लमजुङ । लमजुङमा थप ३ जनामा डेंगु संक्रमणको पुष्टि भएको छ । बेसीशहर नगरपालिकाका स्थायी बासिन्दा उनीहरूको उमेर १७ वर्षदेखि २९ वर्षीय रहेका छन् ।
उच्च ज्वरो आई टाउको दुख्ने भएपछि उपचारका लागि जिल्ला सामुदायिक अस्पतालमा आएका तीनै जनाको परीक्षण गर्दा डेंगुको संक्रमण देखिएको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठलेनवराज पहाडी बताए । उनका अनुसार संक्रमितहरू बेसीसहर नगरपालिका– ३ का १७ बर्षीया महिला, बेसीसहर नगरपालिका– ९ का २१ बर्षीय पुरुष र बेसीसहर नगरपालिका– ८ का २९ बर्षीय पुरुष रहेका छन् ।
पछिल्लो साताको २ दिनमै ३ जनामा डेंगुको संक्रमण देखिएको बेसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालले जनाएको छ । यसअघि असार ३० गते क्व्होलासोंथर गाउँपालिका– २ मालिङ घर भएर बेसीसहर नगरपालिका– ७ को घलेगाउँचोक टोलमा बस्ने २९ वर्षीया महिलामा डेंगु देखा परेको थियो । उनी भने उपचार पछि डिस्चार्ज भएकी छन् ।
अस्पतालका प्रमुख हेमन्त श्रेष्ठका अनुसार उनीहरु सवैको अस्पतालमा उपचार भइरहेको छ । तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले बताए । पछिल्लो समय ३ जनामा डेंगु रोगको संक्रमण देखिएको र उनीहरु सवै लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको बताए ।
उनका अनुसार गत आर्थिक बर्ष २०७६/७७ मा मात्रै ५ जनामा डेंगु संक्रमण देखिएको थियो । उनले भने, ‘एडिस जातको पोथी लामखुट्टेले दिउँसोको समयमा टोक्दा उसको शरिरमा भएको भाइरस मानव शरिरमा सर्ने हुँदा डेङगु रोगबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिन जरुरी छ ।’
लामखुट्टेको टोकाइबाट यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्ने भएकाले लामखुट्टेको लार्भा नष्ट गर्ने र पानी जम्ने खाल्डा खुल्डी र पानी जम्ने बोटल कागज, प्लाष्टिक नष्ट गर्नुपर्ने हुन्छ’, दवाडीले भने ।
७÷७ दिनमा यसको लार्भा उत्पादन हुने भएकाले हरेक सात सात दिनमा पानि जम्ने ठाँउ खोजेर नष्ट गर्ने अभियान संचालन गर्नुपर्ने उनको भनाई छ । प्रत्येक घर घरघरबाट टोल टोलबाट लमखुट्टेको बासस्थान खोजेर नष्ट गर्न सकियो भने यो रोगलाई छिटो नियन्त्रण गर्न सकिने उनको भनाई छ ।