Friday, August 7, 2020
Home बिचार जनैपूर्णिमाको धार्मिक आस्था

जनैपूर्णिमाको धार्मिक आस्था

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिन जनैपूर्णिमालाई श्रावणी भनिन्छ । ऋषिहरूको तर्पन गरिने दिन भएको हँुदा ऋषितर्पणी भनिन्छ । हरेक चाडवाडको आआफ्नै महŒव र सन्दर्भ हुन्छ । कुनै चाड माटोको चाड हुन्छ, कुनै पानीको चाड र आज यो जनैपूर्णिमा भने धागो र बन्धनको चाड हो । धागो अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धन । ब्राह्मण र क्षत्रीय पुरुषले हिन्दु परम्पराअनुसार यज्ञोपवित अर्थात् जनै लगाउने चलन रहिआएको छ । बाल्यकालपश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पत्र गरी गुरूपुरोहितद्वारा अरूले नसुन्नेगरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ संकल्प लिएर देब्रे काँधमाथि पर्नेगरी दाहिने हातको मुन्तिर पारेर गुरु पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ ।

जनै फेर्ने दिन भएकोले जनैपूर्णिमा नाम रहन गएको स्पष्ट छ । तर, मलमास परेको वर्षमा मात्र भाद्र शुक्ल पूर्णिमाको दिन पर्न आउँछ । यसै दिन जनै लाउनेहरूले जनै फेर्ने दिन भएकाले यस पूर्णिमाको नाम जनैपूर्णिमा रहन गएको हो । यस दिनलाई रक्षाबन्धनको नामले पनि चिनिन्छ । शास्त्रको विधिबमोजिम ब्राह्मणद्वारा स्त्रोत वा मन्त्र पढाउन लगाई हातमा रुक्षाबन्धन बाँध्न लगाउने चलन छ । हातमा बाधिने रक्षाबन्धनबाट रोगव्याधि, अनिष्ट र संकट नाश गरी स्वास्थ्यको रक्षा गर्दछ भन्ने विश्वास गरिन्छ ।

कुनै पनि देशले आफ्ना पारम्परिक धार्मिक वा सांस्कृतिक निधिलाई जीवन्तता प्रदान गरिरहेका हुन्छन् । संक्षेपमा भन्नुपर्दा त्यो नै त्यस देशको सांस्कृतिक गतिविधि त्यहाँको सामाजिक प्रतिबिम्ब हो । यसरी पूर्वजहरूले सामाजिक धरोहरको रूपमा छोडेर गएका विभिन्न पर्वमध्ये जनैपूर्णिमा पनि एक हो । एक पक्षबाट हेर्दा यो केबल तागाधारीको मात्र पर्व हो कि भन्ने लाग्छ, परन्तु त्यसो होइन । तागाधारीले पनि यस दिन रक्षासूत्र बाँध्ने प्रचलन छ । अतः गैरतागाधारीले वैदिक मन्त्ररहित भई स्नान, दान, ऋषिपूजन आदि गर्नु हुन्छ भन्ने वर्णन भविष्य पुराणमा उल्लेख भएको कुरा हेमाद्रिमा उल्लेख भएको पाइन्छ । यसमा जनै फेर्ने कुरा के छ भने जनै कहिले र कति समयसम्म लगाउनुपर्छ ? भन्ने शास्त्रीय विधानको श्लोकलाई प्रस्तुत गर्नु सान्दर्भिक देखिन्छ ।

‘सूतके मृतके चैव गते मांसचतुष्टये । नवयज्ञोपवीतानि धृत्थजीर्णानिसंत्यजेत् ।’ यसको अर्थ हो जुठो सुतक परेमा वा चार महिना बितेपछि नयाँ जनै फेरेर पुरानोलाई फाल्नु पर्दछ । जनैपूर्णिमाका दिन प्रातकालमा उठी नदी, कुवा, इनार, धारा आदि गएर दतिवन लगाई सेतोमाटो, गोवर र खरानी अंगमा दलेर स्नान गर्नुपर्ने विधान छ । त्यसपछि अरुणघर्तिसहित कश्यप, भरद्वाज, गौतम, अत्रि, जमदग्नि, वशिष्ठ र विश्वामित्र यी सप्तर्षिहरूको पहिले पूजा गर्ने र पछाडि सबैलाई तर्पण गर्ने शास्त्रीय विधान रहेको पाइन्छ । जनैपूर्णिमा भगवान् शिवलाई आराधाना गरिने दिनको रूपमा र शुद्ध जनै बदल्ने दिनको रूपमासमेत लिइन्छ ।

समाजमा विद्यमान रहेका कुसंस्कार हटाई सनातन धर्मका राम्रा संस्कारलाई अगाल्नु समयसापेक्ष हुन्छ

