Thursday, October 1, 2020
Home प्रदेश प्रदेश ३ तेजाब आक्रमणसम्बन्धी दण्डसजाय परिमार्जन गर्न निर्देशन

तेजाब आक्रमणसम्बन्धी दण्डसजाय परिमार्जन गर्न निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले तेजाब आक्रमणसम्बन्धी कानूनी व्यवस्था र दण्डसजायलाई समयसापेक्ष परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउँदै आवश्यक संशोधन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकमा “तेजाब आक्रमण, पीडितको अवस्था र चाल्नुपर्ने कदम” विषयमा भएको छलफलपछि समितिले पीडितलाई उजूरी दिन उप्रेरित गर्न तथा त्यस्ता उजूरीप्रति संवेदनशील भई तुरुन्तै सम्बोधन गर्ने व्यवस्था मिलाउन सो मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले एसिड खरिद बिक्री कार्यलाई नियन्त्रण एवं व्यवस्थित गर्ने, खरिदकर्ताको विस्तृत विवरण अनिवार्य रुपमा अभिलेखिकरण गर्ने कार्य गर्न/गराउन, हालसम्मका एसिड आक्रमण पीडितको शारीरिक, मानसिक एंव भावनात्मक आघातलाई सम्बोधन गर्न प्रभावकारी रुपमा औषधि उपचारको अनिवार्य व्यवस्था तत्काल मिलाउन र सुनिश्चित गर्न समेत निर्देशन दिएको छ ।

निर्देशनमा भनिएको छ, ‘कानूनी सहायता तथा मनोपरामर्श प्रदान गर्न, शिक्षा÷उच्च शिक्षामा छात्रवृत्तिको व्यवस्था गर्न, सीपमूलक तालीम उपलब्ध गराउन, सरकारी सेवाका रोजगारीमा प्राथमिकता दिन तथा त्यस्ता व्यक्तिको जीविकोपार्जनलाई सहज बनाउन (आयआर्जनका लागि सक्षम बनाउन) र सामाजिक पुनःस्थापना सम्बन्धमा कार्यक्रम तुरुन्त तयार गरी कार्यान्वयन गर्न सम्बन्धित निकायलाई समिति निर्देश गर्दछ ।’

समितिका सभापति निरुदेवी पालले तेजाब आक्रमण सम्बन्धी कानूनी व्यवस्थालाई सुधार गर्न आवश्यक समन्वयनका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला आयोगलाई समेत निर्देशन दिइएको जानकारी दिइन् । पूर्वमन्त्री थममाया थापा, समितिका सदस्य अमृता थापा, खेम लोहनी र हीरा गुरुङले तेजाब आक्रमण गर्नेलाई कडा सजाय हुने कानून बनाएर प्रभावकारी कार्यान्वयन गनुपर्नेमा जोड दिए ।

(Visited 49 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

रुपन्देही र बाँकेमा कोरोनाबाट थप ४ जनाको मृत्यु

बुटवल । रुपन्देही र बाँकेमा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ । रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा बुधबार बेलुका मृत्यु भएका...

मुख्य सचिव रेग्मीले दिए राजीनामा

काठमाडौँ । मुख्सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् । रेग्मीले आफ्नो कार्यकाल सकिनु अघि नै राजीनामा दिएका हुन् । बिहीबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष...

त्रिविको ‘गोल्डमेडल’ किन्ने वकिललाई १४ महिना कैद

काठमाडौं । विशेष अदालतले घूस खुवाएर त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर परीक्षामा उत्कृष्ट अंक पाएका विद्यार्थी र त्यसमा संलग्न कर्मचारीलाई कैद र जरिमाना हुने फैसला सुनाएको...

दल दर्ता गर्न संघीय संरचना अनिवार्य

काठमाडौं । निर्वाचन आयोगले आयोगमा नयाँ दल दर्ता गर्न संविधानअनुसार दलको संघीय संरचना अनिवार्य गरेको छ । आयोगले संविधानमा भएको संघीय संरचनाअनुसारको मुलुकको ढाँचाको स्वरूपसहित...

भर्खरै

नेपाल-भारत सीमा नाका खोल्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

जनकपुरधाम । सीमा बन्द हुँदा दुवै देशको जनतालाई कठिनाई भइरहेको खबर आइरहेको बेला नेपाल–भारत खुल्ला सीमा सम्वाद समूह र व्यापारीहरुको संस्थाले नेपाल-भारत सीमा खोल्न...

रुपन्देही र बाँकेमा कोरोनाबाट थप ४ जनाको मृत्यु

बुटवल । रुपन्देही र बाँकेमा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ । रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा बुधबार बेलुका मृत्यु भएका...

दोलखाका शैक्षिक संस्था पूर्ण रुपमा बन्द गर्न निर्देशन

दोलखा । जिल्लामा कोरोनाको लक्षणसहितका सङ्क्रमित फेला परेपछि जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आजदेखि शैक्षिक संस्था पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएको...

इजरायली श्रम बजार नेपालीका लागि खुला

काठमाडौं । इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै इजरायली श्रम बजार नेपाली युवाका लागि खुला भएको छ । नेपाल...

धेरै पढिएका

प्रदेश २ः ३ जना बेपत्ता, ८४५ विस्थापित, दर्जनौँ गाउँ डुबानमा

वीरगञ्ज । केही दिनयता परेको अविरल वर्षाका कारण प्रदेश नं २ मा तीन जना बेपत्ता भएका छन् भने दुई जनाको उद्धार गरिएको छ ।...

तीन दिन मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । प्रिमनसुनको प्रभावले आगामी तीन दिन काठमाडौँ उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ । प्रिमनसुन सक्रिय भएकाले देशभर मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको...

राहत बाँड्न पीडित मजदुर खोज्दै कृष्ण मल्ल

काठमाडौं । नेपाल चलचित्र कलाकार संघका पूर्वअध्यक्ष कृष्ण मल्ल मुलुक लकडाउनले दैनिक गुजारा चलाउन समस्यामा परेका पीडित मजदुर खोज्दै राहत वितरण गरिरहेका...

मेचीनगर र बेलायतको फक्सटनबीच गाँसियो मितेरी सम्बन्ध

भद्रपुर । मेचीनगर नगरपालिका र बेलायतको फक्सटन टाउन काउन्सिलबीच सोमबार मितेरी सम्बन्ध गाँसिएको छ । मेचीनगरका प्रमुख विमल आचार्य र फक्सटनका तर्फबाट...

ई-पेपर

(Visited 64 times, 1 visits today)