Tuesday, August 4, 2020
Home Not-to-be-missed फ्रेन्च फुटबलमा पीएसजीको दबदबा

फ्रेन्च फुटबलमा पीएसजीको दबदबा

पेरिस । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सिजनको तेस्रो उपाधिको रूपमा फ्रेन्च लिग कपको उपाधि जितेको छ । शुक्रबार राति भएको खेलमा लिग वान प्रतिद्वन्द्वी लियोनलाई पेनाल्टी सुटआउटमा ६–५ ले पराजित गर्दै सिजनको तेस्रो उपाधि जित्न सफल भएको हो ।

फ्रेन्च लिग वानको च्याम्पियन भइसकेको पीएसजीले एक साताअघि कप डि फ्रान्सको उपाधि जितेको थियो । यससँगै पीएसजीले फ्रेन्च फुटबलमा एकै सिजन तीन उपाधि जित्दै दबदबा कायम गरेको छ । यस्तै, पीएसजीले फ्रेन्च लिग कप सर्वाधिक नवौंपटक जित्न सफल भएको छ । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय र थप गरिएको समयमा पनि कुनै गोल निस्कन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइदा पीएसजीले बाजी मारेको हो । पीएसजीले सबै ६ पेनाल्टीमा गोल गर्दा लियोनका बर्टरान्ड ट्राओरेको पेनाल्टी असफल भएको थियो ।

पीएसजीका एन्जल डि मारिया, मार्काे भेराट्टी, लियान्द्रो ड्यानियल पाराडेस, एन्डर हेरेरा, नेयमार र पाब्लो सारावियाले गोल गरे । लियोनका जोअचिम एन्डरसन, कार्ल टुको एकम्वी, म्याक्सइन्स, थियागो मेन्डिस र हुसेन एओअरले गोल गर्दा बर्टरान्ड ट्राओरेले पेनाल्टी चुकाएका थिए । त्यसअघि खेलको आठौं मिनेटमा पीएसजी अग्रता लिनबाट चुकेको थियो । कप्तान थियागो सिल्भाको सटिक पासमा नेयमारको प्रहार बाहिरिएको थियो । ८७औं मिनेटमा नेयमारले अवसर चुकाउदा पीएसजी निर्धारित समयमै जितबाट वञ्चित बनेको थियो ।

त्यसपछि थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा लम्बिएको थियो । अतिरिक्त समयमा लियोनले केही उत्कृष्ट मुभ बनाए पनि गोल गर्न चुक्यो । अन्तिम समयमा लियोन १० खेलाडीमा समेटिएको थियो । ११९औं मिनेटमा एन्जल डि मारियामाथि फल गरेपछि रेफ्रीले राफयललाई सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएको थियो । चोटका कारण स्टार फरवार्ड केलियन एमबाप्पेबिना मैदान उत्रिएको पीएसजीका लागि अर्का स्टार फरवार्ड नेयमारले लियोनविरुद्धको खेलमा सोचेअनुरूपको प्रदर्शन गर्न सकेनन् ।

अब पीएसजीले च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्दै छ । फ्रान्सको घरेलु फुटबलको तीन उपाधि जितेको पीएसजीले १२ अगस्टको राति च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा इटालियन क्लब एटलान्टाको सामना गर्दै छ । खेल पोर्चुगलको लिस्वनमा हुनेछ ।

(Visited 12 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

मंगलबारदेखि सप्तरीमा निषेधाज्ञा जारी

राजविराज । सामुदायिकस्तरमा कोरोनाको सङ्क्रमण तीव्ररुपमा बढिरहेको भन्दै सप्तरी जिल्लाभरि स्थानीय प्रशासनले भोलि साउन २० देखि २६ गतेसम्म छ दिनका लागि निषेधाज्ञा जारी गर्ने...

गलत ठाउँमा ढाेका राखिएकाले मेलम्ची खानेपानीमा दुर्घटना

काठमाडाैं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा प्राविधिक त्रुटिका कारण दुर्घटना भएको पाइएको छ । खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न...

थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप ४१८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले...

तेजाब आक्रमणसम्बन्धी दण्डसजाय परिमार्जन गर्न निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले तेजाब आक्रमणसम्बन्धी कानूनी व्यवस्था र दण्डसजायलाई समयसापेक्ष परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउँदै आवश्यक संशोधन गर्न गृह मन्त्रालयलाई निर्देशन...

भर्खरै

जलकन्यादेवी मन्दिरमा पूजा गर्न गएकी महिला तुइन चुडिएर बेपत्ता

लमजुङ । लमजुङमा तुइन चुडिएर एक महिला नदीमा बेपत्ता भएकी छन् । एक युवक घाइते भएको प्रहरीले जनाएको छ । तुइन चुडिएर बेपत्ता हुनेमा लमजुङ...

प्रदेश २ मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण

जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । यससँगै धनुषामा आज (सोमबार) ३०...

देखिएन रक्षाबन्धनको रौनक

सप्तरी, राजविराज । प्रत्येक दिदीबहिनीमा रक्षाबन्धन पर्वको पर्खाई र उत्साह बेग्लै हुन्छ । तर यस पल्ट कोरोनाको त्रास र निषेधाज्ञाका कारण वर्ष दिनको पर्व...

झुठो विवरण लेखाउन थालेपछि स्वाब परिक्षणमा परिचयपत्र अनिवार्य

सप्तरी, राजविराज । कोरोना परिक्षणका क्रममा स्वाब दिने बेलामा झुठो विवरण लेखाउने क्रम बढेपछि सप्तरी जिल्लामा परिचय खुल्ने आधिकारीक प्रमाणपत्र अनिवार्य गरिएको छ । करिब...

धेरै पढिएका

ई-पेपर

(Visited 44 times, 1 visits today)