Thursday, October 1, 2020
Home बिचार जलविद्युत्को वर्तमान अवस्था, चुनौती र समाधान

जलविद्युत्को वर्तमान अवस्था, चुनौती र समाधान

नेपाल ऊर्जा विकासमा धेरै पछि परेकाले देशको विकास हुन सकेको छैन । देशको विकासका लागि ऊर्जा अनिवार्य हुन्छ । यो आधारभूत आवश्यकता वा विकासका लागि मुख्य आधार हो भन्ने जान्दाजान्दै र यसको प्रचुर सम्भावना देशभित्र हुँदा पनि हामीले खासै फाइदा लिन सकेनांै । देश विकासका लागि हरेक क्षेत्रको सम्भावनाको बारेमा विश्लेषण गर्दा सबैका लागि ऊर्जाको आवश्यकता पर्दछ । यसको राम्ररी उत्पादन र विकास गर्न सक्दा अन्य देशमा बिक्री गर्ने पक्षलाई गौण मान्दै देशभित्र नै उपयोग ज्यादा गर्न सक्नुपर्दछ । यसप्रकार उपयोग गर्ने क्षेत्र पनि हामीसँग असंख्य छन् । यसका लागि दीर्घकालीन मार्गचित्र तयार पारी अघि बढ्नुको कुनै विकल्प हामीसँग छैन । त्यसैले यस क्षेत्रको विकासको सम्भावना र यसले सामना गरिराखेका चुनौतीको श्लिेषण गर्ने प्रयास यस आलेखमा गरिएको छ ।

हामी विश्वमा ब्राजिलपछि जलस्रोतका हिसाबले दोस्रो धनी देशको रूपमा प्रस्तुत हुन्छौं । नेपालको जलविद्युत्को जम्मा क्षमता ८३ हजार मेगावाट रहेको दाबी एक जना विद्यावारिधि गर्ने विद्यार्थीले गरेका छन् । यसको क्षमता ५३ हजार मेगावाट भएको अर्का विद्वान् प्राध्यापकको दाबी छ । राष्ट्रिय योजना आयोगले सन् १९८५ मा आर्थिक र प्राविधिक दृष्टिकोणले सम्भाव्य जलविद्युत् क्षमता ४३ हजार मेगावाट देखाएको छ । यतिखेर नेपालको जम्माजम्मी उत्पादन थर्मल प्लान्टसहितलाई जोड्दा ८ सय ५० मेगावाट छ । कुलेखानी जलविद्युत् आयोजनालाई अपवादका रूपमा लिने हो भने नेपालका सबै जलविद्युत् आयोजना नदीको प्रवाहको आधारमा निर्माण भएका छन् । देशको कुल माग हालको समयमा १३ सय मेगावाट छ । यसमा विद्युत्को उत्पादन ४३ प्रतिशत, भारतबाट आयात गरिएको २३ प्रतिशत र स्वतन्त्र ऊर्जा उत्पादकबाट ३४ प्रतिशत विद्युत् उत्पादन भएको अवस्थामा उद्योगलाई आवश्यक पर्ने विद्युत् पिक आवरमा कटौती गरी सर्वसाधारण उपभोक्तालाई लोडसेडिङबाट अस्थायी रूपमा मुक्त गराइएको छ ।

हामी आत्मनिर्भर हुनसकेका छैनौं । सरकारी तथ्यांकलाई आधार मान्दा १.५३ प्रतिशत मात्र उत्पादन भइराखेको छ । विद्युत् उत्पादनका लागि नेपाल सरकार विदेशी सहयोग, स्वतन्त्र ऊर्जा उत्पादकलाई सहभागी गराउँदै उदार एवं खुला नीतिको अवलम्बन गराउनेगरी अघि बढेको छ । सबैलाई उज्यालो प्रदान गर्ने र उद्योगका लागि आवश्यक ऊर्जा प्रदान गर्ने लक्ष्यका साथ हुन लागेको विद्युत् उत्पादनको गति अत्यन्त सुस्त छ । प्रति वर्ष १० प्रतिशतका दरले विद्युत्को माग वृद्धि भइराखेको छ । हामी आगामी १० वर्षभित्र १० अजार मेगावाट विद्युत् उत्पादन गर्ने, ५० मेगावाटसम्मका साना जलविद्युत् आयोजनाको सञ्चालनमा देशभित्रकै लगानीकर्तालाई समावेश गराउने, सार्वजनिक निजी साझेदारीमार्फत कम लागतमा जलविद्युत् उत्पादन गर्ने, ५, १०, १५ र २० वर्षमा वर्गीकरण गरी आगामी २० वर्षभित्र २५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र ठूलो मात्रामा विद्युत् निकासीसमेत गर्ने महŒवाकांक्षी सोचका साथ अघि बढिराखेका छांै ।

