Friday, September 25, 2020
Home अर्थ दैनिक १६ हजार यात्रुलाई सेवा दिने गौतमबुद्ध विमानस्थल यस्तो बन्दैछ

दैनिक १६ हजार यात्रुलाई सेवा दिने गौतमबुद्ध विमानस्थल यस्तो बन्दैछ

बुटवल । रूपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेसँगै चिटिक्क देखिन थालेको छ । भौतिक संरचना निर्माण कार्य करिब सकिएसँगै विमानस्थलले आकार लिएको तस्विरबाट देख्न सकिन्छ । समथर भू–भागमा बनेको तयार विमानस्थल हेर्दा साँच्चै लोभलाग्दो देखिन्छ ।

विमानस्थल आयोजनाले भौतिक संरचना निर्माण अन्तिम चरणमा पुगेको बताएको छ । आयोजना प्रमुख प्रवेश अधिकारीले भौतिक पूर्वाधार निर्माण कार्य अन्तिम चरणका पुगेको बताए । ‘हामी निर्माणको अन्तिमको चरणको पुगेका छौं’ अधिकारीले भने, ‘अब हामी फिनिसिङ र उपकरण जडानको काममा मात्र बाँकी छ । धावनमार्ग वरिपरिको सडक (पेरिमेटर) मात्र भौतिक पूर्वाधारको काम बाँकी हो ।’

९१ प्रतिशत काम सकियो

अहिलेसम्म विमानस्थलको काम ९१ प्रतिशत सम्पन्न आयोजनाको भनाइ छ । ‘लकडाउन’ मा पनि निर्माणको काम नरोकिएको विकानस्थलमा अहिले पनि ३० चिनियाँसहित ३ सय कामदारले धमाधम काम गरिरहेका छन् । धावनमार्गका लागि लाइट र कनभेयर बेल्ट (यात्रुका व्याग घुमेर आउने ठाउँ) का उपकरण जडान गर्ने काम बाँकी छ । ती उपकरण चीनबाट नेपालतर्फ हिँडे पनि ल्हासामा रोकिएका छन् । नेपालका लागि हिँडेका उपकरणका गाडी जुलाई १० मा (असार १० गते) देखि बाटोमै रोकिएका हुन् । उपकरण नेपाल भित्र्याउनका लागि विभागीय रुपमा समन्वय भइरहेको छ ।

ती उपकरण जडानका लागि चीन, थाइल्याण्ड, अमेरिका र अष्ट्रलियाबाट इन्जिनियरहरू आउनुपर्ने हुन्छ । तर, कोरोना महामारीले विश्व नैं आक्रान्त बनाएको अवस्था ती मुलुकहरूमा कहिले कामदार आउँछन्, कहिले जडान हुन्छ भन्ने प्रश्न अझै अनिश्चित जस्तै छ । सरकारले आउँदो भदौं १ गतेबाट अन्तर्राष्ट्रिय उडान सुरू गर्ने बताएको छ । चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएसनले सन् २०१४ डिसेम्बर ३१ मा ६ अर्ब २२ करोड ५१ रुपैयाँमा ग्लोबल टेण्डरमार्फत विमानस्थल निर्माणको ठेक्का लिएको थियो ।

आयोजना प्रमुख अधिकारीले थपे, ‘केही यस्ता उपकरणहरू हुन्छन्, जुन त्यो क्षेत्रको विज्ञ (इन्जिनियर) ले मात्र गर्न सक्छन् । महत्वपूर्ण केही उपकरण जडानको लागि युरोपबाट नैं इन्जिनियरहरू ल्याएर जडान गर्नुपर्छ ।’ हामी उडान सुचारू भएपछि उनीहरूसँग समन्वय गरेर ल्याउनको लागि पहल थाल्नेछौं ।’

विमानस्थल राष्ट्रिय गौरवको आयोजना हो । विमानस्थल सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४, ७, १०, ११ र मायादेवी गाउँपालिका वडा नम्बर ७ को ८१० विगाहा क्षेत्रफलमा फैलिएको छ । जसमध्ये ५०० विगाहा जग्गा स्थानीयको अधिग्रहण गरी विमानस्थलका लागि प्रयोग गरेको थियो ।

