Saturday, September 19, 2020
Home प्रमुख यस्ताे छ नेपालकै लामो झलुङ्गे पूलकाे कथा

यस्ताे छ नेपालकै लामो झलुङ्गे पूलकाे कथा

कालीगण्डकी नदीमाथि निर्माण गरिएको बागलुङ–पर्वत जोड्ने नेपालकै लामो झोलुङे पुल सर्वसाधारणका लागि खुला गरिएको छ ।

विश्वकै लामो दावी गरिएको झोलुङ्गे पुल शुक्रबारदेखी खुला गरेपछि पुल अवलोकन तथा ओहोर दोहोर गर्नेहरुको दैनिक भिड लाग्न थालेको छ ।

विश्वकै लामो झोलुङ्गे पुल दावी गरिए पनि तथ्य जुट्न र पुष्टि हुन बाँकी छ । बागलुङ नगरपालिका–१ रामरेखा र कुश्मा नगरपालिका–१ पाङ अदुवाबारी जोड्ने ५ सय ६७ मिटर लामो पुल सर्वसाधारणका लागि खुला गरे पछि पुल हल्लिएको गुनासो बढ्न थालेको छ ।

‘कालिगण्डकी नदीमाथिको आकाशमा निर्माण भएको पुल तर्न पाउँदा निकै खुःसी लाग्यो ।’ पुलमा भेटिएका निर्मल थापाले भने ‘अन्य पुल भन्दा यो पुल अलि बढी नै हल्लिएको हुँदा तर्ने बेलामा असहज भयोे ।’

थानी÷बिएलटि÷हिमशिखर जेवी निर्माण कम्पनीले २०७५ साल चैत्रबाट निर्माणको काम सुरु गरेको थियो । पुल निर्माणको जिम्मेवारी लिएको कम्पनीले सम्झौता अवधि भन्दा तीन महिना अघि गत बैशाख महिनामा निर्माण कार्य सम्पन्न गरेको थियो । पुल निर्माणको सम्झौता अवधी २०७७ असार मसान्तसम्म रहेको थियो ।

कालिगण्डकी नदिमाथि बन्दै गरेको झण्डै एक सय ३० मिटर अग्लो झोलुङ्गे पुल हल्लिएकोको गुनासो आए पनि निर्माण कम्पनीले थप बलियो र नहल्लिने बनाउन पुलको छेउछेउ भागका थप तार (टाई) थप्ने काम सुरु गरेको निर्माण कम्पनीका प्रतिनिधि ठेकेदार नरहरी खडकाले जानकारी दिए ।

यो पनि पढ्नुहोस   काभ्रेमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

पुलको दुवै पट्टि छेउछेउ भाग बढी हल्लिएको गुनासो आएको छ ठेकेदार खडकाले भने–‘नमुना परियोजना भएकाले यसलाई थप मजबुद बनाउन शनिबारदेखि तार बाँध्ने ब्लक निर्माणमा जुटेका छौँ ।’ ब्लक निर्माण सकिए पछि २३ र २४ गते दुई दिन पुल बन्द गरेर टाई कस्ने काम गर्ने खडकाको भनाई छ ।

‘यति लामो पुल पहिलो पटक निर्माण गरेको हो’ उनले भने थप टाई प्रयोग गर्दा पनि पुल हल्लि रह्यो भने डिजाईनर बोलाएर सुधार गछौँ ।’ झोलुङ्गे पुल निर्माण भएपछि बागलुङ–पर्वत जाने एक घण्टा बढीको यात्रा करिव दश मिनेटमा छोटिएको छ । पुल बलियो भए पछि मात्रा स्थानीय तहलाई पुल हस्तान्तण गर्ने ठेकेदार खडकाले बताए । पुलले एकसाथ ६१२ अर्थात ८५ मेट्रिकटन लोड धान्न सक्छ ।

(Visited 82 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७११ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । ती मध्ये...

थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि, १४४७ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १२०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६२ हजार ७९७...

उपत्यकामा मात्रै ६०० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण पछिल्ला दिनमा स्वास्थ्यकर्मीमा बढी देखिन थालेको छ । मुलुकभर कोभिड–१९ को सङ्क्रमित बढिरहेको बेला उपत्यकामा अग्रपङ्क्तिमा काम गरिरहेका स्वास्थ्यकर्मीमा...

काँग्रेस महामन्त्री कोइराला अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । केही दिन पहिला कोरोना सङ्क्रमण पुष्टि भएका महामन्त्री कोइरालामा सामान्य ज्वरो...

भर्खरै

जनकपुरमा संविधानको विरोध/समर्थन !

जनकपुरधाम । जनकपुरधाममा आज दुइ थरी दृश्य देखियो । जनता समाजवादी पार्टीले संविधानको विरोध गर्दै प्रदर्शन गरिरहेका थिए भने केही युवाहरुले जानकी चोकमा दिपावली...

पत्रकार घिमिरे र आचार्यलाई शैलजा आचार्य पत्रकारिता पुरस्कार

मोरङ । विराटनगरका दुई जना पत्रकार शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन । नेपाल प्रेस युनियन मोरङले कोरोना महामारीबीच शनिबार विराटनगरमा भर्चुअचल कार्यक्रम...

ठमेलमा टोलवासीको रात्रि सुरक्षागस्ती (फोटो फिचर)

काठमाडौं । ठमेलको पहिचानमा विकृति आउन नदिन र स्थानीयवासीको अमनचयनलाई कायम राख्न टोलीवासीले रात्रि सुरक्षागस्ती सुरु गरेका छन् । ठैटीदेखि गल्कोपाखासम्म राति ८ बजेदेखि...

काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७११ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । ती मध्ये...

धेरै पढिएका

नेता जिसीद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग

गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ५ नम्बर प्रदेश सदस्य बुद्धि जिसीले मृतकका परिवारलाई आर्थिक सहयोग गरेका छन् । जिल्लाको मदाने गाउँपालिका वडा...

किर्ते दस्तखतमा उपभोक्ता समिति गठन

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकास्थित एक सडक निर्माणका लागि किर्ते दस्तखतमा उपभोक्ता समिति गठन गर्दै काम सञ्चालन गरेको पाइएको छ । गाउँपालिकाको २८ लाख...

दुई वर्षभित्र कभर्ड हल

काठमाडौं । भलिबल नेपालको राष्ट्रिय खेल भएर पनि आफ्नै पूर्वाधार नहुनु दुर्भाग्य रहेको बताउँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा पुनः नियुक्ति पाएका सदस्यसचिव रमेशकुमार सिलवालले...

अब सुन्नुहाेस् बामदेव गाैतमकाे गीत (भिडियाेसहित)

काठमाडाै‌ं ।  नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतम राजनीतिसँगै लेखनमा उतिकै रुचि राख्छन् । फुर्सदका समयमा राष्ट्रियभावले ओतप्रोत गीत लेख्ने गर्नुभएका उनले पछिल्लो...

ई-पेपर

(Visited 63 times, 1 visits today)