हिउँदको समयमा विद्युत् आयात वृद्धि गरी लोडसेडिङको समस्या समाधान गर्नुपर्ने यथार्थता हामीसामु छ । ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनलाई सबल बनाई भारतबाट नेपालका लागि नपुग थप विद्युत् आयात गर्न सफल भएको र उद्योगलाई सबै समय विद्युत् आपूर्ति नगरी सर्वसाधारण उपभोक्तालाई प्राथमिकतामा राखेकाले यो स्थिति भएको हो । थप विद्युत् उत्पादन गरी समस्याको समाधान गरिएको बिलकुल होइन । सबै प्रकारले नेपालले प्राप्त गरेको विद्युत्को सामान्य व्यवस्थापन मात्रै गरिएको हो । भोलिका दिनमा पुनः अध्यारोमा बस्ने दिन आउन सक्दछ । विद्युत् प्राधिकरणबाट प्राप्त तथ्यांक र निकट भविष्यमा हुने थप उत्पादन एवं देशको मागमा क्रमशः हुँदै जाने वृद्धिले यही यथार्थता प्रमाणित गरेको छ ।

जलविद्युत् उत्पादनमा वैदेशिक लगानी भियाई सार्वजनिक र निजीसहित साझेदारीका आधारमा अघि बढ्ने नीति अवलम्बन गर्नुपर्दछ

देशले विद्युत् उत्पादनको क्षेत्रमा प्रगति गर्न नसक्नुका पछाडि प्रशस्त चुनौती छन्, जसलाई सम्बोधन गर्न देश असफल भएको छ । यति ठूलो सम्भावना हुँदाहुँदै पनि हामी प्रतशितभन्दा कम उत्पादन गरेर आत्मनिर्भरका दिशामा अघि बढ्न सकेनौं । सबै क्षेत्रमा जस्तै यसमा पनि राजनीतिक प्रतिबद्धताको अभाव छ । राष्ट्रिय स्वार्थका विषयमा नेपालका राजनीतिज्ञहरूमा इच्छा शक्ति देखिएन । यसको स्पष्ट उदाहरणका रूपमा ९ सय ५० मेगावाट क्षमताको अरुण तेस्रो आयोजना सञ्चालनमा जान लाग्दा तत्कालीन अवस्थाको प्रतिपक्षी दलका नेताले उक्त आयोजनामा लगानी नगर्न दातालाई लेखेको अनुरोधपत्रलाई लिन सकिन्छ । यदि उक्त आयोजना सञ्चालनमा आएको भए वर्तमान अवस्थामा हामी विद्युत्को क्षेत्रमा आत्मनिर्भर भई केही मात्रामा निर्यातसम्म गर्न सक्ने अवस्थामा पुग्ने थियांै ।

अरुण तेस्रो बन्द गराउन सफल हुँदा गौरवान्वित हुने संस्कार हाम्रो राजनीतिले बोकेको छ । यस्तै, हरेक राष्ट्रिय भलाइका विषयमा न्यूनतम राजनीतिक समझदारी गरी अघि बढ्ने संस्कारको विकास हालका दिनसम्म हुन सकेको छैन । राजनीतिक अस्थिरताको कारण नेपालको सबै क्षेत्रमा प्रगति अत्यन्त सुस्त छ । गणितीय आधारमा सरकारको गठन र विघटन गर्ने परिस्थिति र समानुपातिक निर्वाचन प्रणालीद्वारा साना साना दलसमेत अस्तित्वमा रहने अवस्थाले गर्दा विद्युत् उत्पादन क्षेत्र प्रभावित हुँदै गएको छ । जनताको आकांक्षा अत्यन्त बढिरहेको सन्दर्भमा नेपालको राजनीति केही हदसम्म किंकर्तव्यविमुढ बनेको छ । यसका प्राविधिक चुनौतीहरू प्रशस्त रहेका छन् ।

