Saturday, September 26, 2020
Home प्रदेश पत्रकार रोकायाको निधनप्रति दुःख व्यक्त

पत्रकार रोकायाको निधनप्रति दुःख व्यक्त

काठमाडाैं । नेपाल पत्रकार महासङ्घले महासङ्घका पूर्वकेन्द्रीय सदस्य तथा हुम्ला शाखाका संस्थापक सभापति अग्रज पत्रकार जयबहादुर रोकायाको निधनप्रति दुःख व्यक्त गरेको छ । पत्रकार रोकायाको यही साउन १७ गते हुम्लाको सिमकोट गाउँपालिका–५ कालिञ्चोकस्थित निवासमा ६२ वर्षको उमेरमा निधन भएको हो ।

महासङ्घका महासचिव रमेश विष्टले शोक विज्ञप्तिमार्फत पत्रकार रोकायाको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी र जुझारु पत्रकार गुमाउनुका साथै हुम्ला शाखाले असल अभिभावक गुमाएको उल्लेख गरेका छन् । हुम्ला र समग्र कर्णाली क्षेत्रमा व्यावसायिक पत्रकारिताको विकासका लागि उल्लेख्य योगदान पु-याउनु भएका रोकाया विसं २०५० देखि पत्रकारितामा सक्रिय हुनुका साथै लामो सयम कान्तिपुर दैनिकमा काम गरेका थिए । महासङ्घले स्व रोकायाप्रति श्रद्घाञ्जलि अर्पण गदै दिवङ्गत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । स्व रोकायाका दुई श्रीमती, चार छोरा र एक छोरी छन् ।

(Visited 28 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

आजदेखि मौसम सफा रहने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम आजदेखि सफा हुँदै हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...

जोखिम कायम रहेकाले तत्काल विद्यालय नखोल्न शिक्षामन्त्रीको आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका...

१३१३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७० हजार नाघ्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ३१३ कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४...

सप्तरीमा थप एक कोरोना संक्रमितको मृत्यु

सप्तरी । कोरोनाबाट संक्रमित थप एक सप्तरीवासीको मृत्यु भएको छ । राजविराज नगरपालिका–३ का ७१ वर्षीय पुरुषको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान...

भर्खरै

युक्रेनमा सैनिक विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु

किभ । युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको बताइएको छ । युक्रेनका सैनिक अधिकारीहरुले सो उक्त विमान दुर्घटनामा...

चितवनमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन । जिल्लामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कजेलमा उपचाररत हेटौँडा उपमहानगरपालिका वडा ९ का ७४ वर्षीय पुरुषको...

आजदेखि मौसम सफा रहने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम आजदेखि सफा हुँदै हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...

जोखिम कायम रहेकाले तत्काल विद्यालय नखोल्न शिक्षामन्त्रीको आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका...

धेरै पढिएका

जनप्रतिनिधिको उपस्थितिमा राहत वितरण

काठमाडौं । काठमाडौं महानगरपालिका सामाखुशीलगायत विभिन्न स्थानका १ सय ५० परिवारलाई राहत वितरण गरिएको छ । लकडाउनका बेला समस्यामा परेकाहरुलाई राहत वितरण...

सप्तरीमा भेन्टिलेटर संचालनमा नआउँदा अकालमै ज्यान गुमाउँदै संक्रमित

राजविराज । मुलुकभरी कोरोना संक्रमण बढ्दा भेन्टिलेटर अभाव भएको गुनासो एकातिर छ भने अर्कोतिर जनशक्ति अभावका कारण यहाँस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा चार/चार वटा...

भीआईपीको घरमा खटाइएका सुरक्षाकर्मी फिर्ता गर्दै सरकार

काठमाडौं । सीमा नाकाको सुरक्षामा सुरक्षाकर्मी अभाव भइरहेका बेला सरकारले कार्यविधिविपरीत पूर्व विशिष्ट व्यक्तिको सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता गर्ने तयारी गरेको छ...

कोरियामा राईको मृत्यु

धनकुटा  । बैदेशिक रोजगारीको सिलसिलामा कोरियामा रहेका धनकुटा–७ डाँडागाउँका उत्तरकुमार राईको मृत्यु भएको छ । मंगलबार बिहान शौचालयमा बेहोस भेटिएका ५४ बर्षीय राईको उपचारका...

ई-पेपर

(Visited 63 times, 1 visits today)