Saturday, September 26, 2020
Home Not-to-be-missed भूत अवतारमा अभिनेत्री केकीको बदला

भूत अवतारमा अभिनेत्री केकीको बदला

काठमाडौं । लकडाउनका कारण विगत चार महिनादेखि घरमा बसेकी अभिनेत्री केही अधिकारी यतिबेला एउटा भिडियोमार्फत भूत अवतारमा प्रस्तुत भएकी छन् । अभिनेत्री केकी ‘बदला बरीलै…’ भिडियोमा प्रस्तुत भएकी हुन् ।
यो भिडियोलाई गायक प्रकाश सपूतले निर्माण निर्देशन गरेका हुन् । प्रकाश सपूतले नयाँ गीत ‘बदला बरीलै…’को शब्द तथा संगीत तयार गरेका हुन् । यो गीतको भिडियोमा अभिनेत्री केकी अधिकारी भूतको रूपमा प्रस्तुत भएकी छन् ।

यो गीतलाई गायिका देवी घर्तीले गाएकी हुन् । नारीमाथि हुने बलात्कारलाई लक्षित गीत तयार गरिएकाले आफूले यो गीतको भिडियोमा अभिनय गरेको अभिनेत्री केकीले बताएकी छन् । नारीमाथि हुने बलात्कारविरुद्धको आवाजको रूपमा अभिनेत्री केकीले यो गीत र यसको भिडियोलाई लिएकी छन् ।

यसअघि ‘बोलमाया…’ गीतबाट दर्शकको मन जितेका गायक प्रकाशले फेरि आफूले त्यस्तै प्रकारको गीत यसपटक ल्याएको बताएका छन्, ‘यो गीतको भिडियो मेरो पहिलेको भिडियोजस्तो हिट नहोला । यसलाई दर्शकले त्यति धेरै न रुचाउलान तर आफूले गरेको यो कामले मलाई आत्मसन्तुष्टि दिएको छ ।’

यो गीतको भिडियोमा बलात्कृत एक युवतीले बदला लिएको कथा प्रस्तुत गरिएको छ । संगीत क्षेत्रमा करिअर बनाउन लागेकी एक युवती लोकगायन कार्यक्रममा प्रस्तुत हुन्छिन् । उनी उत्कृष्ट हुन्छिन् । जसमा गाउँका भद्रभलादमी बनेका व्यक्ति (अभिनेता ध्रुव कोइराला)ले उत्कृष्ट भएकी युवती (केकी अधिकारी)लाई पुरस्कार प्रदान गर्छन् । ती युवतीलाई घर छाड्ने बहानामा जंगलमा लगेर बलात्कार गर्छन् । त्यसपछि उनको हत्या गरेर रुखमा झुन्ड्याइदिन्छन् । तिनै युवतीले पछि भूत बनेर ती पुरुषको हत्या गर्दै बदला लिन्छिन् । यो गीतले नारीमाथि हुने बलात्कार र हत्याको बदला हत्या नै हो भन्ने सन्देश दिन खोजेको देखिन्छ ।

यो पनि पढ्नुहोस   रहेनन् गायक एसपी बाला सुब्रमण्यम

अभिनेत्री केकीको भूमिका जति सशक्त छ । अभिनेता ध्रुव कोइरालाले खल चरित्र पनि त्यत्तिकै राम्ररी निर्वाह गरेका छन् । जसमा अन्य कलाकारमा हिउँवाला गौतम, अर्जुन आचार्य, भद्र कुँवर, सन्ध्या गौतम बराललगायत छन् । यो भिडियोमा अनिल कृष्ण मानन्धरको छायांकन, प्रविन भट्टको सम्पादन छ ।

गायक प्रकाश सपूतले नै भिडियो निर्देशन गरेका हुन् । भिडियोलाई कथानक रूपमा प्रस्तुत गरेका छन् । लघु चलचित्रका रूपमा तयार गरिएको यो १५ मिनटको भिडियोलाई राम्रो बनाउन सपूतले कुनै कसर बाँकी राखेका छैनन् ।

(Visited 53 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बैतडीमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

बैतडी । बैतडीमा कोरोना भाइरसको संक्रमणका कारण एकजनाको मृत्यु भएको । मृत्यु भएका ब्यक्तिको नेपाली सेनाले व्यवस्थापन गर्ने भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका...

रौतहटमा धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या, श्रीमान गम्भीर घाइते

रौतहट । रौतहटमा फेरी एउटा हत्या भएको छ । रौतहटको देवाही गुनाही नगरपालिका वाड नं. ५ टिकुलियामा दम्पतीकै हत्या गर्ने उदेश्यले भएको आक्रमणमा श्रीमतीको...

चितवनमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन । जिल्लामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कजेलमा उपचाररत हेटौँडा उपमहानगरपालिका वडा ९ का ७४ वर्षीय पुरुषको...

आजदेखि मौसम सफा रहने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम आजदेखि सफा हुँदै हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...

भर्खरै

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–१३ स्थित वेलसर मध्यवर्ती सामुदायिक वनमा बिहान बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक...

सप्तरीमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

राजविराज । कोरोना संक्रमणबाट सप्तरीको तीन जनाको लगातार मृत्यु भएपछि जिल्लामा अझै त्रास थपिएको छ । पछिल्लो पटक शनिबार बिहान राजविराज ७ निवासी ६२...

नेपालको अर्थतन्त्र सकारात्मक, चालू खाता र शोधनान्तर बचतमा

काठमाडौं । अर्थतन्त्रका दुई सूचक सकारात्मक देखिएका छन् । सरकारको साउन महिनाको तथ्यांकअनुसार चालू खाता र शोधानान्तर स्थिति बचतमा देखिएको हो ।  नेपाल राष्ट्र...

सीमाको सुरक्षाका लागि सबै एक हुनुपर्छ : गृहमन्त्री थापा

दार्चुला । गृहमन्त्री रामबहादुर थापाले सीमाको सुरक्षा सुरक्षाकर्मीबाट भन्दा स्थानीय वासिन्दाबाट प्रभावकारी रुपमा गर्न सकिने बताएका छन् । खलङ्गामा आयोजित पत्रकार सम्मेलनमा उनले भने,...

धेरै पढिएका

रौतहटको बागमती नदीमा नुहाउन गएका ३ बालिका बेपत्ता

रौतहट । रौतहटको बाग्मती नदीको डुबेर ३ जना बालिका बेपत्ता भएका छन् । आइतबार बिहान करिब ११ बजे नदीमा नुहाउन गएका ३ जना बालिका...

एमसिसी सम्झौता नेपालको लागि खतरा: अध्यक्ष विजुक्छे

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले विश्व स्वास्थ्य सङ्गठनसँग सहकार्य गरी ‘कोरोला भाइरस’ नेपाल भित्रिन नदिन सरकारले विशेष...

स्मार्ट सिटीको आधार स्तम्भ तयार गर्दै अमरगढी नगरपालिका

डडेल्धुरा । जिल्ला सदरमुकाम रहेको अमरगढी नगरपालिकाले विकासका आधार स्तम्भहरु निर्माण गर्दै गएको छ । अमरगढी नगरपालिका डडेल्धुरा जिल्लाको सदरमुकाम मात्रै नभई सुदूरपश्चिमका ७...

बजेट सक्न गुणस्तरहीन काम गरिँदै

काठमाडौं । चालु आर्थिक वर्ष सकिन २५ दिन मात्रै बाँकी रहँदा विकास बजेटको जम्मा ३१ प्रतिशत मात्रै खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयको...

ई-पेपर

(Visited 63 times, 1 visits today)