नेपालको भूधरातल अत्यन्त कठिन प्रकृतिको छ । जलस्रोत र जलविद्युत्को उत्पादन गर्दा वर्षायाम र हिउँदमा उत्पादित विद्युत्को मात्रामा थुप्रै उतारचढाव हुने गर्दछ । विद्युत् उत्पादनका लागि उपयुक्त र पर्याप्त जनशक्ति देशभित्र उपलब्ध छैनन् । आधारभूत तथ्यांकको अभाव छ । प्राप्त तथ्यांकको विश्वसनीयतामा प्रश्न छ । देशभित्रका सम्पूर्ण उत्पादन केन्द्रहरूबाट र देशबाहिरबाट आयात गरी नेसनल ग्रिडमा जोड्ने सन्दर्भमा हामीले पर्याप्त र गुणस्तरीय प्रकारको पद्धति एवं प्रविधिको विकास गर्न सकेका छैनौं ।

पानी सञ्चय गरी सुख्खायाममा थप विद्युत् आपूर्ति गर्ने प्रकारका आयोजना खासै सञ्चालनमा रहेका छैनन् । प्रायः पुँजीमूलक प्रविधिको उपयोग विद्युत् उत्पादनमा हुने गरेको छ । हाम्रै आन्तरिक क्षमताले यस्ता आयोजना सञ्चालन गर्न सक्ने अवस्था न्यून छ । उत्पादित विद्युत्को मूल्य कति कायम गर्ने भन्ने विषयमा समेत वैज्ञानिक आधार तय गर्न सकिएन । विद्युत् उत्पादनको लाइसेन्स प्रदान गर्ने प्रक्रिया जटिल छ । संस्थागत सुधारका लागि थुप्रै कार्य गर्नुपर्ने अवस्था छ । विद्युत् प्राधिकरणको क्षमतामा एकातर्फ सुधार गर्नुपर्ने अवस्था छ भने अर्कोतर्फ यस निकायलाई विद्युत् आपूर्तिका विषयमा एकाधिकार प्रदान गरिएको छ । नदीको बहाव कुन गतिमा हुन्छ, त्यसको एकरूपता प्रत्येक वर्ष हुन सक्दैन ।

जलवायु परिवर्तनको कारण हाम्रा हिमनदीमा बिस्तारै हिउँको मात्रा घट्दै गएको छ, जसले गर्दा पानीको मात्रा कम हुन थालेको छ, हिमताल फुट्ने सम्भावना उत्तिकै छ । स्वतन्त्र ऊर्जा उत्पादकलाई उनीहरूले उत्पादन गरेको विद्युत्को उचित मूल्य पाउने र उत्पादन हुनासाथ किनिदिने विषयमा विश्वस्त बनाउन सकिएको छैन । यसका साथै प्रत्येक खोला, नदीबाट उत्पादनका लागि अनुमति प्रमाणपत्र लिई बिनाउत्पादन यस क्षेत्रको सम्भाव्यताका कारण लाइसेन्सकै व्यापार गर्ने समूह जसलाई ‘झोलामा खोला’ भनिदै छ, त्यो पनि ठूलै रहेको छ । माफियाबाट नेपालका खोलानाला नियन्त्रित भएको आलोचना भइराखेको छ । यस अवस्थामा यसक्षेत्रको विकासबाट जलविद्युत् उत्पादन, खानेपानी र थुप्रै सिँचाइयोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउनुपर्ने अवस्था छ । १० वर्षसम्म सञ्चालित द्वन्द्व र सन् २०१५ को विनाशकारी भूकम्पका कारण अन्य क्षेत्रजस्तै यो क्षेत्र पनि नकारात्मक रूपमा प्रभावित भएकै छ ।

अब यस क्षेत्रको विकासका लागि कसरी अघि बढ्न सकिन्छ ? त्यसैमा हाम्रो विश्लेषण केन्द्रित गरौं । हाम्रो आफ्नै क्षमता ठूला जलविद्युत् आयोजना आफैं निर्माण गरी सञ्चालन गर्न सक्ने देखिएन । त्यसैले, साना तथा मझौला स्तरका आयोजनामा राष्ट्रिय लगानी हुनु जरुरी छ । वर्षायामको पानीले गर्दा नदीमा बहाव क्षमता र पानीको मात्रा बढी भई विद्युत् उत्पादन बढी हुने सुख्खायाममा घट्न जाने भएकाले स्टोरेज गरी हिउँदमा विद्युत् उत्पादनमा कमी हुन नदिने रणनीति अवलम्बन गरिनुपर्दछ । देशसँग रहेको अपार जलविद्युत् क्षमताको भरपुर उपयोग गर्न ठूलाठूला आयोजना सञ्चालन गर्नु जरुरी हुन्छ । यसका लागि लगानीकर्तालाई देशमा भिœयाउन सौहार्द एवं मैत्रीपूर्ण वातावरण सिर्जना हुनुपर्दछ ।

