Monday, July 26, 2021
Homeप्रदेशप्रदेश २बारामा दुई परिवार समाजबाट बहिस्कृत

बारामा दुई परिवार समाजबाट बहिस्कृत

,
sharethis

बाराको सुवर्ण गाउँपालिकाको वडा नम्बर ६ का एक परिवारलाई समाजबाट बहिस्कृत गरेका छन । स्थानीयहरूले भेला गरी समाजबाट बहिस्कृत गरेपछि एक घर परिवार बिचल्लीमा परेका छन ।

सुवर्ण गाउँपालिका–६ धरमपुरका स्थानीयहरूले पञ्चायत नै बसाली समाजबाट बहिस्कृत गरेपछि स्थानीय अवधेश भन्ने ओमप्रकाश यादवको परिवार बिचल्लीमा परेको हो ।

ब्रहमबाबा पुजाको लागि स्थानीयहरूले डांकेको पञ्चायतबाट घरपरिवारसंग नबोल्ने, धनकुटी मिलमा नजाने, टयाक्टरसँग काम नगराउने, घरआंगनमा कसैले पनि नजाने, खेतमा नजाने, कसैले उलंघन गरे ४० हजार जरिवाना गर्ने उर्दी जारी गरेपछि आफुहरू बिचल्लीमा परेको अवधेशले दुखेसो पोखेका छन ।

स्थानीय गणेश यादव, ओमप्रकाश यादव, बिरेन्द्र यादव, मिश्रीलाल चौरसिया लगायतकाले पन्चायत डांकेर समाजबाट बहिस्कार गरेको अवधेशले आरोप लगाएका छन । स्थानीय श्यामसुन्दर प्रसाद यादवले आफनो टयाक्टर चलाउंदै आएपनि स्थानीयहरूले टयाक्टर चलाउन नभनेपछि बीच गाउँमै आफनो टयाक्टर अलपत्र अवस्थामा रहेको गुनासो गरेका छन ।

स्थानीयहरूले भनेपछि अवधेशको घरपरिवारसंग कसैले बोलचालन नगर्ने, खेतमा नजाने, मिलमा नजाने अटेर गरे जरिवाना हुने शुक्रबार राती गांउपुकार गरेको स्थानीय चकुदार जग्गा हजराले बताए ।

आफन्त कहाँ गएकाले घटनाबारे जानकारी नभएको र कसैले पनि आफुलाई जानकारी नगराएको वडा सदस्य जिम्मीलाल यादवले बताए ।

आफुहरूले कसैलाई पनि समाजबाट बहिस्कार नगरेको र आफुहरू माथि लगाईएको आरोप गलत रहेको गणेश यादवले दाबी गरेका छन् । यसअघि २०७६ बैशाखमा पनि अवधेश यादव परिवारलाई सामाजिक बहिष्कार गर्दै गांउनिकाला गरेका थिए ।

(Visited 212 times, 1 visits today)
Loading comments...

आजको समाचार

चुस्त र प्रभावकारी मन्त्रिमण्डलको खाँचो

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेसँगै मन्त्री माग्नेहरूको थेगिनसक्नु भीड लागिरहेको छ । आफैंमा उदार स्वभावका प्रम देउवा र विभिन्न पार्टीहरूको जोडबलमा बनेको...

निगमलाई निजीकरण नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमलाई तत्काल निजीकरण नगर्न अल्पकालीन आदेश जारी गरेको छ । नेपालका लागि नेपाली पार्टीकातर्फबाट आतिस कार्कीले दायर गरेको...

वर्तमान राजनीतिक अस्थिरताको जवाफदेहिता

प्रारम्भ नेपालको राजनीति अत्यन्त असहज बन्दै गयो ।संक्रमणबाट देशले मुक्तिपाउने अवस्था देखिँदैन । २०४६ सालपश्चात् सरदर एक वर्षमा एउटा सरकार बन्दैगएको छ । जनताको मतको...

कमजोर नबनून् राजनीतिक दलहरू !

नेपालको संविधान २०७२ को प्रस्तावनामामुलुकले ‘जनताको प्रतिष्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली’अँगाल्ने कुरा उल्लेख गरिएको छ । बहुदलीय प्रतिष्पर्धात्मक राज्य व्यवस्थामा आवधिक निर्वाचनको महŒवपूर्ण भूमिका...

साताका लोकप्रिय समाचार

भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प

  भक्तपुर ।   भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी आसपास केन्द्रविन्दु भएर ३.५ रिक्टर...

३११४ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०६२५ पीसीआर परीक्षणमा २३०९ र ४२८५...

एकताका लागि नेपाललाई दोस्रो अध्यक्ष दिन ओली तयार

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिको बैठकले सर्वोच्च अदालतले हालै गरेको फैसलाबारे गम्भीर असहमति जनाउँदै आफ्नो असहमति जनतासमक्ष पु-याउने निर्णय गरेको छ । साथै बैठकले...

भाेली सार्वजनिक बिदा

काठमाडाैं । सरकारले बकर इदको अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गरी इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा)...

पैसा लिएर बलात्कार घटनामा मिलापत्र गराउने वडा सदस्यसहित ७ जना पक्राउ

  रोल्पा । बलात्कार जस्तो जघन्य अपराधका घटना गाउँमै मिलाएको आरोपमा रोल्पामा एक जना वडा सदस्यसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै जेठाजुबाट...

ट्रेन्डिङ

पश्चिमी वायुको प्रभाव : तीन दिन वर्षाको सम्भावना

काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ । पश्चिमी वायुको प्रभावका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको...

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर सभामुख सापकोटाले प्रधानमन्त्री ओलीलाई भेटेका...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)