श्रावणी पूर्णिमा नेपालमा प्राचीन कालदेखि नै प्रचलित हँुदै आइरहेको एक पावनतम पर्व मानिन्छ । जुन रक्षा अर्थात् ‘राखी’ यो पर्वमा मित्रहरू एक–दोस्रोलाई बाँध्छन् । बहिनीहरू प्रेमले आफ्ना भाइहरूलाई बाँध्छिन् र ब्राह्मण अन्य वर्गका मानिसलाई बाँध्दछन् । त्यो यथार्थमा सर्प अर्थात् दुष्टजनबाट त्राण पाउनका लागि, तिनीहरूको प्रेम एवं स्नेहमा आबद्ध आपसी एकताको प्रतीकस्वरूप प्रण थियो । पुराणअनुसार रक्षाबन्धन पर्वको पृष्ठभूमि पनि त्यही नै छ ।

हाम्रो देशमा विभिन्न किसिमका समुदाय, जातजाति, भाषाभाषी, बस्ने भएको हुनाले हरेक दिन एउटा न एउटा चाडपर्व पर्ने गरेको पाइन्छ । त्यस्तै गरी जनैपूर्णिमा पनि एक महŒवपूर्णको चाड हो । कुनै पनि धार्मिक सांस्कृति पर्वलाई सनातनदेखि चल्दै आएको परम्परा मान्यता र रीतिरिवाजअनुसार नै ठ्याम्मै अनुशरण गर्न हामी सक्छांै वा सक्दैनौं ? यौटा महŒवपूर्ण प्रश्न हामीसामु छ । विज्ञान र प्रविधिको विकास सञ्जालले घेरिएको आजका व्यस्त मानिससलाई धार्मिक परम्परामा पूरै बाँधिएर बस्न सीमा र व्यावहारिक कठिनाइ छ्यापछ्याप्ति छन् ।

नियम, मर्यादाको सीमारेखाभित्र रहँदा मानिस सुखी हुनुका साथै जीवनमा सफलता पनि हासिल गर्न पुग्दछ । त्यस्तै गरी रक्षाबन्धनले सबैको रक्षा गर्छ भन्ने चलन सत्ययुगदेखि नै चलेको देखिन्छ । अधि दानवहरूबाट पीडित देवगणहरूले अभिमानी असुरको हातबाट कसरी त्राण पाउन सकिएला भनी गुरु बृहस्पतिसामु हारगुहार मागेपछि गुरु बृहस्पतिले विशेष रक्षाकवचको रूपमा तयार पारेको रक्षाबन्धनको धागो देवी इन्द्रायणीमार्फत् देवराज इन्द्रलाई बाँधिदिएको र यसो गर्दा गुरु बृहस्पतिले विशेष मन्त्रजप गरेको जसको प्रभावले दानव पराजित भई देवता सुरक्षित रहेको प्रसंग र संस्मरणस्वरूप रक्षा धागो गुरुका हातबाट बाँध्ने परम्परा विकसित हुँदै आएको हो ।

अन्त्यमा भन्नुपर्दा यसरी मन्त्रेको जनै ६ वटा काँचो धागो (६ सूते धागो)लाई दुई बेग्लाबेग्लै गाँठो पारिसकेपछि सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ । जसलाई वार्षिक रूपमा आजैको दिन परिवर्तन गर्ने चलन रहिआएको छ । जनैमा रहने दुईवटा शिखाका ६ वटा घागो डोरामध्ये एउटा शिखामा रहेका तीनडोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ । जनै लगाउनुअगाडि पढ्ने संस्कृति मन्त्र ‘येन बद्धो बलिराजा दानवेन्द्रो महावलस् । तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल’ हो । यसरी चाडपर्वको रौनक निकै बढेको छ ।

जनैपूर्णिमा एक महŒवपूर्णको चाड हो । यो पर्र्व सर्वश्रेष्ठ धर्मको रूपमा संसारभरि परिचित छ, जसले गर्दा हाम्रो धर्ममा पनि केहि त्रुटिहरू छन् भने आध्यात्मिक जागरणको नाममा गलत संस्कार, छुवाछूत र रूढिवादीलाई निर्मूल गरिनुपर्दछ भन्ने पनि हो । समाजमा विद्यमान रहेका कुसंस्कारलाई हटाई सनातन धर्मबाट चलिआएको संस्कारलाई अगाल्नु समय सापेक्षिक हुन जाने छ । यस अर्थमा विश्वको एक मात्र हिन्दू राष्ट्रका रूपमा रहेको नेपालमा ८१ प्रतिशतभन्दा बढी हिन्दू रहेका छन् । समाजमा विद्यमान रहेका कुसंस्कारलाई हटाई सनातन धर्मबाट चलिआएको संस्कारलाई अगाल्नु समय सापेक्षिक हुन जानेछ । यस कारणले गर्दा हिन्दू धर्मलाई अझै अगाडि बढाएमा हाम्रा चाडपर्वको महŒव अझै बढ्ने कुरामा कसैको दुई मत नहोला ।

(Visited 101 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

काठमाडौंमा १०२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९२ जनामा संक्रमण...