पछिल्लो दुई वर्षमा विमानस्थलले सबैभन्दा धेरै ४० प्रतिशत भौतिक प्रगति हाँसिल गरेको हो । तत्कालीन प्रधानमन्त्री सुुशील कोइरालाले २०७१ साल माघ १ गते विमानस्थलको शिलान्यास गरेका थिए । पटक–पटकको विवादले दुई वर्ष विमानस्थल निर्माणको काम गिजोलिएको थिए । तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री स्व. रवीन्द्र अधिकारीले स्थानीयको जग्गा अधिग्रहण गरेर दिनुपर्ने रकम भुक्तानी गरी सबै समस्या समाधान गरेपछि विमानस्थलले निर्माणको गति लिएको थियो ।

यो पनि पढ्नुहोस   रुझ्दै, भिज्दै र ओत लागेर हिँड्नेका दुःख (फोटोफिचर)

‘एयर रुट’ टुंगो लाग्न बाँकी

निर्माणको काम अन्तिम चरणमा पुग्दासमेत विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने ‘एयर रूट’ विषय टुङ्गो लाग्न सकेको छैन । एयर रूटका लागि अन्तर्राष्ट्रिय हवाई उडड्यन संगठन (आइकाओ) सँग नेपाल र भारतको प्राविधिक टोलीले अध्ययन गरेर टुंगो लगाउनुपर्ने हुन्छ ।

संस्कृति पर्यटन तथा नागरिक उडड्य मन्त्रालयका सह–प्रवक्ता राजन पौडेलले विमानस्थल सञ्चालनमा लागि आवश्यक एयर रुट परमिट टुंगो लाग्न नसकेको बताए । उनले भने, ‘यो विषय छलफलकै क्रममा छ । नेपालले मात्र टुंगाएर हुँदै नेपाल–भारत र आइकाओसँग जोडिएको छ । विमानस्थल निर्माण पूरा भइसक्दा रुट अनुमतिको विषय पनि टुङ्गो लाग्छ ।’
चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएसनले सन् २०१४ डिसेम्बर ३१ मा ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँमा ग्लोबल टेण्डरमार्फत विमानस्थल निर्माणको ठेक्का लिएको थियो ।

एसियाली विकास बैंक (एडीबी) को ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान रहेको छ । लुम्बिनीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने सबै जहाज अवतरण गर्न सक्छन् । मुआब्जा वितरणमा २३ अर्ब रुपैयाँ लाग्ने बताइएको थियो । त्यसमध्ये अहिलेसम्म २१ अर्ब ५० करोड रुपैयाँ वितरण गरिसकिएको छ । विमानस्थल निर्माण गर्दा १ हजार ७ सय ४० परिवारको घरजग्गा अधिग्रहण गरिएको छ ।

दैनिक १६ हजार यात्रुलाई सेवा दिन सक्ने

विमानस्थलको दीर्घकालीन लक्ष्य दैनिक १६ हजार यात्रुलाई सेवा दिने रहेको छ । दैनिक १६ हजारका दरले वार्षिक करिब ६० लाख यात्रु विमानस्थल भएर यात्रा गर्ने सरकारी आँकलन छ । विमानस्थलमा सौर्य ऊर्जामार्फत १० मेघावाट विद्युत् उत्पादन गर्ने गर्ने गरी काम अगाडि बढाइएको छ । एडिबीको अनुदानमा सौर्य ऊर्जा जडान गरिनेछ । विमानस्थललाई प्रदूषणरहित विमानस्थलको रुपमा विकास गर्ने गरी नेपालमै पहिलो प्रयोगको थालनी गरिएको हो । गौतम बुद्धको जन्मस्थल लुम्बिनीनजिकैको यो विमानस्थल सञ्चालनमा आएसँगै लुम्बिनीमा पर्यटकको संख्या वृद्धि हुने अपेक्षा गरिएको छ ।

(Visited 195 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

प्रधानमन्त्री कार्यालयको प्रवक्तामा नेपाल

काठमाडौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नयाँ प्रवक्ताको जिम्मेवारी सहसचिव शंकर नेपाललाई दिएको छ । शासकीय सुधार महाशाखा प्रमुखको जिम्मेवारीमा रहेको नेपाललाई प्रशासन महाशाखा...