यसका साथै वैदेशिक लगानीका आधारमा उत्पादित विद्युत्को लाभ लागत विश्लेषण गरी देश बढी लाभान्वित हुन सक्ने हिसाबले सञ्चालन गराउने व्यवस्था मिलाउनु जरुरी हुन्छ । त्यसैगरी जलविद्युत् उत्पादन गर्दा यसको बहुपक्षीय फाइदा जस्तै ः सिँचाइ, खानेपानी, माछापालनजस्ता क्षेत्रमा उपयोग गरी लाभान्वित हुने रणनीतिलाई मध्यनजर गरिनुपर्दछ । ट्रान्समिसन लाइनको क्षमता र गुणस्तरमा वृद्धि जरुरी छ । यसबाट देशभर विद्युत् उपलब्ध गराउन र उत्पादन क्षमता वृद्धि भएमा अन्तर्राष्ट्रिय क्षेत्रमा निर्यातसमेत गर्न सकिन्छ ।

तर, हाम्रो प्राथमिकता देशभित्र उद्योग, कारखाना स्थापना गरी विद्युत्को खपत गराउने योजना हुनुपर्दछ । अन्य देशहरूले वैकल्पिक ऊर्जाको व्यवस्था गर्दै आफ्नो समस्याको समाधान गर्न लागिपरेकाले पनि हामीले पर्याप्त उत्पादन गर्दा हाम्रो ऊर्जा अन्य देशहरूले खरिद गर्ने सम्भावना कम हँुदै गएको छ । यस्ता विषयले राष्ट्रिय महŒव यथासमयमा पाउनुपर्दछ । त्यसैले, वर्तमान अवस्थामा रहेको विद्युत् प्रसारण सञ्जालमा विस्तार र सुधार अत्यावश्यक छ ।

जलस्रोत र जलविद्युत्को उत्पादन गर्दा वर्षायाम र हिउँदमा उत्पादित विद्युत्को मात्रामा हुने उतारचढाव ख्याल गरिनुपर्छ

नेपालको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्रमा ऊर्जा जरुरी हुन्छ । त्यसैले, हाम्रो उत्पादन क्षमता प्रचुर मात्रामा भएकाले यसै अनुरूप विद्युत् उत्पादनलाई राष्ट्रले प्राथमिकतामा राखी योजना तथा कार्यक्रम कार्यान्वयन हुनु जरुरी छ । देशमा अत्यधिक सम्भावना रहेको पर्यटन क्षेत्र, राष्ट्रिय अर्थतन्त्रको मुख्य आधारको रूपमा रहेको कृषि क्षेत्र, रोजगारीका अवसर सिर्जना गरी विभिन्न क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउँदै उत्पादनलाई निकासी गर्दै भुक्तानी सन्तुलनमा सकारात्मक प्रभाव पारी समग्रमा राष्ट्रिय अर्थतन्त्रकै आधारशिलाको रूपमा रहेको उद्योग, देशको विकासका लागि आवश्यक पर्ने आधारभूत संरचनाको निर्माण, सार्वजनिकलगायत निजी क्षेत्रबाट प्रवद्र्धन गरिने सेवाजस्ता महŒवपूर्ण विषयहरूको विकास ऊर्जाको उत्पादन पर्याप्त नगराई सम्भव हुँदैन ।

हामीसँग आर्थिक रूपमा क्रियाशील युवा शक्तिको जनसंख्यामा बाहुल्यता छ । जलस्रोत र प्राकृतिक सम्पदाको दृष्टिले देश सम्पन्न छ । विविध प्रकारका कृषि र फलफूल खेतीका लागि माटो र हावापानी अनुकूल छ । तर, वार्षिक ५ लाख युवा रोजगारीको खोजीमा विदेश पलायन भइराखेका छन् । बस्ती युवाशून्य भएकाले उर्वर जमिन उपयोग हुन सकेको छैन । यी सबै समस्याको एकमुष्ठ समाधान भनेकै नेपालमा उपलब्ध भइराखेको जलस्रोतको अत्यधिक उपयोग हो । तर, हामीलाई अब ५ वर्षमा जलविद्युत्को माग २ हजार मेगावाट पुग्ने तर सोही अवधिमा अहिलेको उत्पादन गतिलाई हेर्ने हो भने आत्मनिर्भर हुन कठिन अवस्था छ । फेरि पनि हामी भारतमै विद्युत्का लागि निर्भर हुनुपर्दछ ।

