्तरी, राजविराज । ३४ जना स्वासथ्यकर्मी आइसोलेशन र क्वारेन्टाइनमा बसेपछि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको उपचार सेवा शक्रबारदेखी बन्द हुन पुगेको छ । चिकित्सक र...

काठमाडौं उपत्यकाका तीन ओटै जिल्लामा अत्यावश्यकबाहेकका सेवा १५ दिनलाई स्थगित

  काठमाडौं । काठमाडौं उपत्यकाका तीन ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले कोरोना स‌ंक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले प्रदान गर्दै आएको अत्यावश्यकबाहेकका सेवा...

भर्खरै

गलत समुहको रगत दिएपछि मृत्यु भयो सुत्केरी महिलाको

जनकपुरधाम । रगतको समुह हेरफेर गरी चढाएपछि जनकपुरधाममा एक सुत्केरी महिलाको मृत्यु भएको छ । नेपाल रेडक्रस सोसाईटी जनकपुरधाम शाखाको रक्त सञ्चार केन्द्रले नमुना...

मुलुकभर ४ सय ६४ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घन्टामा मुलुकभर ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार देशभर...

काठमाडौंमा १०२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९२ जनामा संक्रमण...

बीपी साहित्य पुरस्कार ज्ञानमणी नेपाललाई, होमनाथ दाहाललाई सेनानी सम्मान

काठमाडौं । जननायक बी.पी. कोइराला स्मृति ट्रष्टले प्रत्येक वर्ष बी.पी. जयन्तीका अवसरमा बी.पी. साहित्य सम्मान पुरस्कार र सेनानी सम्मान पुरस्कार प्रदान गदैं आएको छ...

धेरै पढिएका

गलत समुहको रगत दिएपछि मृत्यु भयो सुत्केरी महिलाको

जनकपुरधाम । रगतको समुह हेरफेर गरी चढाएपछि जनकपुरधाममा एक सुत्केरी महिलाको मृत्यु भएको छ । नेपाल रेडक्रस सोसाईटी जनकपुरधाम शाखाको रक्त सञ्चार केन्द्रले नमुना...

मुलुकभर ४ सय ६४ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घन्टामा मुलुकभर ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार देशभर...

काठमाडौंमा १०२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९२ जनामा संक्रमण...

बीपी साहित्य पुरस्कार ज्ञानमणी नेपाललाई, होमनाथ दाहाललाई सेनानी सम्मान

काठमाडौं । जननायक बी.पी. कोइराला स्मृति ट्रष्टले प्रत्येक वर्ष बी.पी. जयन्तीका अवसरमा बी.पी. साहित्य सम्मान पुरस्कार र सेनानी सम्मान पुरस्कार प्रदान गदैं आएको छ...

ई-पेपर

(Visited 45 times, 1 visits today)