चैतमा महाधिवेशन गर्न ओलीको अर्को प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन गरेर पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्ने अडान दोहो¥याएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गर्दै ओलीले आफ्नो पुरानै अडान दोहो¥याएका हुन् । छलफलमा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी थिए ।

अध्यक्षद्वयबीच सकारात्मक छलफल भएको र सोमबार फेरि पनि छलफल हुने नेम्वाङले बताए । पार्टीभित्र देखिएको विवाद समाधानका लागि छलफल जारी राख्ने बताइएको छ ।‘आज ग्रिन टीसहित छलफल भएको छ, भोलि जेरीसहित बस्नेछौं,’ नेम्वाङले भने, ‘छलफल सकारात्मक भए पनि यसै गर्ने निष्कर्षमा भने पुगेका छैनौं ।’

नेकपा स्रोतका अनुसार दाहाल र खनालले ओलीलाई स्वेच्छाले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद छोडेर निकास दिन सुझाएका छन् । तर, ओलीले यो प्रस्ताव अस्वीकार गरेका छन् । अध्यक्षद्वय ओली र दाहाल पुरानै अडानमा छन् ।

बालुवाटार स्रोतका अनुसार ओलीले महाधिवेशनको तयारीमा जुट्न आग्रह गर्दै पार्टी नेतृत्व पनि त्यहीबाट टुंगो लगाउने बताए । यसअघि मंसिरमा एकता महाधिवेशन गर्न प्रस्ताव गरेका ओलीले अहिले भने केन्द्रीय कमिटीको निर्णयअनुसार चैतमै महाधिवेशन गर्न सहमत छन् ।

खुमलटार स्रोतका अनुसार ओलीको प्रस्तावमा सहमत नभएका दाहालले अहिलेको विवादको ठोस निकास खोज्नुपर्ने बताएका छन् । अहिले जारी स्थायी कमिटीको बैठक टुंग्याउनुपर्ने र केन्द्रीय कमिटी बैठकको समेत माग भएकाले त्यस’bout छलफल गर्नुपर्ने दाहालले बताए ।

पाँच दिनपछि ओली र दाहालबीच भएको छलफल करिब तीन घण्टासम्म चलेको थियो । नेकपा भित्रको शक्ति संघर्षले विवाद चुलिँदै गएका बेला दुई अध्यक्षबीच भएको छलफलमा सहमति जुट्न सकेको छैन । तर, छलफललाई निरन्तरता दिने समझदारी भएको छ ।

नेकपा महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य शंकर पोखरेलले अध्यक्ष दाहाललाई भेटेरै छलफललाई निरन्तरता दिनुपर्ने र अहिलेको विवादको निकास खोज्न आग्रह गरेका थिए । त्यसभन्दा अघि महासचिव पौडेलसँग एक्लै भेटेका दाहालले ‘वान टु वान’ छलफलमा एक्लै नबस्ने अडान राख्दै ठोस निकास निष्कने गरी छलफल हुनुपर्ने बताएका थिए ।

ओलीसँग एक्लै छलफल नगर्ने दाहालले बताएपछि छलफलमा वरिष्ठ नेता खनाल र संसदीय दलका उपनेता नेम्वाङसमेत बसेका थिए । दाहालले वरिष्ठ नेता खनाललाई र ओलीले संसदीय दलका उपनेता नेम्वाङलाई साक्षीका रूपमा छलफलमा राखेका हुन् ।

१० असारदेखि स्थायी कमिटीको बैठक जारी छ । यसबीचमा पटक पटक बैठक बोलाउने र स्थगित गर्ने काम हुँदै आएको छ । १३ साउनमा बस्ने भनिएको बैठक ओलीले एकतर्फी रूपमा अनिश्चित कालका लागि स्थगित गरेका थिए । तर, नेकपा अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बैठक सोही दिन बैठक बसेर विवाद समाधानका लागि दाहाललाई नै जिम्मेवारी दिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 214 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

प्रकृतिका बुवा सुनिल भन्छन्– 'मैले छोरी गुमाएँ, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्'

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीमा ३९ पालिकाको नतिजा सार्वजनिक (सूची सहित)