यस विषम परिस्थितिमा राष्ट्रिय विकासको मूल आधारका रूपमा रहेको जलविद्युत् उत्पादनलाई अत्यधिक रूपमा वैदेशिक प्रत्यक्ष लगानी भिœयाउन सार्वजनिक, निजी र साझेदारीका आधारमा अघि बढ्ने नीति अवलम्बन गर्नुपर्दछ । विडम्बनाकै विषय भन्नुपर्दछ देशमा ४३ हजार मेगावाट, ५३ हजार मेगावाट, ५६ हजार मेगावाट र ८३ हजार मेगावाट विद्युत् उत्पादन क्षमता रहेको अध्ययन प्रतिवेदन एवं सोधकार्य भएका छन् तर जिम्मेवार निकाय देशको जम्मा क्षमता कति हो ? निर्णयमा पुग्न सकेको छैन । यसको छिनोफानो सरकारी स्तरबाट शीघ्र हुनुपर्दछ । त्यसैले अबको ५ वर्षभित्र कम्तीमा ५ हजार मेघावाट जलविद्युत् उत्पादन गर्ने कार्यान्वयनयोग्य जलविद्युत् क्षेत्रको पञ्चवर्षीय योजना तयारगरी कार्यान्वयनमा युद्धस्तरमा जुटनुपर्ने अवस्था छ ।

(Visited 83 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

कार्यालय सहयोगीले ‘मैले नै हो नागरिकता सिफारिस गर्ने’ भन्दै घुस लिएपछि

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका एक कर्मचारी घुससहित पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका–१३ का कार्यालय सहयोगी दिलिप पञ्जियारलाई अख्तियारको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा...

नेपाल-भारत सीमा नाका खोल्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

जनकपुरधाम । सीमा बन्द हुँदा दुवै देशको जनतालाई कठिनाई भइरहेको खबर आइरहेको बेला नेपाल–भारत खुल्ला सीमा सम्वाद समूह र व्यापारीहरुको संस्थाले नेपाल-भारत सीमा खोल्न...

रुपन्देही र बाँकेमा कोरोनाबाट थप ४ जनाको मृत्यु

बुटवल । रुपन्देही र बाँकेमा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ । रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा बुधबार बेलुका मृत्यु भएका...

मुख्य सचिव रेग्मीले दिए राजीनामा

काठमाडौँ । मुख्सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् । रेग्मीले आफ्नो कार्यकाल सकिनु अघि नै राजीनामा दिएका हुन् । बिहीबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष...

भर्खरै

कार्यालय सहयोगीले ‘मैले नै हो नागरिकता सिफारिस गर्ने’ भन्दै घुस लिएपछि

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका एक कर्मचारी घुससहित पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका–१३ का कार्यालय सहयोगी दिलिप पञ्जियारलाई अख्तियारको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा...

नेपाल-भारत सीमा नाका खोल्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

जनकपुरधाम । सीमा बन्द हुँदा दुवै देशको जनतालाई कठिनाई भइरहेको खबर आइरहेको बेला नेपाल–भारत खुल्ला सीमा सम्वाद समूह र व्यापारीहरुको संस्थाले नेपाल-भारत सीमा खोल्न...

रुपन्देही र बाँकेमा कोरोनाबाट थप ४ जनाको मृत्यु

बुटवल । रुपन्देही र बाँकेमा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ । रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा बुधबार बेलुका मृत्यु भएका...

दोलखाका शैक्षिक संस्था पूर्ण रुपमा बन्द गर्न निर्देशन

दोलखा । जिल्लामा कोरोनाको लक्षणसहितका सङ्क्रमित फेला परेपछि जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आजदेखि शैक्षिक संस्था पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएको...

धेरै पढिएका

चितवनका वडा सदस्य चेपाङको निधन

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका–२ का वडासदस्य खिरबहादुर चेपाङको निधन भएको छ । मङ्गलबार राति १०ः३० बजे उपचारका क्रममा भरतपुर अस्पतलमा...

‘क्लोज डोर’को हरेक खेलमा कम्तीमा तीन सय जना

लन्डन । महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण स्थगित रहेको प्रिमियर लिग सुचारु गर्नका लागि यतिबेला विभिन्न योजनामा छलफल भइरहेको छ । पछिल्लोपटक...

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या १३७ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका...

लोकसेवा आयोग र निष्पक्षताको प्रश्न

नेपालको न्याय सेवालगायत प्रायः सबै संवैधानिक निकायमा राजनीतिक प्रभाव अत्यन्त ज्यादा पर्दै आएको छ । तर, लोकसेवा आयोग यस्तो संस्था देखिएको छ, जसमा राजनीति...

ई-पेपर

(Visited 64 times, 1 visits today)