दाङमा ८ वर्षीय बालकले गरे झुण्डिएर आत्महत्या

तुलसीपुर । दाङको शान्तिनगरमा ८ बर्षका बालकले झुण्डिएर आत्महत्या गरेको आफन्तले बताएका छन् । शान्तिनगर गाउँपालिका–४ जुम्लेकुला निबासी ८ बर्षका बालक प्रताप वलीले घरको...

सप्तरी काँग्रेसको बिवाद उत्कर्षमा

सप्तरी, राजबिराज । नेपाली काँग्रेस सप्तरी भित्रको बिवाद उत्कर्षमा पुगेको छ । सभापति दिनेश कुमार यादब र सचिव रामकुमार यादबले पार्टी कार्यकर्ता समायोजन बिषयलाई...

आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन विदा प्रस्ताव

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन विदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषदमा पेश गर्ने भएको...

भर्खरै

प्रधानमन्त्री कार्यालयको प्रवक्तामा नेपाल

काठमाडौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नयाँ प्रवक्ताको जिम्मेवारी सहसचिव शंकर नेपाललाई दिएको छ । शासकीय सुधार महाशाखा प्रमुखको जिम्मेवारीमा रहेको नेपाललाई प्रशासन महाशाखा...

पहिरोले इलामको माङसेबुङका २ परिवार विस्थापित

इलाम । तीन दिनदेखि परेको लगातारको वर्षाले इलामको माङसेबुङ गाउँपालिकामा पहिरोका कारण २ घरपरिवार विस्थापित भएका छन् । माङसेबुङ गाउँपालिका १ सिम्लेटारका जगत नेपाल र...

बुटवलको कोरोना अस्पतालमा एक महिलाको मृत्यु

रुपन्देही । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत् एक महिलाको कोरोना सङक्रमणबाट मृत्यु भएको छ । कपिलवस्तु वाणगंगा नगरपालिका –११ वनगाइका ७० वर्षीया महिलाको...

विद्यालय व्यवस्थापन समितिको बैठक बोलाएर अध्यक्षले गरे आत्महत्या

तेह्रथुम । आठराई गाउँपालिका–४ इवास्थित केलिङ आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष डम्बर इङ्नामले समितिको बैठक बोलाएर आत्महत्या गरेका छन् । बिहान १०ः०० बजे खाना खाएर...

धेरै पढिएका

ठेकेदारलाई ज्यान मार्ने धम्की दिने तामाङ पक्राउ

काठमाडौं । बलेफी हाइड्रोवापरमा काम गर्ने ठेकेदारलाई मार्ने धम्कि दिनेलाई प्रहरीले पक्राउ गरेको छ ।

कोरोना भाइरसले थला परेको खेलकुद

गतिशील हुनुपर्ने खेलकुद क्षेत्र कोरोना भाइरसको महामारीले अहिले नरम्रोसँग प्रभावित भएको छ । खेलकुदलाई उद्योगका रूपमा विकास गरिसकेका देशलाई कोरोना भाइरसको महामारीले...

नेपाल जलवायु परिवर्तनको जोखिममा छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले जलवायु परिवर्तनको असर नेपालमा अधिक परिरहेको बताउँदै त्यसका कारण र प्रभावका साथै जलवायु अनुकूलन र न्यूनीकरणमा अझ...

लयमा समात्दै पीएसजी

पेरिस । सुरुवाती दुई खेल गुमाएर दबाबमा देखिएको फ्रान्सेली लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लगातार दोस्रो जित दर्ता गरेको छ । तेस्रो खेलमा...

ई-पेपर

(Visited 63 times, 1 visits today)