स्वास्थ्यकर्मी तथा सुरक्षा निकायलाई स्वास्थ्य सामाग्री

सप्तरी, राजविराज । कोरोना संक्रमणको जोखीम बढ्दै गएको बेला सप्तरी उद्योग बाणिज्य संघ तथा एभरेष्ट बैंक शाखा राजविराजले संयुक्त रुपमा स्वास्थ्य तथा अन्य सामाग्रि उपलब्ध गराएको छ ।

आइतबार एक कार्यक्रमबीच सप्तरी उद्योग बाणिज्य संघ तथा एभरेष्ट बैंक शाखा राजविराजले जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा गजेन्द्र नारायण सिंह अस्पतलालाई स्वास्थ्य सामाग्रि तथा अन्य आवश्यक उपकरण उपलब्ध गराएको हो ।

उद्योग बाणिजय संघका अध्यक्ष अरुण प्रधान तथा एभरेष्ट बैंक शाखा राजविराजका प्रमुख शिशिर बोहराले तीन वटै निकायलाई फंगिङ्ग मेशिन एक÷एक थान, अटोमेटिक सेनिटाइजर मेशिन एक÷एक थान तथा एक÷एक हजार माक्स बितरण गरेका थिए ।

कोरोना संक्रमणका बीच अंग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई सुरक्षित भई काम गर्न सहयोग पुग्ने उद्देश्यले उक्त सामाग्रिहरु प्रदान गरिएको उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष प्रधानको भनाई थियो ।

सहयोग सामाग्रि बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. रन्जित झा तथा प्रहरी उपरिक्षक कृष्ण प्रसाईले सहयोगि संस्थाहरुप्रति धन्यवाद व्यक्त गर्दै कोरोनालाई परास्त गर्न सबै मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 277 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शेरको सवारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
देशकै पहिलो निर्वाचित गाउँपालिका अध्यक्ष घलेको के छ योजना ?