निबन्ध लेखनमा रोजिता उत्कृष्ट

काठमाडौं । शैली थिएटरले आयोजना गरेको निबन्ध प्रतियोगितामा पोखरा रानिपौवाको ग्लोबल कलिजियट स्कुलको कक्षा ११ का विद्यार्थी रोजिता आचार्य क्षत्री उत्कृष्ट भएकी छन् । उनले सो उपाधिसँगै १५ हजार रुपैयाँ जितेकी छन् ।

यस्तै, सो प्रतियोगितामा महेश संस्कृत गुरुकुलम् देवघाट तनहुँका कक्षा १० का छात्र प्रवीण नेपाल दोस्रो भएका छन् । उनले १० हजार रुपैयाँ प्राप्त गरेका छन् । पञ्चोदय मावि धनगढी कैलालीका एसईईका छात्र पवन भट्टले तेस्रो हँुदै ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

शैली थिएटरको कार्यक्रम संयोजक सरस्वती अधिकारीका अनुसार परिस्थिति सामान्य नभएको अवस्थामा समीक्षक तथा निबन्धकार कुमारी लामाले विजेताको नाम घोषणा गरेकी हुन ।

शैली थिएटर र नेपाल वातावरण पत्रकार समूहको नयाँ पुस्ता कार्यक्रमले संयुक्त रूपमा आयोजनामा गरेको यो राष्ट्रिय निबन्ध प्रतियोगितामा मुलुकका सात वटै प्रदेशबाट विद्यार्थीहरूले सहभागिता जनाए । ‘नेपालमा मिडिया साक्षरता’ विषयमा लकडाउनको बेला यो प्रतियोगिता आयोजना गरिएको शैली थिएटरका अध्यक्ष एवं नाट्यकर्मी नवराज बुढाथोकीले बताए ।

‘लकडाउनमा घरमा बसेका विद्यार्थीहरूको क्षमता वृद्धिसहित उनीहरूलाई सक्रिय तुल्याउन हामीले यो प्रतियोगिता गरेका हौं,’ बुढाथोकीले भने ।
प्रतियोगितामा सहभागीमध्ये योग्यता पुगेका १ सय ३३ जनाको निबन्धलाई समावेश गरिएको थियो । कोभिड–१९ को बढ्दो संक्रमणका कारण यो प्रतियोगिता भच्र्युअल रूपमा आयोजना गरिएको र यसका निर्णायकहरूले पनि अनलाइनमा नै ती निबन्धको परीक्षण गरेको पनि बुढाथोकीले बताए ।

बालबालिकाको सुरक्षाका लागि उनीहरूले पाएको पुरस्कार तथा प्रमाणपत्रसमेत अनलाइनबाट नै पठाइने व्यवस्था गरिएको शैली थिएटरका व्यवस्थापक सुवास सुवेदीले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 355 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तीन विषयमा डिग्री गरेकी रजनी ३० वर्षमै मेयरको उम्मेदवार