कोरोना संक्रमणबाट पाटन अस्पतालमा दुई जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट शुक्रबार थप दुई जनाको मृत्यु भएको छ । पाटन अस्पतालको आईसीयूमा उपचाररत ४५ वर्षीय पुरुष र ४१ वर्षीय महिलाको मृत्यु...

३४ जना स्वास्थ्यकर्मी आइसोलेशन र क्वारेन्टाइनमा बसेपछि अस्पतालको उपचार सेवा बन्द

सप्तरी, राजविराज । ३४ जना स्वासथ्यकर्मी आइसोलेशन र क्वारेन्टाइनमा बसेपछि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको उपचार सेवा शक्रबारदेखी बन्द हुन पुगेको छ । चिकित्सक र...

काठमाडौं उपत्यकाका तीन ओटै जिल्लामा अत्यावश्यकबाहेकका सेवा १५ दिनलाई स्थगित

  काठमाडौं । काठमाडौं उपत्यकाका तीन ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले कोरोना स‌ंक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले प्रदान गर्दै आएको अत्यावश्यकबाहेकका सेवा...

भर्खरै

मैले कसैको नियुक्तिका लागि प्रधानमन्त्रीलाई सिफरिस गरेको छैन : बामदेव

काठमाडौं । नेकपा उपाध्यक्ष बामदेव गौतमले आफुले कसैको नियुक्तिका लागि सिफारिस नगरेको बताएका छन् । ‘लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका सुशील भट्टलाई...

होम आइशोलेसनमै बसेर बर्दियाका एक पत्रकारले जिते कोरोना

बर्दिया । दुई साता होम आइशोलेसनमा बसेका बर्दियाका एक वरिष्ठ पत्रकारले कोरोना जितेका छन् । नेपाल पत्रकार महासंघ बर्दियाका पूर्वअध्यक्ष कमलकुमार पन्थीले कोरोना जितेका...

बैतडीमा पहिरोमा पुरिएर आमा छोराको मृत्यु, दुई जना भागेर बाँचे

बैतडी । बैतडीमा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं ४ बलालीमा घरमाथिबाट पहिरो खस्दा ४० बर्षीय पशुपति बोहरा...

गलत समुहको रगत दिएपछि मृत्यु भयो सुत्केरी महिलाको

जनकपुरधाम । रगतको समुह हेरफेर गरी चढाएपछि जनकपुरधाममा एक सुत्केरी महिलाको मृत्यु भएको छ । नेपाल रेडक्रस सोसाईटी जनकपुरधाम शाखाको रक्त सञ्चार केन्द्रले नमुना...

धेरै पढिएका

मैले कसैको नियुक्तिका लागि प्रधानमन्त्रीलाई सिफरिस गरेको छैन : बामदेव

काठमाडौं । नेकपा उपाध्यक्ष बामदेव गौतमले आफुले कसैको नियुक्तिका लागि सिफारिस नगरेको बताएका छन् । ‘लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका सुशील भट्टलाई...

होम आइशोलेसनमै बसेर बर्दियाका एक पत्रकारले जिते कोरोना

बर्दिया । दुई साता होम आइशोलेसनमा बसेका बर्दियाका एक वरिष्ठ पत्रकारले कोरोना जितेका छन् । नेपाल पत्रकार महासंघ बर्दियाका पूर्वअध्यक्ष कमलकुमार पन्थीले कोरोना जितेका...

बैतडीमा पहिरोमा पुरिएर आमा छोराको मृत्यु, दुई जना भागेर बाँचे

बैतडी । बैतडीमा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं ४ बलालीमा घरमाथिबाट पहिरो खस्दा ४० बर्षीय पशुपति बोहरा...

गलत समुहको रगत दिएपछि मृत्यु भयो सुत्केरी महिलाको

जनकपुरधाम । रगतको समुह हेरफेर गरी चढाएपछि जनकपुरधाममा एक सुत्केरी महिलाको मृत्यु भएको छ । नेपाल रेडक्रस सोसाईटी जनकपुरधाम शाखाको रक्त सञ्चार केन्द्रले नमुना...

ई-पेपर

(Visited 45 times, 1 visits today)